निर्माण व्यवसायी महासंघको नेतृत्वमा पुग्न लामा र पाण्डे बीच प्रतिस्पर्धा हुदै
काठमाडौं । देशभर रहेका निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको २६ औँ साधारणसभा तथा १३ औँ अधिवेशन यही चैत १७, १८ र १९ गते काठमाडौंमा हुदै छ । महासंघको नेतृत्व लिनकालागि अहिले दुई जना अध्यक्षकालागि आकांक्षी उम्मेदबारी दिने तयारी गरेको बताइएको छ ।
महासंघको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा (एडी) र सल्लाहकार तथा पूर्ववरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेबीच अध्यक्षका लागि हुने प्रतिस्पर्धा हुने बताइएको छ । महासंघको अधिवेशनमा ९७५ जना प्रतिनिधि सहभागी हुने छन । यसअघि नै ७७ वटै जिल्ला र प्रदेश प्रतिनिधि टुंगो लागी सकेको छ ।
लामा वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष र पाण्डे अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष तथा वर्तमान कार्यसमितिका सल्लाहकार हुन्। पाण्डे अघिल्लो निर्वाचनमा अध्यक्षमा रवि सिंहसँग पराजित भएका थिए।


