सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोज्ने : काँग्रेस सभापति थापा
काठमाडौँ स् नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले सधैँ सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोज्ने गरेको बताएका छन्। शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले पार्टी र निर्वाचन दुवैतिर अफ्ठ्यारो बाटो रोजेको बताए।
उनले पार्टीभित्र सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोज्दा पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेको बताए। विशेष महाधिवेशनमा पार्टीको कार्यकर्ताले दिएको साथले नै आफू पार्टीभित्रै रहन सफल भएको उनको भनाइ छ।
उनका अनुसार विशेष महाधिवेशनमा समर्थन नपाएको भए आज आफू निष्कासित सदस्यका रूपमा जनतामाझ उभिनुपर्ने अवस्था आउने थियो।
उनले आगामी निर्वाचनमा पनि काठमाडौँको क्षेत्र नम्बर ४ आफ्नो लागी सहज भएपनि जानाजानी अफ्ठ्यारो बाटो रोजेको बताए। काठमाडौँ वा सर्लाहीबाट उम्मेदवार बन्ने विषयमा चर्चा भइरहँदा अन्य दलहरूले काठमाडौंमा उम्मेदवार समेत नछानेको उल्लेख गर्नुहुँदै उनले काठमाडौँ आफ्नो लागि धेरै सहज निर्वाचन क्षेत्र भएको टिप्पणी गरे।


