एमाले अध्यक्ष ओलीको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश भएको छ । निवेदनमा गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गरेकी हुन् ।
आज निवेदन दर्ता भएमा भोलि सुुनुवाई हुने बुझिएको छ । रिटमाथि भोलि सोमबार बहस हुने भएको छ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार रितपूर्वक रिट दर्ता भइसकेको छ । ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दावीसहित रिट दायर भएको छ ।
कुनै पनि जाँचबुझ वा छानबिन गर्ने निकायको सुझाव वा प्रतिवेदनकै आधारमा सीधै व्यक्तिहरू पक्राउ गर्ने कुरा कानूनसम्मत नहुने उक्त रिटमा जिकिर गरिएको छ ।


