रास्वपा सरकारले ‘विनोद चौधरीसँग असुल्ला कर छलीको १० अर्ब ?
रोशन कार्की
काठमाडौं । आफुलाई उच्च घरानीया व्यवसायी भएको प्रचार गर्दै सरकारी सहुलियत लिदै अबैधधन्दा चलाउने नेपाली काँग्रेसका नेता तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले खुलेआम गरेको राजश्व र आयकर छली गर्दै आएको सरकारी तथ्याङकले देखाएको छ । आफुलाई डलर अर्बपतिको रुपमा प्रचार गर्दै आएका व्यापारी चौधरीले शक्तिकेन्द्रकै आँडमा राजश्व छलेको र पूँजी पलायन गर्दै सरकारलाई बुझानु पर्ने १० अर्ब रुपैयाँभन्दा बढीको कर छलीमा राजनीतिक संरक्षणका कारण उन्मुक्ती पाउदै आएका छन् ।
सक्ता र शक्तीको आँडमा अबैधधन्दा चलाउदै आएका चौधरीले तत्कालिन समयमा नक्कली मुल्य अभिबृद्धि कर (भ्याट) बील प्रयोग गरि छली गरेको १० अर्ब रुपैयाँ असुल उपर गरि कारबाही गर्न सरकारी निकाय ‘राजस्व न्यायाधिकरण काठमाडौं’ ले आदेश दिएको थियो । तर सो आदेशमा राजनीतिक संरक्षणकै कारण कार्यान्वयन भने हालसम्म हुन सकेको छैन । नक्कली भ्याट बिल प्रकरणमा उनको नाम विगत देखि नै अग्रपंक्तिमा रहेको छ ।
‘भारतीय मूलका व्यापारी खान्दानबाट नेपाल आएका विनोद चौधरी नेपालका प्रथम अर्बपति हुन्’, भन्दै फोब्र्स नामक पत्रिकाले लेखे पछि उनी नेपालीभन्दा पनि भारतीय नागरिक भएको प्रमाणित भएको छ । तत्कालिन राजपरिवारलाई सामान आपूर्ति गर्नेदेखि देशको पहिलो डिपार्टपेन्ट स्टोर खोल्नेसम्म, चौधरी ग्रुपको अहिलेको लगानी बैँकिङ, खाद्य पदार्थ, सिमेन्ट, रियस स्टेट, होटल, ऊर्जा र इलेक्ट्रोनिक्स लगायतमा रहेको छ । सतहमा विनोद चौधरी प्रष्ट छविमा देखिन्छन् तर उद्योगपति तथा व्यापारीका रूपमा विनोद चौधरीको ट्रयाक रेकर्ड राम्रो छैन ।
विगतमा सीजी इलेक्ट्रोनिक्समा भएको आगलागीमा समेत नक्कली विवरण तयार गरेर आर्थिक हिनामिना गरेको ठहर भई बिमा समितिबाट कारबाही गर्न सरकारले निर्देशन दिएको भएपनि अहिले सम्म उनीमाथी विमा समितिले कारबाही गरेको छैन । नेपाल भुमी प्रयोग गरि अकुत कमाउदै विदेशमा लगानी गरेका चौधरीले विभिन्न समयमा पूँजी पलायन सोही बैंक र हुण्डीमार्फत गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेपनि कारबाही गर्न सरकारले सकेको छैन ।
राज्य कोषमा जम्मा गर्नु पर्ने अर्बौ रुपैयाँ नर्तिने चौधरीले अर्थमन्त्रालय, राजश्व विभाग, सम्पत्ति शुद्धिकरण र अख्तियार दुरुपयोग अनुसन्धान अयोगलाई समेत प्रभावमा पारेर आप्mनो अबैधधन्दालाई निरन्तरता दिएको सरकारी कर्मचारीहरुले नै गुनासो गरेका छन् । दरवारको सक्रिय शासनदेखि नै चौधरीले कर छल्दै आएको बताईन्छ । राजपरिवारलाई समान आपुर्ति गर्ने चौधरीको स्वर्गिय तत्कालिन राजा विरेन्द्र शाह र उनका छोरा दिपेन्द्र शाहसँगको घनिष्ट सम्वन्ध रहेको थियो । त्यहि सम्वन्धलाई चौधरीले दुरुपयोग गर्दै आएको उनका समकक्षी व्यवसायी बताउँछन् ।
‘भारतीय मूलका व्यापारी खान्दानबाट नेपाल आएका विनोद चौधरी नेपालका प्रथम अर्बपति हुन्’, भन्दै फोब्र्स नामक पत्रिकाले लेखे पछि उनी नेपालीभन्दा पनि भारतीय नागरिक भएको प्रमाणित भएको छ । तत्कालिन राजपरिवारलाई सामान आपूर्ति गर्नेदेखि देशको पहिलो डिपार्टपेन्ट स्टोर खोल्नेसम्म, चौधरी ग्रुपको अहिलेको लगानी बैँकिङ, खाद्य पदार्थ, सिमेन्ट, रियस स्टेट, होटल, ऊर्जा र इलेक्ट्रोनिक्स लगायतमा रहेको छ । सतहमा विनोद चौधरी प्रष्ट छविमा देखिन्छन् तर उद्योगपति तथा व्यापारीका रूपमा विनोद चौधरीको ट्रयाक रेकर्ड राम्रो छैन ।
