काँग्रेस एमाले गठबन्धन सरकारले उपसभामुख राना हटाउने प्रयास गर्नु अर्को ठूलो गल्ती हो : माओबादी अध्यक्ष प्रचण्ड

काठमाडौं, ३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयास धेरै पहिलेदेखि नै भइरहेको बताउनु भएको छ । उहाँले माओबादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडामा पत्रकारसँग कुराकानी गर्नेक्रममा सो कुरा बताउनु भएको हो । उहाँले अहिले काँग्रेस एमाले गठबन्धन सरकारले जुन कार्य गरेको छ त्यो सरकारको अर्को ठूलो गल्ती गरिरहेको समेत बताउनु भएको छ ।

उहाँल सरकार गठन भएदेखि नै गल्तीबाहेक कुनै राम्रो काम नगरेको आरोप समेत लगाउनु भएको छ । उहाँले उपसभामुख एक आदिवासी जनजाति महिला भएको र सामाजिक सेवा तथा बालबालिकाको हेरचाहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको व्यक्ति भएको कुरामा जोड दिनुभएको छ । उहाँले यस्तो व्यक्तिलाई बिनाकारण हटाउन खोज्नु गलत भएको भन्दै आफ्नो पार्टीले त्यसको विरोध गर्ने घोषणा समेत गर्नुभएको छ ।