बालेन्द्र साहलाई गाडी दिएका मालपानीको अर्बौंको अबैध आम्दानी

काठमाडौं । बालेन्द्र साहमाथि लगानी, उठाउन थाले मालपानी ! प्रसंग आठ करोड रुपैयाँ पर्ने गाडीको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) साहलाई गाडी उपहार दिएका व्यापारी कमलकिशोर मालपानीले लगानी उठाउन थालेका छन् । सूर्तीजन्य पदार्थ उत्पादन गर्दै आएको मालपानीको कम्पनीले भोलाको भाउ ह्वात्तै बढाएको छ । एकैचोटि बोरामा दुई हजार रुपैयाँ वृद्धि गरिएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बालेन यतिबेला आठ करोड रुपैयाँको गाडीमा सवार भएर देश दौडाहामा छन् । बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो ल्याण्ड रोभर डिफेण्डर गाडी मालपानीको हो । मालपानीले केही महिनाअघि मात्र भन्सार छुटसहित दुईटा गाडी खरिद गरेकोमा एउटा बालेनसँग छ । बालेन आफैं सो गाडी चलाएर चुनाव प्रचारप्रसारमा हिँडेका छन् ।

बालेनलाई आठ करोडको गाडी दिएर मालपानी अर्बौंको आम्दानी गर्ने बाटोमा लागेका छन् । मालपानीको कम्पनी श्रीराम टोबाको उद्योग प्रालिले एक साताअगाडि भोलाको भाउ बढाएको छ । भोला सबैभन्दा बढी खपत हुने सूर्तीजन्य पदार्थ हो । त्यसको भाउ बोरामै दुई हजारले बढाइएको छ । श्रीराम टोबाको उद्योगले दैनिक १३ सय बोरा भोला उत्पादन गर्छ । एक बोरा भोलामा साढे १६ किलो हुन्छ ।

जसको मूल्य ३५ हजार रुपैयाँ पर्छ । बोरामा दुई हजार रुपैयाँ बढाएर हाल ३७ हजार पुर्याइएको छ । त्योसँगै मालपानीको आम्दानी दैनिक २६ लाखले बढेको छ । स्रोतले भन्यो,‘एक साताअघि भोलाको भाउ बढाइएको छ । एक बोरामा दुई हजारले बढ्दा मालपानीको दैनिक २६ लाख रुपैयाँ कमाइ बढ्छ । आठ करोडको गाडी दिएर मालपानीले अर्बौंको आम्दानी गर्ने भए ।’

भाउ बढेपछि मालपानीको कम्पनीले पैसा तिरेर मात्र सामान दिने व्यवस्था गरेको छ । त्यसअघि उधारोमा पनि कारोबार चल्ने गरेको थियो । स्रोतका अनुसार भोलाको चार सय डिलर छन् । यता,मालपानीले खाने तेलको भाउ पनि बढाएका छन् । एक लिटर सूर्यमुखी तेलमा २० रुपैयाँ बढाइएको छ । उनले चुनावमा नेताहरुलाई चन्दा जुटाउन सामानको भाउ बढाएको भन्ने गरेको स्रोतको जिकिर छ ।

बालेनलाई आठ करोडको गाडी दिएर मालपानी अर्बौंको आम्दानी गर्ने बाटोमा लागेका छन् । मालपानीको कम्पनी श्रीराम टोबाको उद्योग प्रालिले एक साताअगाडि भोलाको भाउ बढाएको छ । भोला सबैभन्दा बढी खपत हुने सूर्तीजन्य पदार्थ हो । त्यसको भाउ बोरामै दुई हजारले बढाइएको छ । श्रीराम टोबाको उद्योगले दैनिक १३ सय बोरा भोला उत्पादन गर्छ ।

‘बुटवलमा हिजो उनका भाइबुहारीको ठूलो कार्यक्रम थियो । चुनावमा नेताहरुलाई चन्दा जुटाउन सामानको भाउ बढाएको भनेर त्यहीँ कुरा चलेको थियो’,स्रोतको भनाइ छ । श्रीराम टोबाको पटकपटक कारबाहीमा परिसकेको छ । कम्पनीमाथि राजस्व छली, तस्करीलगायतको आरोप छ ।

राजश्व अनुसन्धान विभागले मालपानीसहित सात जनाविरुद्ध करोडौं रुपैयाँ राजश्व छलीमा केही वर्षअघि मुद्दा दायर गरेको थियो । एक सूर्तीजन्य पदार्थ उत्पादकले हाल मूल्य बढाउनुपर्ने कुनै कारण नै नभएको बताए । जनआस्थासँग उनले भने,‘अहिले सूर्तीजन्य पदार्थको मूल्य बढाउनुपर्ने कुनै कारण नै छैन ।

भोला उत्पादन गर्ने श्रीराम टोबाको हो । के कारणले बढाइयो रु त्योचाँहि जानकारी भएन ।’ काठमाडौंमा भोलाको डिलरसिप पशुपति पराग सप्लायर्सले पाएको छ । सप्लायर्सका म्यानेजर विजयले भोला नआएको बताए । ‘सुपारीहरुचाँहि आयो, तर भोला आएको छैन । गाडी नभएर नपठाएको भन्ने जानकारी प्राप्त भएको छ । भाउ बढाएको जानकारी हामीलाई आएको छैन । कसैले भाउ बढाएर बेचेको हुनसक्छ’,उनले भने ।

बेचियो कुहिएको सुपारी

मालपानी मुलुकको सबैभन्दा ठूलो सुपारी आयातकर्तामा पर्छन् । उनको कम्पनीले ठूलो परिमाणमा सुपारी आयात गर्दै आएको छ । उनले कुहिएको सुपारी पनि बिक्री गरेको पाइएको छ । ३० करोडको कुहिएको सुपारी बजारमा कृत्रिम अभाव सिर्जना गरेर बेचिएको छ । ‘३० करोडको सुपारी कुहिएको थियो, मालपानीले बजारमा सर्टेज गराई बेचेरै छोडे’,स्रोतले भन्यो। (जनआस्थाबाट)