पछिल्लो समयमा समेत चौधरीका थुप्रै मुद्दाहरू अर्थमन्त्रालय र राष्ट्र बैंकसँग ‘फेसअफ’ मा छन् । चौधरीका सामु अर्को सिधा मुद्धा राष्ट्र बैंकसँग पनि जोडिएको छ । चौधरीले एभरेष्ट बैंकको टेकु शाखामा १८ करोड रूपैयाँ स्रोत नखुलेको रकम भेटिएपछि झन उनी विवादीत बन्दै आएका व्यापारी हुन । चौधरीको यही बैंक खाताका वारेमा गोप्य सूचना दिएका उनका एक कर्मचारी केही महिनापछि चौधरी समूहको सानेपास्थित विल्डिङबाट भुइँमा मृत अबस्थामा भेटिएको थियो ।
नेपाल प्रहरीले यसलाई आत्महत्याका रूपमा सावित गरेको थियो । तर त्यतिवेला चौधरीको अवैध आम्दानीमा अनुसन्धान गर्ने अधिकृतहरू भने यसलाई रहस्मय मृत्युका रूपमा लिदै आएका छन् । चौधरी भ्याट छली कान्डमा सबैभन्दा बढी विवादमा परेका व्यापारी समेत हुन । विनोद चौधरीको स्वामित्वमा रहेको वाइवाइ उत्पादक कम्पनी सिजी फुडले १० करोड रुपैयाँको नक्कली भ्याट बिल बनाएर राजस्व छलेको समेत सरकारी निकायले प्रमाणीत गरेको धेरै वर्ष वितिसक्दा समेत कारबाही गर्न सकेको छैन ।
खराब छविका अर्बपछि चौधरी पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् । विनोद चौधरीसँग सम्वन्धित तीन कम्पनीहरु एलजीका सामान बिक्री गर्ने सीजी इलेक्ट्रोनिक्स, नेपालमै एसम्बल्ड सीजी ब्राण्डका विद्युतीय सामान बिक्री गर्ने सीजी इम्पेक्स र वाइवाई चाउचाउ उत्पादन गर्ने सीजी फुड्सका तीन कम्पनीबाट करोडौ रुपैयाँ राजस्व छली गरिदै आएको छ । कम्पनीको नाममा खर्च देखाएर सर्वसाधरणले तिरेको भ्याट सरकारलाई नतिरि चौधरीको व्याक्तिगत खातामा जम्मा गर्दै आएका छन् ।
पछिल्लो समयमा समेत चौधरीका थुप्रै मुद्दाहरू अर्थमन्त्रालय र राष्ट्र बैंकसँग ‘फेसअफ’ मा छन् । चौधरीका सामु अर्को सिधा मुद्धा राष्ट्र बैंकसँग पनि जोडिएको छ । चौधरीले एभरेष्ट बैंकको टेकु शाखामा १८ करोड रूपैयाँ स्रोत नखुलेको रकम भेटिएपछि झन उनी विवादीत बन्दै आएका व्यापारी हुन । चौधरीको यही बैंक खाताका वारेमा गोप्य सूचना दिएका उनका एक कर्मचारी केही महिनापछि चौधरी समूहको सानेपास्थित विल्डिङबाट भुइँमा मृत अबस्थामा भेटिएको थियो ।
सरकारले तत्कालको समयमा चौधरी ग्रुपका सम्वन्धित अधिकारीसँग बयान पनि लिएको थियो । चौधरी हाउसको महाप्रवन्धक त कहिले एक्जुकेटिभ असिस्टेण्ट टु विनोदकुमार चौधरी अर्थात महेश पन्त र चौधरीका चार्टड एकाउण्टेण्टसँगको बयानका आधारमा सो समुहले भ्याट छली गरेको स्वीकारेका थिए । तर अहिले सम्म न चौधरीलाई कारबाही सरकारले ग¥यो न उसको कम्पनीमाथी छानविन नै । तत्काल चार्टड एकाउण्टेण्ट महेश पन्तले आफ्नो बयानमा लिखित बयान दिंदै भनेका थिए, हामीबाट गल्ती भएको छ ।
तर यस्तो बयान दिएको लामो समय वित्यो तर अहिले सम्म के भयो सो मुद्दा बारे सरकारले सार्वजनिक गर्न समेत सकेन । ४० भन्दा बढी कम्पनी, चार हजार नेपालीलाई रोजगारी, १ सय ३० वर्ष पुरानो कम्पनी भएको दावि गर्ने चौधरी ग्रुपले यति कर सरकारलाई बुझाएँ भनेर किन भन्न सक्दैन ? के यही तबरबाट चौधरी ग्रुपलाई उन्मुक्ति दिदै जाने हो भने अन्य कम्पनीलाई पनि करमा कडाई गर्न सरकारको नैतिकताले दिन्छ ?
उद्योगपति चौधरीलाई भने सरकारले नै रातो कार्पेट विछ्याएर कर छलीमा सहयोग पु¥याउदै आएको आरोप लागी रहेको अबस्थामा अब बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकारले सो बारे कस्तो कारबाही गर्ला त्यो भने हेर्न बाँकी रहेको छ । भ्रष्टाचार र अनियमितता र तस्करी कार्यलाई पूर्ण रुपमा नियन्त्रण गर्ने गराउने भन्दै आएको रास्वपाको सरकारले कर छली गर्दै तोकिएको तौलभन्दा कम प्याकिङ गरेकोे वाईवाई चाउचाउका मालिकमाथी कारबाही गर्छ या रातो कार्पेट ओछ्याएर स्वागत गर्छ त्यो भने भविश्यका गर्ने काम कारबाहीबाट देखिन्छ ।