भट्टराई र झाँक्रीबिच भेटवार्ता

साउन,३२-भक्तपुर

नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच बिहीबार भेटवार्ता भएको छ।

भेटवार्ताको तस्बिरसहित एमाल नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्यार्थी आन्दोलनको एउटा विशेषता छ, जो जहाँ भए पनि भेटेपछि अपनत्व र हार्दिकताको अनुभूति हुन्छ।’

पछिल्लो समय पार्टीमा असन्तुष्ट रहेकी झाँक्री एमालेमा फर्किन लागेको चर्चाबीच उनले एमाले नेता भट्टराईसँग भेट गरेकी हुन्।