आक्र्स फुड र क्रिकेटर खेलाडीबीच साझेदारी सम्झौता
काठमाडौं । आक्र्स फुड र नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीबीच खेललाई सहयोग गर्ने उदेश्यबीच साझेदारी सम्झौता भएको छ । नेपालका उत्कृष्ट टेबल टेनिस खेलाडी रुबीन महर्जनलाई अन्र्तराष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग गर्ने उद्देश्यले साझेदारी गरिएको बताइएको छ ।
विश्व वरीयतामा ५२७ औं स्थानमा रहेका महर्जनलाई विश्वस्तरीय प्रतिस्पर्धामा पुग्न आवश्यक सहयोग उपलब्ध गराउँदै नेपालको खेल प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उदेश्यका साथ सो पहल सुरु गरिएको बताइएको छ । यस साझेदारी अन्तर्गत आक्र्स फुडले खेलाडी महर्जनको तालिम, यात्रा तथा प्रतियोगिता सहभागितामा आवश्यक सहयोग प्रदान गर्ने जनाएको छ ।
कम्पनीका प्रतिनिधिहरूले खेल क्षेत्रको विकास र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको बताइएको छ । राष्ट्रिय क्रिकेट टिमका अनुभवी खेलाडी सोमपाल कामीले खेलाडीहरूको करियर निर्माणमा यस्ता सहकार्य अत्यन्त महत्वपूर्ण हुने बताएका छन् ।
उनले नेपालमा प्रतिभा धेरै छन्, तर अवसर र सहयोगको अभावले धेरै खेलाडी अघि बढ्न सकिरहेका छैनन् भन्दै रूबिनजस्ता खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुग्न सहयोग गर्नु हाम्रो कर्तव्य रहेको समेत बताएका छन् । खेलाडी रुबिन महर्जनले यो सहयोगप्रति आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम उज्यालो बनाउने प्रतिबद्धता जनाए ।
उनले देशको प्रतिनिधित्व गर्दै अझ राम्रो नतिजा ल्याउने प्रयास गर्ने समेत बताएका छन् । आक्र्स फुडले खेलकुद क्षेत्रमा दीर्घकालीन योगदान दिने योजनासहित युवा खेलाडीहरुलाई प्रोत्साहन गर्दै आएको छ ।
कम्पनीका अनुसार यो सहकार्य केवल एक खेलाडीको समर्थन मात्र नभई, नेपाली खेलकुदको समग्र विकासतर्फको महत्वपूर्ण कदम भएको समेत बताइएको छ । यस पहलले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर विस्तार गर्ने विश्वास गरिएको छ, जसबाट भविष्यमा नेपालका अन्य खेलाडीहरुलाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।


