शङ्खरापुर भएको बस दुर्घटनामा परि ५ जनाको मृत्यु, अन्य घाईते (सूची सहित)

काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । बिहीबार बिहान गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी घर भएका ६० वर्षीय अर्जुन लामिछानेलाई अस्पतालले मृत घोषणा गरेको हो ।

उनको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचार हुँदै थियो । यसअघि मृत्यु भएको ४ जनाको सनाखत भएको छ । बुधवार साँझ स्थानीय ढोल्बु सामुदायिक बनमा बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–५ घर भएर बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भएर बुढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भएर पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ता र पाँचथर घर भएर गोठाटार बस्ने ६५ वर्षीय देबेन्द्र लिम्बु छन्  उनीहरूको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

शंखरापुर अस्पताल नारायणटारमा उपचार भइरहेका घाइते
१)    जि.महोतरी बर्दिबास घर भई हाल का.जि. बालकुमारी बस्ने बर्ष ३२ को धुर्व प्रसाद रेग्मी, (बस चालक)। अवस्था बोल्न सक्ने दुबै हात दुबै खुट्टा र विभिन्न भागमा चोट  रहेको ।
२)    का.जि. गो.न.पा. ५ जोरपाटी घर भई बस्ने बर्ष ५२ कि गोमा शिब भक्ती अवस्था बोल्न सक्ने अनुहारमा चोट रहेको  । डिस्चार्ज भएको ।
३)    का.जि. गो.न.पा. ३ घर भई बस्ने बर्ष ५६ कि दुर्गाहरी पौडेल अवस्था बोल्न सक्ने शरिरको बिभिन्न भागमा चोट रहेको । डिस्चार्ज भएको।
५)    का.जि. बु.न.पा. १० कपन घर भई बस्ने बर्ष ३२ कि सरिता खत्री खडका अवस्था बोल्न सक्ने अनुहार छातीमा चोट रहेको।
५)    ऐ.घर भई बस्ने बर्ष ४८ कि कृष्णा लिम्बु अवस्था बोल्न सक्ने अनुहार र खुट्टामा चोट रहेको।

केएमसी अस्पतालमा उपचार भइरहेका घाइते
१)    का.जि. गो.न.पा. ५ नयाबस्ती बस्ने बर्ष ५० कि सरस्वती गुरागाई अवस्था बोल्न सक्ने गम्भिर शरिरको बिभिन्न भागमा चोट रहेको , २२;०० बजे शंखरापुर अस्पताल नारायणटार बाट रिफर भएको ।

टिचिङ अस्पतालमा उपचार भइरहेका घाइते
१)    का.जि. का.म.न.पा. ६ घर भई बस्ने बर्ष ६३ कि रमाकान्त काफ्ले अवस्था बोल्न सक्ने टाउकोमा चोट रहेको ।
२)    का.जि. गोकर्णे घर भई बस्ने बर्ष ४२ को बद्री प्रसाद आचर्य अवस्था बोल्न सक्ने टाउकोमा चोट रहेको ।
३)     ऐ. घर भई बस्ने निजको छोरी बर्ष १८ कि शुष्‍मिता आचार्य दाहिने खुट्टामा चोट रहेको अवस्था बोल्न सक्ने ।  उपचारमा भाई गोबिन्द आचार्य ।

मुलपानी नगर अस्पतालमा उपचार भइरहेका घाइते
१)    का.जि. कागेश्‍वरी मनोहरा नगरपालिका वडा नम. ९ गोठाटार बस्ने बर्ष ४० कि रिकल गुप्ता बराल अवस्था बोल्न सक्ने छाति र दुबै खुट्टामा चोट रहेको ।
२)    का.जि. तिनकुने घर बई बस्ने बर्ष ३९ को विकाश लामा थिङ अवस्था बोल्न सक्ने दुबै खुट्टमा चोट रहेको ।
३)     ऐ. घर भई बस्ने निजको श्रमती बर्ष ३९ कि अनिता मण्डल अवस्था बोल्न सक्ने टाउकोर शरिरको बिभिन्न भागमा चोट रहेको ।
४)    जि. भक्तपुर बालकोट घर भई बस्ने बर्ष ३९ कि समिक्षा कार्की अवस्था बोल्न सक्ने दाहिने खुट्टामा चोट रहेको, उपचारमा श्रीमान सुमन कार्की ।

