काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको बताउनु भएको छ । उहाँले आइतबार सामाजिक सञ्जाल मार्फत नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको भन्दै चाडैं सञ्चालनमा आउने समेत उल्लेख गर्नुभएको छ । उहाँले हालसम्म सो आयोजना ९३ प्रतिशतको भौतिक प्रगति भएको समेत जनाउनु भएको छ ।
नौबिसे–नागढुङ्गा सुरुङमार्गमा ‘टनेल बोरिङ मेसिन’ (टीबीएमं र विस्फोटक पदार्थ प्रयोग नगरी बनाइएको हो । कूल २।६८ किलोमिटर लामो सुरुङमार्गमा साढे तीन मिटर चौडाइका दुई लेन निर्माण भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1