संगीतकार गैरेको शिव भजनको भिडियो सार्वजनिक (भिडियोसहित)
काठमाडाैँ, साउन २९ गते, संगीतकार गैरे सुरेशको संगीत तथा वरिष्ठ गीतकार डा. कृष्णहरि बरालको शब्द रहेको नयाँ शिव भजन युट्युब मार्फत आज सार्वजनिक गरिएको छ ।
फुलवारी नेपाल युट्युब च्यानलले सार्वजनिक गरेको भोले शंकर नामको उक्त भजनको म्युजिक भिडियो सागर धिमालले निर्देशन गरेका हुन् । निर्मल तिमिल्सिना र संजिव खत्रीले खिचेको भिडियोमा कृष्ण ढकाल, सुरेश गैरे, कमल तिउसिना,लव सापकोटा दीपकराज बराल,रोहित घिमिरे,विकास अधिकारी,परशुराम लामिछाने,सत्य पुरी लगायतको अभिनय रहेको छ भने अव्यक्त लुइँटेल,अथर्व गैरे र अक्षुण किशोर लुइँटेलले बाल कलाकारका रूपमा अभिनय गरेका छन् । पवित्र पाशुपत क्षेत्रमा छायाङ्कन गरिएको भिडियोमा पशुपति क्षेत्रमा अवस्थित मठमन्दिरहरुको दृश्यहरु समेटिएको छ ।
गैरे सुरेश नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो । दुई दशक भन्दा बढि समयदेखि संगीत कर्ममा समर्पित उनका यहाँ देशको छ चिन्ता,किन हजुर नबोलेको, मर्ने कसैलाई रहर हुँदैन,लाहुरेको जिन्दगी यो खुकुरीको धार,यो देश छ र त हामी छौँ,जमाना खराब छ ,तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ लगायतका गीत तथा गजलहरू चर्चित छन् । आफूले सिर्जना गरिरहेका संगीत भन्दा नौलो प्रयोग र फरक संगीत संयोजनमा तयार गरिएको भोले शंकरू भजनले जनमानसमा राम्रै प्रभाव पार्ने अपेक्षा सहित भजनको भिडियो तयार पारिएको संगीतकार गैरेले बताए । श्रावण महिनाको अन्तिम सोमबार शिव भगवानप्रतिको श्रद्धा स्वरूप सार्वजनिक गरिएको भजन र भिडियो श्रोता दर्शकरूपी भगवानहरुप्रति पनि समर्पित गरेको उनको भनाइ छ ।
सगीतकार गैरे सुरेशको संगीत तथा वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द रहेको नयाँ शिव भजन युट्युब मार्फत आज सार्वजनिक गरिएको छ । फुलवारी नेपाल युट्युब च्यानलले सार्वजनिक गरेको भोले शंकर नामको उक्त भजनको म्युजिक भिडियो सागर धिमालले निर्देशन गरेका हुन् । निर्मल तिमिल्सिना र संजिव खत्रीले खिचेको भिडियोमा कृष्ण ढकाल, सुरेश गैरे, कमल तिउसिना,लव सापकोटा,दीपकराज बराल, रोहित घिमिरे,विकास अधिकारी, परशुराम लामिछाने,सत्य पुरी लगायतको अभिनय रहेको छ भने अव्यक्त लुइँटेल, अथर्व गैरे र अक्षुण किशोर लुइँटेलले बाल कलाकारका रूपमा अभिनय गरेका छन् । पवित्र पाशुपत क्षेत्रमा छायाङ्कन गरिएको भिडियोमा पशुपति क्षेत्रमा अवस्थित मठमन्दिरहरुको दृश्यहरु समेटिएको छ ।
गैरे सुरेश नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो । दुई दशक भन्दा बढि समयदेखि संगीत कर्ममा समर्पित उनका यहाँ देशको छ चिन्ता, किन हजुर नबोलेको,मर्ने कसैलाई रहर हुँदैन,लाहुरेको जिन्दगी यो खुकुरीको धार,यो देश छ र त हामी छौँ,जमाना खराब छ ,तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ लगायतका गीत तथा गजलहरू चर्चित छन् । आफूले सिर्जना गरिरहेका संगीत भन्दा नौलो प्रयोग र फरक संगीत संयोजनमा तयार गरिएको भोले शंकरू भजनले जनमानसमा राम्रै प्रभाव पार्ने अपेक्षा सहित भजनको भिडियो तयार पारिएको संगीतकार गैरेले बताए ।
श्रावण महिनाको अन्तिम सोमबार शिव भगवानप्रतिको श्रद्धा स्वरूप सार्वजनिक गरिएको भजन र भिडियो श्रोता दर्शकरूपी भगवानहरुप्रति पनि समर्पित गरेको उनको भनाइ छ ।


