पूर्वपति जीपी तिमल्सिनाद्वारा पीडित भएपछि उषाले भनिन्, ‘अब यो घरबाट तँलाई निकाल्ने हो’

काठमाडौँ । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको पारिवारिक विवाद पुनः बाहिर आएको छ। मंगलबार खड्गीले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रृंखलाबद्ध स्टाटसहरू लेख्दै पूर्वपति जीपी तिमल्सिनाले आफूलाई मानसिक यातना दिएको आरोप लगाएकी छन्।

सम्बन्धविच्छेद भएको दुई वर्षपछि पुनः अन्यायमा परेको भन्दै उषाले प्रहरी प्रशासन र नयाँ सरकारसँग न्यायको याचना गरेकी छिन्। आफू एकल आमा भएकोमा गर्व गर्दै उनले पूर्वपतिले आफ्नो जीवनमा अनावश्यक हस्तक्षेप र गालीगलौज गरेको बताएकी छिन् ।

घरमा आफ्नो पनि हक लाग्ने दाबी गर्दै खड्गीले तिमल्सिनाले आफूलाई बारम्बार घर छोडेर जान दबाब दिँदै यातना दिने गरेको उल्लेख गरेकी छन्। ‘अब यो घरबाट म निस्कने होइन, तँलाई निकाल्ने हो । ग् कतबचतभम क्ष् धष्िि भलम ष्त,’ उनले लेखेकी छन् ।

दोस्रो विवाहपश्चात् सोही घरमा बस्दै आएका तिमल्सिनाले आफ्ना छोराछोरीको अगाडि आफूलाई जथाभावी बोल्ने गरेको उषाको आरोप छ । माइती पक्षका सदस्य वा साथीभाइ भेट्न आउँदा पनि तिमल्सिनाले अभद्र व्यवहार गर्ने गरेको उनले गुनासो गरेकी छन् ।

उषा र तिमल्सिनाबिच २०७९ जेठ २६ गते काठमाडौँ जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेद भएको ६ महिना नबित्दै र अंशबण्डाको पूर्ण टुंगो नलाग्दै तिमल्सिनाले २०७९ मंसिर १९ मा सविना अधिकारीसँग दोस्रो विवाह गरेका थिए ।