बालकोटमा सूर्यविनायक महोत्सव सुरु ः १५ दिनसम्म चल्ने
भक्तपुर । प्रथम सूर्यविनायक कृषि, साँंस्कृतिक तथा व्यापार महोत्सव २०८१ शुक्रबारदेखि भक्तपुरको बालकोटमा सुरु भएको छ । महोत्सवको उदघाटन बागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भव्य समारोहवीच उदघाटन गरे ।
भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रको पहिचानलाई अगाडि बढाउने उद्देश्यका महोत्सवको आयोजना गरिएको आयोजकले जनाएका छन् । सूर्यविनायक नगरपालिका ३ बालकोट हनुमन्ते कोरिडोरसँंगैको ठाउँं भक्तपुरमा महोत्सव भएको हो । यो ठाउँं साविकको बालकोट गाविस तथा हालको सूर्यविनायक नगरपालिका वडा नं २ र ३ मा पर्दछ । राष्टिय लोक साँंस्कृतिक प्रतिष्ठान नेपाल काठमाडौं नेपालको मुख्य आयोजना र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिको आयोजनामा महोत्सव भएको हो ।
उदघाटन कार्यक्रममा संघीय सांसद दुर्लभ थापा, बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठ, सूर्यविनायक नगरपालिका वडा नं २ का वडा अधयक्ष प्रदीप कार्की, वडा नं ३ का वडा अध्यक्ष दीपेन्द्र केसी, नेकपा एकीकृत समाजवादी भक्तपुरका अध्यक्ष श्याम वस्नेतलगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए । साथै अन्य विभिन्न महानुभाबहरुले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा साँंस्कृतिक प्रदर्शनी पनि देखाइएको थियो । गीत, नृत्य देखाइएको हो ।
मुख्य आयोजक राष्टिय लोक साँंस्कृतिक प्रतिष्ठान नेपाल काठमाडौं नेपालका अध्यक्ष नमराज ढकालले सूर्यविनायक नगरपालिका क्षेत्रको पहिचानलाई अझ वढावा दिने उद्देश्यले महोत्सव आयोजना गरेको जनाए । भक्तपुरको कृषि, पर्यटन, कला, संस्कृति गौरबपूर्ण शान, सूर्यविनायकलाई पहिचान गराउने महान अभियान नारा महोत्सवको राखिएको छ । लामो मेलामा प्रवेश शुल्क निःशुल्क हुने जनाइएको छ ।
मेलाका लागि ३५ लाख खर्च हुने अनुमान गरिएको छ । मेला अवधिभर लाखौ दर्शक आउने अनमान गरिएको छ । मेलाको क्रममा सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मका वडालाई एकएक वटा स्टल निःशुल्क रुपमा उपलव्ध गराउने र ती स्टलहरुमा वडाबासीहरुले आआफना उत्पादनहरु राखेर वेच्न सकिने जनाइएको छ ।
मेलाको क्रममा दैनिक राष्टिय तथा स्थानीय कलाकारहरुबाट मनोरञ्जन दिलाउने योजना राखिएको छ । साथै विभिन्न प्रतियोगिताहरु पनि गरिने जनाइएको छ । साथसाथै मेलामा अन्य मेलाहरुमा जस्तो नभई स्थानीय खेलहरुमा जोड दिने जनाइएको छ । महोत्सव मंसिर २२ गतेसम्म चल्नेछ ।


