नेपालका लागि वैदेशिक लगानी अवसर, चुनौती
-इन्जिनियर डा. राजेन्द्र पौडेल
नेपाल जस्तो विकासोन्मुख देशमा वैदेशिक लगानी आज केवल विकल्पको रुपमा मात्र नभई अपरिहार्य आवश्यकता बन्दै गएको छ । सीमित घरेलु पूँजी, कमजोर औद्योगिक आधार, अपर्याप्त पूर्वाधार र बढ्दै गएको बेरोजगारी जस्ता चुनौतीका कारण नेपालले अपेक्षित गतिमा आर्थिक विकास गर्न सकेको छैन । यस्तो अवस्थामा वैदेशिक लगानीले पूँजीसँगै प्रविधि, व्यवस्थापन क्षमता, अन्तर्राष्ट्रिय अनुभव र बजार पहुँच एंव रोजगारी को सिर्जना गरी विकास र समृद्धिको गति र प्रकृयालाई सार्थकता प्रदान गर्न सक्दछ ।
नेपालको यथार्थलाई हेर्दा देशको राजस्व अधिकांशतः चालु खर्चमै सकिने अवस्था छ । विकास खर्च जुटाउन सरकारलाई कठिनाइ भइरहेको छ, र निजी क्षेत्रसँग पनि ठूला परियोजनामा लगानी गर्ने क्षमता सीमित छ । त्यसैले सडक, जलविद्युत्, ऊर्जा प्रसारण लाइन, सिँचाइ, औद्योगिक पार्क, सूचना प्रविधि र पर्यटन पूर्वाधारजस्ता क्षेत्रमा वैदेशिक लगानी अपरिहार्य जस्तै बनेको छ।
वैदेशिक लगानीले रोजगारी सिर्जना गर्नुका साथै उत्पादनशीलता र प्रतिस्पर्धात्मकता बढाउने क्षमता राख्दछ । तर वास्तविक अवस्था हेर्दा नेपालमा वैदेशिक लगानीसँग सम्बन्धित नीति र व्यवहारमा केही कमजोरी स्पष्ट देखिन्छ ।
सबैभन्दा पहिला, अधिकांश लगानी साना र छरिएका परियोजनामा केन्द्रित भएकाले दीर्घकालीन आर्थिक संरचनामा परिवर्तन ल्याउने क्षमता कम छ । वैदेशिक लगानीका ठूला आयोजनाहरू—जस्तै जलविद्युत् परियोजना, सुरुङ मार्ग,द्रुतमार्ग, रेलमार्ग, औद्योगिक कोरिडोर, ऊर्जा प्रसारण लाइन, पर्यटन र सिचाइका बहुआयामिक योजनाहरुमा केन्द्रित हुन सके मात्र दीर्घकालीन लाभ सुनिश्चित गर्न सकिन्छ ।

त्यसैगरी, नेपालमा वैदेशिक लगानीको प्रचलित सोच बजेट कसरी ल्याउने र ठेक्का लगाउनेमा मात्र केन्द्रित देखिन्छ । दीर्घकालीन राष्ट्रिय फाइदा, रोजगारी सिर्जना, उत्पादन वृद्धिलगायतका पक्षहरू भन्दा “कति बजेट आयो र खर्च भयो” भन्ने तत्काल परिणाममा बढी ध्यान दिइन्छ ।
यसका कारण अधिकांश आयोजनामा लागत वृद्धि, अपेक्षित प्रतिफल नपुग्ने र वैदेशिक निर्भरता बढाउने स्थितिमा पुगेका छन् । अर्को चुनौती भनेको, कमजोर व्यवस्थापन प्रणाली हो । योजना बनाउने, कार्यान्वयन गर्ने र अनुगमन गर्ने निकायबीच प्रभावकारी समन्वयको कमी छ।
नेपालको यथार्थलाई हेर्दा देशको राजस्व अधिकांशतः चालु खर्चमै सकिने अवस्था छ । विकास खर्च जुटाउन सरकारलाई कठिनाइ भइरहेको छ, र निजी क्षेत्रसँग पनि ठूला परियोजनामा लगानी गर्ने क्षमता सीमित छ । त्यसैले सडक, जलविद्युत्, ऊर्जा प्रसारण लाइन, सिँचाइ, औद्योगिक पार्क, सूचना प्रविधि र पर्यटन पूर्वाधारजस्ता क्षेत्रमा वैदेशिक लगानी अपरिहार्य जस्तै बनेको छ।
र यो पनि……
http://prithvipost.loc/news/7036/
दक्ष प्राविधिक जनशक्ति, स्पष्ट कार्यविधि र उत्तरदायित्वको अभावले गर्दा राम्रो उद्देश्यका आयोजना पनि असफल हुने गरेका छन् । यसले केवल पूँजीको उपलब्धता पर्याप्त नभई परियोजना सञ्चालन र परिणाम सुनिश्चित गर्ने क्षमता कम हुनुको प्रमाण दिन्छ । त्यसका साथै, वैदेशिक लगानीसँग केही जोखिमहरू पनि जोडिएका छन् ।
कर छली, नाफा बाहिर लैजाने प्रवृत्ति, लगानीकर्ताका असमान सर्तहरु, पर्यावरणीय क्षति, श्रमिक शोषण र स्थानीय उद्योग विस्थापन जस्ता समस्याहरू देखिएका छन् । यस्ता दुरुपयोग रोक्न पारदर्शी कानुनी व्यवस्था, प्रभावकारी नियमन र सुशासन अपरिहार्य छ ।
समग्रमा, वैदेशिक लगानी नेपालका लागि अवसर पनि हो र चुनौती पनि। यसैले लगानी ठूला, रणनीतिक र दीर्घकालीन प्रभाव पर्ने परियोजनामा केन्द्रित हुनुपर्दछ । आयोजना कार्यान्वयनमा स्पष्ट समयसीमा, नियमित अनुगमन र उत्तरदायित्व निर्धारण गरिनु पर्दछ । बजेट–केन्द्रित सोचको सट्टा प्रतिफल, लाभ र दीर्घकालीन राष्ट्रिय हितमा आधारित निर्णय गर्ने र व्यवस्थापन क्षमता सुदृढ र पारदर्शिता सुनिश्चित भयो भने मात्र लगानी सार्थक हुन्छ ।


