सरकार र तत्कालीन माओवादीबीच भएको शान्ति सम्झौता १९ वर्ष पूरा

काठमाडौं । सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको २ दशक पुरा भएपनि मुख्य समस्याको समधान भने अझै हुन सकेको छैन । २०६३ साल मंसिर ५ गते भएको सम्झौतापछि माओवादीले दशक लामो शशस्त्र द्वन्द्व त्यागेर शान्तिपूर्ण राजनीतिको बाटो रोजेको थियो।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार संविधान सभाको निर्वाचन भएर नयाँ संविधान अनुसार दुई पटक निर्वाचन समेत भइसकेको छ। लडाकूहरुको समायोजन भएको छ। दुई दशकमा पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय अझै टुंगिएको छैनन्।

सरकार र माओवादीले अनिच्छा र राजनीतिक एजेण्डा मात्र बनाइँदा द्वन्द्वको छानबिन, पीडितहरुलाई न्याय, पीडकलाई दण्ड र परिपुरणको काम भएको छैन। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक गत वर्ष पारित भएर कार्यान्वयनमा गएको छ।

तर, सत्य निरुपण तथा मेललिाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले प्रभावकारी काम गर्न सकेको छैनन्। तत्कालीन विद्रोही माओवादी र कमाण्डर प्रचण्डले माओवाद छाड्दा समेत पीडितले न्याय पाउन सकेका छैनन्। त्यसमा पछि पछिल्लो समय बढ्दो राजनीतिक संक्रमणका कारण यो विषय प्राथमिकताभन्दा निकै पर धकेलिन थालेको छ।