सामाजिक सुरक्षा भत्ता ४ हजार रुपैयाँ मैले पुर्याएँको हो : एमाले अध्यक्ष अोली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५१ सालमा सुरु भएको सामाजिक सुरक्षा भत्ता अघिल्लो पटक प्रधानमन्त्री हुँदा आफूले ४ हजार रुपैयाँ पुर्याएको बताएका छन्। झापामा घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै अहिले विभिन्न सरकार फेरिँदा अर्थतन्त्र अफ्ठेरो अवस्थामा रहेकाले बढाउन नसकेको समेत बताएका छन् ।
उनले भने, ‘करिब ३८ अर्ब पैसा त्यसमा खर्च भइरहेको छ। ठुलो रकम त्यसमा खर्च भइरहेको छ, ज्येष्ठ नागरिक, एक महिला, अशक्त भएका व्यक्तिहरू सबैले त्यसको लाभ लिइरहेका छन्।’ उनले सडक बालबालिका अन्त्य गर्नको लागि अभियान नै चलाएको बताए। पछाडि परेको समुदायलाई अगाडि बढाउने कार्यक्रम पनि आफूले गरिरहेको जिकिर गरे।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली आफनो निर्वाचन क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिकाका विभिन्न कार्यक्रममा सहभागी भएको बताइएको छ । उनले झापा क्षेत्र नं. ५ अन्तर्गत पर्ने सिमावर्ती पालिका गौरीगञ्जका विभिन्न कार्यक्रम र टोलमा पुगेर मतदाताहरुसँग भेट गर्ने कार्यक्रम रहेको एमाले निर्वाचन परिचालन समितिले जनाएको छ । उ


