निर्वाचन आयोगद्वारा समानुपातिक तर्फका निर्वाचित ११० सांसदको सूची सार्वजनिक (सूची)
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ । दलहरुले पठाएको सिफारिसका आधारमा आयोगले सांसदहरुलाई निर्वाचित घोषणा गरेको हो ।
समानुपातिक सांसदहरुको नामावाली हेर्न यहाँ Samanupatik_Elected क्लिक गर्नुहोला
रास्वपाबाट सर्वाधिक ५७ जना सांसद समानुपातिकमा निर्वाचित भएका थिए । यस्तै, कांग्रेसका २०, एमालेका १६ जना र नेकपाका ८ जना सांसद समानुपातिक प्रणालीबाट छानिएका छन् । पाचौं र छैटौं दलका रुपमा श्रम संस्कृति पार्टी छन् । उनीहरुको भागमा ४–४ सांसद छन् ।


