गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउने आदेशपछि सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री लेखकको छलफल

काठमाडौं, ३ भदौ । गृहमन्त्री रमेश लेखकले गौर नरसंहारको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएपछि सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर छलफल गर्नुभएको छ । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन आदेश दिएको थियो । गृहमन्त्री लेखकले मंगलबार मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाका प्रमुख होतराज थापालाई बोलाएर छलफल गर्नुभएको हो ।

२०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको चौरमा भएको आक्रमणमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाले एकै दिन उही समयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए । सो छलफलमा के कुरा भयो भन्ने बारे भने अहिले सार्वजनिक गरिएको छैन ।।