भ्रष्टाचार मुक्त देश बनाउने उमेदवारको हावादारी नारा : चुनावमा गरिएको खर्चको स्रोत गायव
–रोशन कार्की
२०८२ फागुन २१ गते अन्तरिक सरकारको नेतृत्व गरेको शुसिला कार्कीको मन्त्रीमण्डलले प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्दै छ । अर्बौं रुपैयाँ खर्च गरेर निर्वाचन स्थलमा कर्मचारी र आबश्यक सामाग्री समेत लगी सकेको निर्वाचन आयोगले जनाएको छ । यसैक्रममा आयोगले निर्वाचन आचारसंहिता २०८२ समेत गत महिनाबाटै लागू गरि सकेको छ ।
आयोगको कार्यालयमा पूर्णरुपमा कार्यान्वयन भएको आचारसंहिता व्यवहारमा भने उलंधन भएको छ । सो बारे न आयोगले कारबाही गर्न सकेको छ न सरकार ले । उता आचारसहितालाई लत्याउदै अनलाईन न्यूजपोर्टलहरुले एकतर्फी दलको प्रचारमा सकृय भएको छ भने अर्कोतर्फ प्रेस काउन्सिल, पत्रकार महासंघ र निर्वाचन आयोग भने उलंघन नगर्नभन्दै विज्ञप्ति र भिडियो सन्देश प्रकाशन र प्रशारण गर्नमा मात्र व्यस्त रहेको छ ।

निर्वाचन आचारसहिता पनि कमजोर पक्ष र अनलाईन मिडिया हाउसमाथीमात्र सिधै लाग्ने पछिल्ला घटनाबाट पुष्टी भएको छ । यहाँ सरकार र आयोगले निर्वाचनको मैदानमा उत्रेका उम्मेदबारहरुले गर्ने अधिकतम खर्च समेत तोकेर सार्वजनिक गरेको छ । उता निर्वाचन प्रयोजनकालागि छुट्टै बैंक खाताबाट कारोबार गर्न समेत निर्देशन दियो तर उम्मेदवारले त्यो निर्देशनलाई लत्याउदै अन्धधुन्ध खर्च गरि रहेका छन् । भड्किलो प्रचार गरेका छन् ।
……..आयोगको कार्यालयमा पूर्णरुपमा कार्यान्वयन भएको आचारसंहिता व्यवहारमा भने उलंधन भएको छ । सो बारे न आयोगले कारबाही गर्न सकेको छ न सरकार ले । उता आचारसहितालाई लत्याउदै अनलाईन न्यूजपोर्टलहरुले एकतर्फी दलको प्रचारमा सकृय भएको छ भने अर्कोतर्फ प्रेस काउन्सिल, पत्रकार महासंघ र निर्वाचन आयोग भने उलंघन नगर्नभन्दै विज्ञप्ति र भिडियो सन्देश प्रकाशन र प्रशारण गर्नमा मात्र व्यस्त रहेको छ ।……..
जहाँ सवारी सधानको लाईन भारतीय फिल्ममा देखाईए झै लावालस्कर लगाएर गाँउगाउँको कुनाकुना पुगेका छन् । अधिकाशं उम्मेदबारले नीजि सवारी साधान प्रयोग गरेका छन् भने अन्यले भाडामा सवारी साधान लिएर चुनाबी मैदानमा धुलो उढाउदै आएको छन यहाँ भन्न खोजीएको के भने, आयोगले निर्धारण गरेको भन्दा बढी रकम कहाँबाट ल्याएर गरि रहेको छ भन्ने हो । उता जिल्ला बाहिर रहेका मतदातालाई सम्बन्धीत जिल्ला जिल्ला लैजान मंगलबारदेखि हजारौ गाडीहरु दलगत रुपमा ‘रिर्जभ’ गरिएको छ ।
यसरी रिर्जभ गर्दा अन्य समयको भन्दा २ गुना मंहगो मुल्य यातायात सञ्चालकहरुले भाडा लिने गरेको बताइएको छ । यसरी एउटा उम्मेदबारले न्यूनतम १ सय वटा गाडी भाडामा लिएर मतदाता जिल्लामा पु¥याउन लाग्ने खर्च र सो रकम कहाँबाट कसरी आयो भन्ने बारे न सरकारी निकायले खोजेको छ न सम्बन्धीत उम्मेदबारले खर्च विवरण पारदर्शि गर्न चाहेका छैन । भोली निर्वाचन सम्पन्न भएपछि एकमुष्ट खर्च विवरण निर्वाचन आयोगमा बुझाउदाँ उन्मुक्ती पाईने भएकाले पनि आचारसंहितालाई लत्याउदै खुलेआम खर्च गरिदै आएको छ ।
सो खर्च गरिएको रकमको स्रोत भने उम्मेदबारहरुले कहिल्यै पनि देखाउन भने चाहेका छैन । जसले गर्दा भ्रष्टाचार मुक्त देश बनाउने नारा उम्मेदबारहरुको हावादारी हो भन्ने पुष्टी उनीहरुले गरेको चुनाबी खर्चबाटै हुन आएको छ ।
र यो पनि………….
http://prithvipost.loc/news/7577/
http://prithvipost.loc/news/7391/
http://prithvipost.loc/news/7074/
http://prithvipost.loc/news/5701/


