भक्तपुर महोत्सव ः नेपाल इको प्यानल र नेवा ननीे सामूहिक स्वागतमा

भक्तपुर । भोलिदेखि हुने भक्तपुर महोत्सव २०८१ मा आउने पाहुनाहरुलाई स्वागत गर्न यतिखेर सम्पूर्ण भक्तपुबासी तम्तयार भएर बसेको छ । यसका लागि ठाउँठाउँंमा आकर्षक स्वागतद्धारहरु बनाइएका छन् । यसका लागि आयोजक भक्तपुर नगरपालिका, स्थानीय नगरबासी मात्रै होइन, बिभिन्न निजी संघसंस्थाहरु पनि आआफनो ढंगले जुटेका छन् । आयोजक भक्तपुर नगरपालिकाको काममा हातमा हात मिलाउँंदै स्वागतमा निजी संघसंस्थाहरु पनि उभिएका हुन् ।
स्वागतको यो लर्काेमा उभिएको छ, सल्लाघारीमा कर्पाेरेट कार्यालय रहेको नेपाल इको प्यानल र नेवा ननी रेष्टुरेन्ट । नेपाल इको प्यानलले महोत्सबमा सल्लाघारी भएर भक्तपुर नगर प्रवेश गर्ने पाहुनाहरुलाई विशेष स्वागत गर्ने तयारी गरेको छ । यी दुवै निजी संस्थाहरुले सल्लाघारीको च्वङा गणेशस्थानको तल आफैंले छुटै स्वागतद्धार बनाएका छन् ।
साँंस्कृतिक नगर भक्तपुर प्रवेश गर्ने सल्लाघारीस्थित च्वगा गणेशमा रहेको नेपाल इको प्यानल र नेवा ननीले भक्तपुर महोत्सव हेर्न आउने पाहुनाहरुलाई स्वागत गर्न च्वगा गणेश सल्लाघारीस्थित नेपाल इको प्यानलको कर्पाेरेट कार्यालय अगाडि स्वागतद्धार बनाएको हो । यही द्धार भएर नेवा ननी पुग्न सकिन्छ ।
महोत्सवकै यो क्रममा नेपाल इको प्यानलले आफनै प्रांगनमा भक्तपुरमै उत्पादित नेपाल इको प्यानलको स्टल राख्ने जनाएको छ । साथै भक्तपुर घुम्न आउने अनि फर्किन अतिथिहरुले प्रस्थान पार्किग बनाएको यो ठाउँंमा नेपाल इको प्यानलले पनि थप स्वागत गरेको हो । नेपाल इको प्यानलले राख्ने स्टलबाट भूकम्पप्रतिरोधात्मक घरकोबारे जानकारी दिने उद्देश्य राखेको जनाएको छ । उता नेवा ननीले साँस्कृतिक कार्यक्रम गर्ने जनाएको छ ।
वातावरणमैत्री निर्माण सामाग्री र भक्तपुरको संस्कृति देखाउन दुवै संस्थाहरु लागेको जनाएका छन् । नेवा ननीमा
भक्तपुरकै प्राचिन परम्परालाई सम्झाउन साँंस्कृतिक कार्यक्रम गर्ने जनाइएको हो ।
नेवारी भोजमा स्वाद चखाउँंदै भक्तपुरको कला संस्कृति हेर्न सकिने नेवा ननीले व्यवस्था मिलाएको हो ।