Prithvi Post

–राम शरण देउजा

देशमा ३५ वर्षमा केही भएन भन्ने निराशा बाँडनु भन्दा ३५ वर्ष भित्र बनेका आधारलाई बुझ्ने समय हो यो । यो कुरा हामी सबैले स्वीकार गरेनौ भने गन्तव्यमा पुग्न सकिदैन र पक्कै देश बन्न सक्दैन होला । समस्या केही छैन सबै भएका छन पनि होईन, समस्याहरु छन् । हामीले भने जस्तो, सोचेको देखेको जस्तो र कल्पना गरेको जस्तो सबै कुरा भएको छैन । कतिपय सपना अधुरा छन्, कतिपय योजना अपूर्ण छन् र कतिपय आशा र कल्पनाहरू अझै प्रतीक्षाको सुची मै छन ।

परिवर्तन एक पछि अर्को, अर्को पछि अर्को, पुग्यो भयो भन्ने हुन्न जस्तो लाग्दछ । तर पनि यो पिडा भने अस्वाभाविक होइन, यो गुनासो अनुचित होइन । तर, यति भन्दैमा देशमा ३५ वर्ष केही पनि भएन भन्नु यो राष्ट्रले अहिले सम्म तय गरेको यात्रा, संघर्ष र उपलब्धिको अपमान गर्नु हो । यो हजारौं इमानदार राजनीतिज्ञ प्रतिको अपमान हुनेछ । ती हजारौं सहिद र अग्रजहरुको योगदानको अबमुल्यन हुनेछ ।

ती नागरिकहरूको धैर्यलाई अस्वीकार गर्नु हुनेछ, जसले अनेक कठिनाइका बीच पनि देशप्रतिको विश्वास त्यागेनन जसले यहि बसि देशको माटो ओल्टाए पल्टाए । आज हामीले जुन सडक प्रयोग गरिरहेका छौं, त्यो बाटो आफैँ बनेको हो ? आज जुन पुल वारपार गरेर हामी हिडिरहेका छौ त्यो पुल निर्माण गर्न कसैको श्रम परेको छैन ? आज जुन विद्यालय, अस्पताल, सडक, विद्युत, सञ्चार र पूर्वाधारहरूको उपयोग हामिले गरिरहेका छौ के यी सबै कुनै जादुले वा आफै खडा भएका वा बनेका हुन ? यी सबै बन्नुको पछाडी धेरैको समय, प्रयास र निरन्तर संघर्ष मिसिएको छ ।

(लेखक : राम शरण देउजा)

हामिले विश्वका सम्पन्न मुलुक अमेरिका, चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, मलेशिया, अष्ट्रेलिया यी कुनै पनि मुलुक रातारात बनेका होइनन्। ती मुलुकहरूका जनताले दशकौं संघर्ष गरे, कयौ असफलता भोगे र उच्च मनोबलका साथ निरन्तर अगाडि बढिरहे । उनीहरू पनि कहिल्यै समस्या विहीन थिएनन् । उनीहरू पनि कहिल्यै पूर्ण थिएनन् । तर उनीहरूले धैर्य राखे, निरन्तरता कायम राखे र आफ्नो यात्रालाई विश्वासका साथ अगाडि बढाए र सफलता हात पारे ।

……………….देश केवल सरकारको प्रयासले मात्र बन्दैन । देश बनाउन जनताको विश्वास पनि चाहिन्छ । देश केवल आलोचनाले मात्र चल्दैन, देश हामी सबैको योगदानले मात्र बन्दछ । देश केवल असन्तोषले मात्र परिवर्तन हुँदैन । देशमा परिबर्तन आशा र संकल्पले मात्र सम्भव छ ।……………….

विकास भनेको कुनै राती सोचेर कल्पना गरेर ‘छु मन्तर’ गरे झै भोली बिहान तयार हुने कुनै चमत्कार होइन । विकास भनेको एउटा निरन्तर प्रक्रिया हो । आज रोपिएको बीउमा भोलि नै फल लाग्दैन, फल लाग्न त्यसलाई समय लाग्छ, मल चाहिन्छ, स्याहार सुसार र संरक्षण चाहिन्छ, धैर्य चाहिन्छ । तर हामीले ति बीउ रोप्ने हातलाई निरुत्साहित गर्यौं भने, हामीले कहिल्यै फल पाउन सक्दैनौं यो चाहिँ सत्य हो ।

हामीले विगतको ३५ वर्षलाई केवल अपूर्णताको दृष्टिले मात्र होइन, सम्भावनाको आधारको रूपमा पनि हेर्नुपर्छ। यो ३५ वर्षले हामीलाई एउटा स्पष्ट दिशा दिएको छ, एउटा आधार दिएको छ, एउटा सम्भावना दिएको छ । आज पनि धेरै कुरा गर्न बाँकी छ, धेरै सपना पूरा गर्न बाँकी छ। तर त्यो असम्भव पनि छैन । तर हामीले निराशा छोडनु पर्दछ, विश्वास जोगाउनु पर्दछ । हामीले नकारात्मकता र अराजकता होइन, सजगता र बनाउने हुटहुटी रोज्नु पर्दछ ।

देश केवल सरकारको प्रयासले मात्र बन्दैन । देश बनाउन जनताको विश्वास पनि चाहिन्छ । देश केवल आलोचनाले मात्र चल्दैन, देश हामी सबैको योगदानले मात्र बन्दछ । देश केवल असन्तोषले मात्र परिवर्तन हुँदैन । देशमा परिबर्तन आशा र संकल्पले मात्र सम्भव छ ।

त्यसैले, आजको आवश्यकता निराशा फैलाउनु होइन, विश्वास जगाउनु हो । विगतलाई पूर्ण अस्वीकार गरेर, केही भएन भनेर निरासा कसैको ठाउकोमा थोपरिदिएर देश बन्दैन । यो देशले नवीन देश बन्ने यात्रा थालनी गरिसकेको छ। यो यात्रा अझै अधुरो छ, तर यो यात्रा रोकिएको छैन । यो देश बन्दैछ, बनिरहेको छ र अझ सुन्दर बन्नेछ । दोष कसैको टाउकोमा नथोपरी हामी सबैले छातिमा हात राखेर म म भन्दै यदि हामी सबैले बिश्वासका साथ सामुहिक यात्रा तय गर्ने हो भने देश बन्न कसैले रोक्न छेक्न सक्दैन ।

र यो पनि…………

महासंघलाई पारदर्शी,उत्तरदायी र समावेशी संस्थाको रुपमा विकास गर्ने नेतृत्वको अवश्यकता छ !!!

पुर्बाधार आयोजना छनौटमा ध्यान नपु¥याउदा प्रतिफल लिन सकिएन

दिगो पूर्वाधार विकास र आर्थिक धरातलिय यथार्थता

रुग्ण आयोजनामा निर्माण व्यवसायीलाई मात्र दोषी करार किन सरकार ?

सरकारी व्यबस्थापनमा हुने चरम लापरबाहीकै कारण आयोजना रुग्ण

विकृति र हेलचक्राईको पराकाष्ठा झन झाँगियो

निर्माण उद्योगलाई बदनाम हुन बाट जोगाऔँ

रुग्ण ठेक्कालाई दुई भागमा वर्गिकरण गरि तोड्नुको विकल्प छैन

पुर्वाधार क्षेत्रको विद्यमान ऐन कानुन परिमार्जन हुनु आबश्यक छ

राज्यले पुर्बाधार बिकासमा नीजि क्षेत्रसंग सहकार्य र साझेदारी गर्नु अहिलेको पहिलो आबश्यकता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0