सुस्मा कोइराला अस्पतालमा उपचार भइरहेका घाइते
१)     जि.सि.पा लिसङ्खुपाखर गा.पा घर भई हाल कपन बस्ने अं. बर्ष  ३१ को संगिता मोक्तान अवस्था बोल्न सक्ने ।  डिस्चार्ज भएको ।
२)    ऐ.घर भई बस्ने बर्ष ४५ को रेशम कुमार स्याली तामाङ शुस्मा अवस्था बोल्न सक्ने दुबै खुट्टा र ढाडमा चोट रहेको ।
३)    का.जि. का.म.न.पा. ६ घर भई बस्ने बर्ष ५७ को गंगा काफ्ले अवस्था बोल्न सक्ने दाहिने खुट्टामा चोट रहेको ।

पिपल्स अस्पताल साखुमा उपचार भइरहेका घाइते
१)    का.जि. गो.न.पा. ३ घर भई बस्ने बर्ष ४७ को चेत ब. बस्नेत अवस्था बोल्न सक्ने टाउको र छातीमा  चोट रहेको ।
२)    ऐ.घर भई बस्ने बर्ष ४३ कि साबित्रा आचार्य अवस्था बोल्न सक्ने टाउकोमा चोट रहेको ।
३)    का.जि. कागेश्‍वरी मनोहरा न.पा. ४ घर भई बस्ने बर्ष ४३ कि एसु भण्डारी अवस्था बोल्न सक्ने छातिमा र दुबै खुट्टामा चोट रहेको ।
४)    का.जि. गोनपा ३ घर भई बस्ने बर्ष ४४ कि बिमला बर्सौला अवस्था बोल्न सक्ने टाउको र कम्मरमा चोट रहेको ।

एनएमसी अस्पतालमा उपचार भइरहेका घाइते
१)     का.जि. गो.न.पा. ५ जोरपाटी घर भई बस्ने बर्ष ५५।६० को अर्जुन लामीछाने अवस्था बोल्न सक्ने बाहरी चोट नदेखिएको ।
२)    जि. उदयपुर घर भई हाल जि. ललितपुर बालकुमारी बस्ने बर्ष २५ को निर्मल गैरे पिल्स अवस्था बोल्न सक्ने बाहिरी चोट नदेखिएको ( सह-चालक )
३)    जि.दोलखा कालिङचोक घर भई हाल का.जि. नयाबस्ति बस्ने बर्ष ३५ को केसाब थापा अवस्था बोल्न सक्ने दाहिने खुट्टामा चोट रहेको  । डिस्चार्ज भएको ।

मेडिकियर अस्पताल चाबहिलमा उपचार भइरहेका घाइते
१)    का.जि. का.न.म.पा. ६ घर बस्ने बर्ष ४५ कि सरिता सुनुवार अवस्था बोल्न सक्ने दाहिने खुट्टा र टाउकोमा चोट रहेको ।

दिर्घायु अस्पतालमा उपचार भइरहेका घाइते
१)    का.जि.बालाजु घर भई बस्ने बर्ष ६६ को कृष्ण प्रसाद तिवारी अवस्था बोल्न सक्ने अनुहार र छातीमा चोट रहेको ।
२)     जि. अर्घाखाची घर भई हाल का.जि. नैकाप तिनथाना बस्ने बर्ष २४ कि सर्मिला श्रेष्‍ठ अवस्था बोल्न सक्ने छातीमा चोट चोल्न रहेको ।

बीएन्डबी अस्पतालमा उपचार भइरहेका घाइते
१)    का.जि. गो.न.पा. ८ घर भई बस्ने बर्ष ५० कि चेतसा ढकाल अवस्था बोल्न सक्ने दाहिने खुट्टामा चोट रहेको, दिर्घायु अस्पतालबाट २१;३० बजे रिफर भएको  ।