राष्ट्र निर्माणको आधार र आर्थिक विकासको मुख्य मेरुदण्ड निर्माण क्षेत्र हो

–राम शरण देउजा//

भौतिक पूर्वाधारहरुको निर्माण बिना विकास सम्भव छैन। कुनै पनि देशको आर्थिक प्रगति र सामाजिक रूपान्तरणको आधार भौतिक पूर्वाधारमा निर्भर हुन्छ। सडक, पुल, सुरुङमार्ग, विमानस्थल, जलविद्युत् आयोजना, अस्पताल, विद्यालय, खानेपानी र आवासीय संरचनाहरूले आधुनिक समाजको आधार तयार पार्दछन।

यी संरचनाहरूको निर्माण गर्ने जिम्मेवारी निर्माण क्षेत्रको काँधमा रहेको हुन्छ। यही कारणले विश्वभर निर्माण व्यवसायलाई राष्ट्रको आर्थिक र सामाजिक विकासको मेरुदण्डको रूपमा लिइन्छ। निर्माण क्षेत्रले केवल संरचना निर्माण मात्र गर्दैन, यसले विकासको ढोका खोल्ने काम गर्छ। निर्माण सम्पन्न भएको सडक सञ्जालले समाजलाई बजार सँग जोड्छ, ऊर्जा क्षेत्रका संरचनाले उद्योगलाई चलायमान बनाउँछ, विमानस्थलले अन्तर्राष्ट्रिय सम्पर्क विस्तार गर्छ र आधुनिक शिक्षा तथा स्वास्थ्य संरचनाले नागरिकको जीवनस्तर उकास्छ।

(लेखक : राम शरण देउजा)
 सरकार, निर्माण व्यवसायी र परामर्शदाता। यी तीन पक्षबीच स्पष्ट रुपले जिम्मेवारी बाँडफाँड र कर्तव्य पालना, पारदर्शिता, प्राविधिक दक्षता, आचरणमा निखार र सहकार्य कायम हुन सके मात्र आयोजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न हुन सक्छ। निर्माण क्षेत्रमा सम्लग्न्न सबै पक्षले निर्माण व्यवसायलाई केवल ठेक्कापट्टा वा आर्थिक लाभको दृष्टिले मात्र हेर्ने प्रवृत्तिबाट बाहिर निस्कन आवश्यक छ।

यस अर्थमा निर्माण क्षेत्र राष्ट्रको समग्र प्रगति सँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। त्यसैले निर्माण ब्यबसाय आर्थिक बिकासको मेरुदण्ड हो, यस् कुरामा थप केही बिबेचना गरौ। निर्माण क्षेत्रको सबभन्दा महत्वपूर्ण पक्ष भनेको यसले गर्ने रोजगारी सृजनाको क्षमता हो। निर्माण गतिविधि बढ्दा इन्जिनियर, प्राविधिक, मजदुर, डिजाइनर, सुपरभाइजर देखि लिएर निर्माण सामग्री आपूर्तिकर्ता, ढुवानी व्यवसायी, वित्तीय संस्था, बैक, बीमा कम्पनी, उत्पादन गर्ने उद्योगहरु, खानिहरु लगायत धेरै क्षेत्रहरू सक्रिय हुन्छन्।

यसले लाखौ मानिसलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी प्रदान गर्दछ। यही कारणले अन्तराष्ट्रीय स्तरमा निर्माण क्षेत्रलाई अर्थतन्त्र चलायमान बनाउने प्रमुख इन्जिनको रूपमा लिइन्छ। निर्माणका गतिविधि बढ्दा बजारमा पैसाको प्रवाह बढ्छ, उद्योगहरू चलायमान हुन्छन् र आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्छ। ।

नेपालमा कृषि पछि सबैभन्दा बढी रोजगारी सृजना गर्ने क्षेत्रको रुपमा निर्माण ब्यबसाय रहेको कुरा विभिन्न अध्ययनहरुले देखाएको छ। नेपाल जस्तो विकासोन्मुख देशका लागि निर्माण क्षेत्रको महत्व अझ बढी छ। सानो भुगोल, भौगोलिक जटिलता, सीमित पूर्वाधार र विकासका चुनौतीहरूको बीचबाट निर्माण क्षेत्रले देशलाई जोड्ने र विकासलाई गति दिने मुख्य भूमिका खेल्नु पर्नेछ। तर यथार्थ के हो भने नेपालमा धेरै पूर्वाधार आयोजनाहरू समयमै सम्पन्न हुन सकेका छैनन्।

आयोजना ढिलाइ हुनु, लागत बढ्नु, नीतिगत अस्थिरता, संस्थागत समन्वयको अभाव र गुणस्तरमा प्रश्न उठ्नु जस्ता समस्या बारम्बार दोहोरिने गरेका छन्। यसले निर्माण क्षेत्रको छवि मात्र होइन, समग्र विकास प्रक्रियालाई नै प्रभावित गरिरहेको छ। सार्वजनिक निर्माणका आयोजनाहरू सफल बनाउन तीन पक्षको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

नियोक्ता (सरकार), निर्माण व्यवसायी र परामर्शदाता। यी तीन पक्षबीच स्पष्ट रुपले जिम्मेवारी बाँडफाँड र कर्तव्य पालना, पारदर्शिता, प्राविधिक दक्षता, आचरणमा निखार र सहकार्य कायम हुन सके मात्र आयोजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न हुन सक्छ। निर्माण क्षेत्रमा सम्लग्न्न सबै पक्षले निर्माण व्यवसायलाई केवल ठेक्कापट्टा वा आर्थिक लाभको दृष्टिले मात्र हेर्ने प्रवृत्तिबाट बाहिर निस्कन आवश्यक छ।

वास्तवमा निर्माण व्यवसाय भनेको राष्ट्र निर्माण सँग प्रत्यक्ष जोडिएको जिम्मेवारी पूर्ण पेशा हो। यस क्षेत्रमा संलग्न सबै पक्षले आफ्नो भूमिकालाई केवल मुनाफा र लाभ सँग मात्र जोडेर होइन, राष्ट्र प्रतिको दायित्वको रूपमा बुझ्नु पर्दछ।

यदि निर्माण क्षेत्रमा नीतिगत स्थिरता, नितिगत भ्रष्टाचारको अन्त, मिलोमतोको अन्त, स्वच्छ प्रतिस्पर्धाको स्थापना, व्यावसायिक नैतिकता, प्राविधिक क्षमता र प्रभावकारी अनुगमन प्रणाली स्थापना गर्न सकियो भने यसले देशको आर्थिक वृद्धिलाई तीव्र बनाउने मात्र होइन, दिगो विकासको आधार पनि तयार गर्न सकिन्छ। यी कुराहरुको सुधार गर्न सकिएन भने बालुवामा पानी हाले जस्तो बजेट सक्ने काम मात्र सम्पन हुनेछ, उपलब्धि आकासको फल आँखा तरि मर हुनेछ।

अतः निर्माण क्षेत्रलाई सुदृढ बनाउनु जरुरी छ। राज्यले निर्माण क्षेत्रलाई सुदृढ बनाउने कार्यलाई प्राथमिकता दिन अति आबस्यक छ। निर्माण क्षेत्र भनेको केवल सडक, पुल वा भवनका संरचना खडा गर्नु मात्र होइन। यो राष्ट्र समाज र जनताको भविष्य निर्माण गर्ने कार्य हो भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ। जब निर्माण क्षेत्र बलियो हुन्छ, तब मात्र राष्ट्रको विकासको यात्रा पनि मजबुत र स्थिर हुन्छ।