भक्तपुरको सानोठिमीको बाल सुधार गृहमा झडप र आगजनी
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृहमा दुई पक्षबीच झडप र आगजनी भएको छ । गएराति बाल सुधार गृहमा राखिएका दुई समूहबीच झडप, आगजनी र तोडफोड समेत भएको प्रहरीले जनाएको छ । प्रहरीले झडप नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरीको टोली परिचालन गर्नुपरेको छ ।
झडपको जानकारी पाएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोली सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थिति झन् तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गरिएको हो । आक्रोशित समूहले मध्यरातमा आगजनी समेत गरेपछि भक्तपुर र काठमाडौंका दमकल प्रयोग गरी आगो निभाइएको थियो ।
सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ । अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सानोठिमीस्थित बाल सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् ।
स्थिति फेरि भड्किनसक्ने अनुमानमा प्रहरीहरुको तैनाथी बढाइएको छ । झडपको जानकारी पाएपछि गएराति नै थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोली सुधारगृह पुगेको थियो । सो टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि सकेन । झडपमा संलग्न बालसुधार गृहका दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थिति झन् तनावपूर्ण बन्यो ।
स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गरिएको थियो । आक्रोशित समूहले मध्यरातमा आगजनी समेत गरेपछि भक्तपुर र काठमाडौंका दमकल प्रयोग गरी आगो निभाइएको थियो । सुधारगृहमा झडप, तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


