प्रतिपक्ष दलको बैठक निर्णय : उपसभामुख रानालाई पदबाट हटाउने सत्तापक्षको तयारी असफल पारिने

काठमाडौं, ३ भदौ । विपक्षी दलको बैठकले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने सत्तापक्षले गरेको तयारी असफल पार्न केन्द्रित हुने निष्कर्ष निकालेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मंगलबार बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ । बैठकमा उपसभामुखलाई हटाउने प्रयोजनका लागि एमाले र कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएपछि विपक्षी दलको बैठक बसेर सो निर्णय गरेको बताइएको छ ।

बैठकपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो घटनाले निरंकुशता र दुराशयलाई नाङ्गो पारेको बताउनु भउको छ । उहाँले यसले लोकतन्त्रको धज्जी उडाएको समेत बताउनु भएको छ । बैठकले सरकारमा रहेका पार्टीहरूले चालेको कदमको भत्र्सना गर्दै यसलाई असफल पार्न सम्बन्धित सबैलाई आव्हान गर्ने निर्णय समेत गरेको बताइएको छ ।।