नेपाल टी-२० लिगबारे क्यान अध्यक्ष भन्छन् : अहिले नभए सम्झौता तोड्छौं, आफैं गर्छौं

७ पुस, काठमाडौं ।
भोलि (शुक्रबार)देखि सुरु हुने भनिएको नेपाल टी–२० लिग क्रिकेट तोकिएको समयमा नहुने पक्का भएको छ ।

मिति निर्धारण गरी प्रतियोगिता सारिएको तीन महिनाको अन्तरमा तेस्रोपल्ट हो ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने भनिएको लिगको कमर्सियल र स्ट्राटेजिक राइट भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिइएको छ ।

सेभेन थ्री स्पोर्ट्सलाई अधिकार दिएदेखि नै नेपाल टी-२० लिग विवादमा तानिएको थियो । जसले गर्दा यसअघि दुई पटक तोकिएको समयमा पनि लिग सुरु हुन सकेको थिएन ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शुक्रबारदेखि लिग आयोजना हुन नसक्ने र केही दिन सर्ने पुष्टि गरे । उनले विदेशी खेलाडीको श्रम स्वीकृतिमा ढिलाई भएकोले तोकिएको समयमा फेरि लिग सुरु हुन नसक्ने बताए ।

अब पनि प्रतियोगिता आयोजना हुन नसके भारतीय कम्पनीसँग सम्झौता तोडेर क्यान आफैंले आयोजना गर्नेसमेत चन्दले बताए । प्रतियोगिताबारे क्यान अध्यक्ष चन्दसँग अनलाइनखबरका लागि गोविन्दराज नेपालले गरेको कुराकानी ।