पीआईडीको ठेक्कामा कर्मचारीको चलखेल : ठेक्का रोक्न एडीवीले प्रधानमन्त्री र खानेपानी मन्त्रालयलाई पत्राचार

काठमाडौं । भ्रष्टहरुको कारण एशियाली विकास बैंकको ऋण अनुदानमा काठमाडौं उपत्यकाबासीकालागि स्वच्छ खानेपानीको व्यवस्थापन गर्ने पाँच वटा पाईप लाईनको ठेक्का अलपत्र परेका छन ।

काठमाडौं उपत्यका भित्र पेप्सीकोला, भक्तपुर, मध्यपुर ठिमी, जोरपाटी दक्षिणका जनताहरुकालागि पाइपलाईनको ठेक्कामा ठूलो भ्रष्टाचार भएको हो । पाँच वटा प्याकेजकोलागि १२ अर्ब रुपैयाँको ठेक्काकालागि भएको टेन्डरमा कर्मचारीहरको मिलिमतोमा १० प्रतिशत छुट दिने डकुमेन्ट ई–टेन्डर बीटमा पछि अपलोड गरेको भन्दै एशियाली विकास बैंकले अप्जेशन जनाएपछि ठेक्का अलपत्र पर्न गएको हो ।

उक्त ठेक्कामा खानेपानी आयोजनाका तत्कालिन आयोजना प्रमुख लक्ष्मीप्रसाद उपाध्यय, आयोजनाका उपआयोजना प्रमुख विकेश बान्छादे, सिडीई मधु तिमल्सिना, सिडीई श्याम न्यौपाने, सिडिई प्रभात श्रेष्ठ र केयुकेएलका आईटी इन्जिनियर बिक्रम आचार्यले आशिष निर्माण सेवा र सगुन कन्ट्रक्सनसंग करोडौ रुपैयाँ लिएर पिपिएमओसंग सेटिङ मिलाई ठेक्काको अन्तिम समयमा आशिष र सगुनलाई ठेक्का पर्ने गरि १० प्रतिशत छुट दिने पत्र अपलोड गरेका कारण ठेक्का अलपत्र हुन पुगेको हो ।

यसै सम्बन्धमा एशियाली विकास बैंकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र खानेपानी मन्त्रालयलाई समेत पत्रचार गरि उक्त ठेक्काहरु रोक्का राख्ने काम गरेको छ । एडिवीको अनुरोध अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरि रहेको समाचार स्रोतको दाबी छ ।

ठेक्कामा आप्mना मान्छेलाई ठेक्का पार्ने हिसावले आर्थिक अपचलन गर्ने तत्कालिन पीडि सहित अन्य अधिकारीहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने आवाज जनस्तरबाट उठ्न थालेको छ ।

लाखौ खर्च गरेर ठेक्का प्रकृया अगाडी बढाई सकेपछि निहित स्वार्थ राखी पिपिएमोको साईट समेत ह्याक गर्ने ठेकेदार कम्पनी र कर्मचारीहरुलाई हदै सम्मको कारबाहीको लागि जनस्तरबाट माग भएपनि कर्मचारी र ठेकेदारहरु सम्बन्धीत निकायहरुमा आर्थिक र राजनितिक प्रभाव पार्न कृयाशिल रहेका छन् । बदलिदो राजनीतिक परिस्थीतिका कारण अपराधिक कृयाकलापमा संलग्न अधिकारीहरुलाई हदै सम्मको कारबाहीका लागि पीडित पक्ष लागि परेको समाचर स्रोतको दाबी छ ।