राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक उम्मेदवारको आबेदन शुल्क ५० हजार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवारको छनोटमा भाग लिन नै मंहगो शुल्क बुझाउनु पर्ने जनाएको छ । सो पार्टीले सूचना जारी फागुन २१ गते हुने आमनिर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रुपमा आबेदन दिनेले ५० हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने उल्लेख गरेकोछ । रास्वपाले आवेदन शुल्क आवेदकले ५० हजार रुपैयाँ शुल्क बुझाएपछि मात्र छनौट प्रकृयामा समाबेश हुने जनाएको छ । छनोटमा नपरेपनि सो शुल्क भने फिर्ता नहुने समेत रास्वपाका एक नेताले बताउनु भएको छ ।