रास्वपाको अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र साह सहभागी भएनन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र वर्तमान कानुनी अवस्थाबारे जानकारी दिन राखेको दुई दिने अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सहभागी भएनन । काठमाडौँको एक होटलमा मंगलबारबाट सुरु भएको दुई दिने आवासीय अभिमुखीकरण आज बुधबार सकिँदैछ ।

अभिमुखीकरण कार्यक्रमको समापनमा पार्टी सभापति रवि लामिछाने एकै छिन सहभागी हुने भएपनि वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन साह भने सहभागी नभएको बताइएको छ । रास्वपा प्रवक्ता मनिष झाले अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन सभापति लामिछाने सहभागी हुने भएपनि वरिष्ठ नेता साह सहभागी नहुने बताएका छन् ।

उनले वरिष्ठ नेता आगामी सरकारको गृहकार्यमा रहेको र केही दिनमा शारीरिक र मानसिक रूपमा खट्नुपर्ने भएकाले उनी सहभागी नभएको बताएपनि सरकारको नेतृत्व कस्ले गर्ने भन्ने विषयमा पार्टीभित्रको आन्तरिक विवाद चर्किएको बताएको छ ।