सूचनाको मौलिक हकको कार्यान्वयन गर्न सरकार स्पष्ट छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकको कार्यान्वयन गर्न सरकार स्पष्ट भएको बताउनुभएको छ। राष्ट्रिय सूचना आयोगद्वारा मङ्गलबार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्नेक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले लामो सङ्घर्ष गरेर लोकतन्त्र ल्याएको हो। स्वतन्त्रता र सूचनाको हकका लागि म आफैं जेलनेल लडेर आएको बताउदै संविधानमा हामीले मौलिक हकको व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गर्नुपर्छ भन्नेमा अहिलेको सरकार स्पष्ट छ। हामी सबै फराकिलो, स्वतन्त्र र अनुशासित समाज चाहन्छौँ।

परिपूर्ण लोकतन्त्र हाम्रो माध्यम हो, जसभित्र सूचनाको हकसहित सबै हक समावेश गरिएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सरकार र सूचना आयोगबिच कुनै अधिकारको लडाइँ र तानातान नरहेको बताउँदै मौलिक हकको कार्यान्वयनका क्रममा देखिएका समस्यालाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ उहाँले सामाजिक सञ्जाललाई दर्ता र करको नियमनमा ल्याउने र समाजलाई व्यवस्थित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको पनि बताउनुभएको छ ।