आफुलाई पक्राउ गर्न प्रम कार्कीले सुरक्षालाई दवाव दिई रहेको छ : एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न सुरक्षा निकायलाई दबाव दिइरहेको बताउनु भएको छ । शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पत्ति शुद्धिकरण विभागमा नेतृत्वनै परिवर्तन गरेको जिकिर समेत गर्नुभएको छ ।

उहाँले सम्पत्ति शुद्धिकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि त्यहाँका प्रमुखलाई सरुवा गरेर आफू अनुकलको व्यक्ति ल्याएको समेत बताउनु भएको छ। अध्यक्ष ओलीले सरकारले राजदूत फिर्ता गरेर गर्नै नहुने काम गरेको आरोपसमेत लगाउनु भएको छ ।