निर्माण व्यवसायीहरुले भ्रष्टाचार गर्दैै आएका छन : निर्माण व्यवसायी महासंघ अध्यक्ष सिह (भिडियो सहित)

काठमाडौं । निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिहले निर्माण व्यवसायीहरुले भ्रष्टाचार गर्दैै आएको बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर अध्यक्ष सिहले भ्रष्टाचार गर्न बाध्य रहेको बताउदै भ्रष्टाचार हुदै आएको स्वीकारेपछि अहिले सो भनाई प्रति चौतर्फी चर्चा सुरु भएको छ ।

महासंघले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार बालेन्द्र साहले धनगढीमा गत फागुन ६ गते आयोजित चुनावी सभामा दिएको अभिव्यक्तीका विरुद्ध आयोजना गरेको पत्रकार सम्मेलनमा आफुहरु भ्रष्टाचार गर्न बाध्य भएको अध्यक्ष सिहले बताएका थिए ।

महासंघले उक्त अभिव्यक्ति अमर्यादित, उत्तेजक र निर्माण व्यवसायीहरूको मनोबल गिराउने खालको भएको भन्दै सार्वजनिक रूपमा माफी माग्न माग समेत अध्यक्ष सिहले गरेका छन् । अरुलाई माफी माग्न आग्रह गर्दै आएका अध्यक्ष सिह आफैले पत्रकार सम्मेलनमा भ्रष्टाचार गर्दै आएको अभिव्यक्ती दिएपछि उनी अहिलो चौतर्फी रुपमा आलोचित समेत भएका छन् ।

हेर्नुहोस यो भिडियो

https://youtu.be/AENnEuWCea4