‘सिल्भर सिक्स नेपाल’द्वारा अबैध औषधि बिक्री : औषधि व्यवस्था विभागको गएन ध्यान

काठमाडौं । हिजोआज व्यवसायीहरुले सजिलो र सबैको पहुँचमा पुग्न सामाजिक सञ्जाललाई विज्ञापनको माध्यम बनाइरहेका छन् । सामाजिक सञ्जालमा कुनै एक विज्ञापन क्लिक गरेर हेरेपछि त्यस्तै प्रकृतिका धेरै विज्ञापन देखिन थाल्छ । यस्ता विज्ञापनमध्ये ‘आयुर्वेदिक औषधि’को बढीमात्रामा आउने गरेका छन् ।

कुनै पनि साइड इफेक्ट बिना शतप्रतिशत ग्यारेन्टीका साथ कपाल झर्न रोक्ने तेल, रुघा बिग्रेको, पिनास, नाकको एलर्जी, सास फेर्न गाह्रो हुने औषधि, हातखुट्टा मर्केको, हड्डी खिइएको, नसा च्यापिएको लगायत हाडजोर्नी सम्बन्धी निको पार्ने जाइफलको तेल, मोटोपन घटाउने कफी, चिया लगायत अनेक सामग्रीको विज्ञापन देख्न सकिन्छ ।

अधिकांशले निःशुल्क अनलाइन डेलिभरी सेवा दिइने भन्दै सम्पर्क नम्बर समेत विज्ञापनमा उल्लेख गरेको पाइन्छ । फेसबुकमा देखिएका यस्ता केही उत्पादन बिक्रेतालाई फोन गरेर बुझ्न खोज्दा उनीहरुले विज्ञापनमा दिइएको गुण एक सासमा भनेको सुनिन्छ ।

अधिकाशंले सार्वजनिक गरिएको ठेगाना र फोन नम्बर समेत गल्ती राखिने गरेको पाईएको छ । यस्तै कपाल झर्नबाट रोक्ने प्याजको तेल भनेर फरक–फरक प्याकेटमा धेरै देख्न सकिन्छ । अधिकांश सामग्रीको मूल्य १ हजारभन्दा माथीको राखेर बिक्री गरिदै आएका छन । यस्ता उत्पादनहरु उपभोक्ता संरक्षण ऐन अनुसार यस्ता भ्रमपूर्ण विज्ञापनलाई अपराध मानेको छ ।

तर उपभोक्ता ठगिएको उजुरी नआएसम्म यस्ता सामग्री बिक्री वितरणमा रोक लगाउन नमिल्ने वाणिज्य विभागको भनाई रहेका छ । नेपाल चिकित्सक संघका अनुसार अहिले विभिन्न रोगको औषधिको नाममा गलत काम भइरहेकाले यसलाई औषधि व्यवस्था विभागले नियमन गर्नुपर्ने बताउदै आएको छ ।

उता औषधि व्यवस्था विभाग भने बजारभरि खुला रुपमा अवैध औषधिहरूको प्रचारप्रसार र बिक्री वितरण भइरहेको भएपनि कारबाहीको पक्षमा कुनै चासो दिएको पाइएको छैन ।

अहिले विभागले चासो नदिएकै कारण सामाजिक सञ्जालहरू तथा अनलाइन प्लेटफर्महरू मार्फत‘सुक्ष्मजीव निको पार्ने’,‘मोटोपन घटाउने’, ‘प्रोस्टेट ठिक पार्ने,‘थाइराइड निको पार्ने’,‘यौनशक्ति तथा उत्साह बढाउने’,‘शुक्राणु वृद्धि गर्ने,‘पाचन समस्या समाधान गर्ने’लगायतका दाबीसहित अवैज्ञानिक र चिकित्सकको सिफारिसबिना प्रयोग गर्न पाइने खालका आयुर्वेदिक र हर्बल औषधिहरू बिक्री गरिएको पाइएको छ ।

यस्ता औषधिहरू चिकित्सकीय सिफारिस र वैज्ञानिक प्रमाणबिना प्रयोग गर्दा गम्भीर स्वास्थ्य जोखिम हुने सम्भावना उच्च छ । यसले प्राणघातक रोग पनि निम्त्याउन सक्ने भन्दै विभागले गम्भीर र सचेत हुन सर्वसाधारणलाई अनुरोध समेत गरेको हो ।

