भारी मात्रामा नक्कली नोट सहित ९ जनालाई पक्राउ
साउन २६,-भक्तपुर
भारी मात्रामा नेपाली नक्कली नोट सहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले करिब ५३ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । प्रहरीले काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको हो ।
प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार काठमाडौं आउँदै गरेको लु१प५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको हो ।
पक्राउ परेका व्यक्तिहरु:-
१। जिल्ला सिन्धुपाञ्चोक वलेफी गा।पा। वडा नं। ७ घर वताउने बर्ष ४० को अर्जुन सुबेदी ।
२। जिल्ला सिन्धुपाञ्चोक कोठे ९ घर वताउने बर्ष २५ को शुशिल कार्की ।
३। जिल्ला सिन्धुपाञ्चोक सुनकोशी गा।पा। वडा नं। ६ घर वताउने बर्ष २३ को शिव भण्डारी ।
४। जिल्ला सिन्धुपाञ्चोक सुनकोशी गा।पा। वडा नं। ६ घर वताउने बर्ष २३ को मिलन भण्डारी ।
५। जिल्ला सिन्धुपाञ्चोक सुनकोशी गा।पा। वडा नं। ६ घर वताउने बर्ष २४ को श्री कृष्ण भण्डारी ।
६। जिल्ला झापा कमल गा।पा। वडा नं। ३ घर बताउने बर्ष २९ को युवराज राई ।
७। जिल्ला अछाम मेल्लेख गा।पा। वडा नं। ३ घर बताउने बर्ष २१ को अर्जुन बुढा ।
८। जिल्ला गुल्मी वाडागाँउ गा।पा। वडा न । २ घर बताउने बर्ष ३४ को सागर आचार्य ।
९। जिल्ला नवलपरासी सरावल गा।पा। वडा नं। १ घर वताउने बर्ष ५३ कि पार्वती नेपाली ।


