फाइनान्स कम्पनीहरूमा १२ अर्ब ४९ करोड ६४ लाख भन्दा बढीको खराब कर्जा

ªसुरेश राउत

काठमाडौं । फाइनान्स कम्पनीहरूमा वित्तीय अस्वस्थता बढेको छ । चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा निष्क्रिय कर्जा बढ्दा वित्तीयरूपमा स्वस्थ नदेखिएका हुन् । राष्ट्र बैंकका अनुसार १७ फाइनान्स सञ्चालनमा छन् । उनीहरूले पुससम्म कुल एक खर्ब पाँच अर्ब ३६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसमा औसतमा ११ दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

यो भनेको १२ अर्ब ४९ करोड ६४ लाख ७ हजार ६ सय रुपैयाँबराबर हो । जुन गत आवको सोही अवधिको तुलनामा केही कम देखिए पनि न्यूनतम पाँच प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा हुन नहुने राष्ट्र बैंकको नीति छ ।

गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब तीन अर्ब १६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा १२ दशमलव ८५ प्रतिशतका दरले हुन आउने १३ अर्ब २५ करोड ७० लाख ८८ हजार रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको थियो ।

फाइनान्स कम्पनीहरूले स्वंमले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार फाइनान्सहरूमा ५५ दशमलव २६ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । चालू आवको दोस्रो त्रैमासिक अवधिमा मञ्जुश्री फाइनान्समा तीन दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय देखिँदा बेस्ट फाइनान्समा १३ दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

गत आवको सोही अवधिमा यी दुई फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ८६ र तीन दशमलव ८६ प्रतिशत रहेको थियो । सेन्ट्रल, गुडविल, गोर्खाज र गुुह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीहरूमा पनि चालू आवको दोस्रो त्रैमासमा क्रमशः १४ दशमलव १८, छ दशमलव ७०, तीन दशमलव ७८ र छ दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः ११ दशमलव ९४, छ दशमलव ७७, तीन दशमलव शून्य छ र आठ दशमलव १८ प्रतिशत रहेको थियो । अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासमा आईसीएफसी, मल्टीपर्पस, पोखरा र रिलायन्स फाइनान्समा पनि क्रमशः तीन दशमलव ५१, आठ दशमलव ३०, २५ दशमलव १० र नौ दशमलव शून्य नौ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव शून्य सात, पाँच दशमलव ४५, ३३ दशमलव ४४ र १४ दशमलव ३१ प्रतिशत रहेको थियो । समृद्धि, श्री इन्भेष्टमेन्ट र जानकी फाइनान्समा पनि चालू आवको दोस्रो त्रैमासमा क्रमशः आठ दशमलव १७, तीन दशमलव ८३ र ५५ दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा क्रमशः १९ दशमलव ३४, तीन दशमलव ७१ र ४० दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । प्रोग्रेसिभ र नेपाल फाइनान्समा पनि चालू आवको दोस्रो त्रैमासमा क्रमशः सात दशमलव ३९ र १६ दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा क्रमशः पाँच दशमलव ५७ र १० दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । (आर्थिक दैनिकबाट)