वैज्ञानिक परीक्षण नगरी बनाइएका तथा चिकित्सकको सिफारिसबिना प्रयोग गरिएका यस्ता औषधिहरूले दीर्घकालीन रूपमा जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चिकित्सकहरुले बताउदै आएका छन् । विभिन्न ठाउँमा आयुर्वेदिक औषधी भनी बिना चिकित्सकको सुझाव र बिना प्रमाणित औषधीहरू बजारमा खुल्ला रूपमा बिक्री भईरहेका छन् ।

तर सम्बन्धित निकाय बेखर बनेको छ । यसरी बिना प्रमाणित भएका आषैधीहरु बिक्री वितरण गर्न नपाइने भए पनि उनीहरू बिक्री वितरण गरी रहेका छन् । औषधि ऐन २०३५, दफा १९ बमोजिम औषधिको गलत विज्ञापन गर्न नहुने कानुनी व्यवस्था रहेकाले कानुन विपरीत अनलाइनबाट भइरहेको औषधि बिक्री वितरण बन्द गर्न भने विभागले सकेको छैन ।

भारतबाट जडीबुटी तेल भन्दै नेपाल भित्राएर मुलुक भर उनीहरू यो व्यवसाय गर्दैै आएका छन् । सरकार वा औषधी व्यवस्था विभागले प्रमाणित नगरेको कुनै औषधी बेचबिखन गर्नु गैर कानुनी हो भन्दै नारा सार्वजनिक गरेपनि सोही अनुसार कार्यान्वयन नगर्दा गुणस्तरहिन र विना दर्ता अनुमतिको औषधी जन्य बस्तुको खुला बिक्री गरिदै आएको छ ।

यसैबीच पछिल्लो समयमा कलाकारलाई प्रयोग गरि सामाजिक सञ्जाल मार्फत ‘सिल्भर सिक्स’ नामक औषधी खुला रुपमा बिक्री गरिदै आएको छ ।

काठमाडौं जिल्ला टोखा ठेगाना राखि ‘सिल्भर सिक्स नेपाल’ नामक कम्पनीबाट विद्यमान ऐनलाई समेत हातमा लिई बिक्री गरिदै आएको छ । सो कम्पनीले सरकारी निकायमामा दर्ता नै नगरि गुणस्तरको समेत जाँच नगरि आक्रमण तबरबाट सो औषधी जन्य बस्तुको बिक्री गर्दै आएको छ । प्रकृति उत्पादनको नाम दिएर ग्यास्ट्रिक टी, मोरिंगा टी, थेरापी तेल, हेयर टोनिक, र स्लिमिङ टी भन्दै बिक्री गर्दै आएको पाईएको छ ।

सो कम्पनीले चिकित्सीय गुणहरूको लागि परिचित रहेको भन्दै चिकित्सकहरुको समेत हुर्मत लिने काम गर्दै आएको छ । यसरी इन्टरनेट विस्तारपछि सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै वस्तु र सेवाका उत्पादक र विक्रेतालाई ठूलो संख्याका उपभोक्ता माझ एकै चोटि पुग्नलाई अबैध रुपमा व्यापारीहरुले प्रयोग गरेको पाइएको छ ।

उता भने चिकित्सकहरू पछिल्ला महीना ‘लिड पोइजनिङ’ भएर उपचारमा आउनेको संख्या बढिरहेको बताउँछन् । विगतमा लिड पोइजनिङका केस वर्षमा एक–दुईवटा मात्र आउँथे, अहिले महीनामै ८÷१० जना आउने गरेको बताइएको छ ।

ती सबैले सञ्जालमा देखाईएका औषधीको सेवन गरेको पाइएको छ । उपभोक्ताको शारीरिक वा मानसिक कमजोरीलाई लक्ष्य गरी सामाजिक सञ्जालमा प्रस्तुत गरिने यस्ता विज्ञापनलाई जानकारहरू ठगी गर्ने प्रयोजनले प्रेरित ‘भावनात्मक शोषण’ मान्छन । सामाजिक सञ्जालको अल्गोरिदमले कुनै वस्तुको विज्ञापन हेरे त्यस्तै खालका अन्य विज्ञापन पनि स्क्रोलमा निरन्तर देखाइदिन्छ ।

यसले ती सामग्री प्रति व्यक्तिको ध्यान पटक पटक तानिरहन्छ । जबकि सामाजिक सञ्जालका पेज र प्रोफाइल मार्फत आउने धेरैजसो विज्ञापन र सूचना कानूनी रूपमा प्रश्नयुक्त छन् । पछिल्लो समय श्रीकेश नामक तेलबारे कैयौं प्रश्न उठेका थिए । यस तर्फ सरकारी निकायको ध्यान जानु जरुरी रहेको छ ।