निर्वाचनको पुर्वसन्ध्यामा अम्बिका अर्यालसहित ३५ जनाले त्यागे राप्रपा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा भने राप्रपाको स्थिति दिनानुदिन खस्किदै जान थालेको बताइएको छ ।

आसन्न निर्वाचनमा उपयुक्त उम्मेदबारलाई टिकट नदिएको भन्दै राप्रपाका केन्द्रीय सदस्य चोकराज घिमिरे र सहमहामन्त्री सुरेन्द्रबहादुर शाहीले राजीनामा दिएको दुई हप्तापछि अम्बिका अर्यालसहित ३५ जनाले पार्टी परित्याग गरेको बताइएको छ । अर्यालसहित सबै ३५ जना जनता संरक्षण दलमा आबद्ध भएकाछन् । उनीहरु सबै क्षेत्र नम्बर १ को वडा नम्बर ११ निवासी हुन् ।

३५ जनाले एकसाथ दल त्यागेपछि सो क्षेत्रमा राप्रपा निकै कमजोर बनेको छ । काठमाडौं १ मा काँग्रेसका प्रबल थापाको अवस्था निकै बलियो देखिएको छ । रास्वपाकी रञ्जु दर्शना उनको निकटतम प्रतिष्पधी हुने देखिन्छ । राप्रपाको आन्तरिक विवादका कारण रवीन्द्र मिश्र तेस्रोपटक हारको स्वाद चाख्ने अवस्थामा पुगेकाछन् ।