देउवा पक्षद्वारा निर्वाचन आयोग घेर्न तरुण दल परिचालन : आफ्नो पक्षमा निर्णय गराउन आयोगलाई दबाब

काठमाडौँ । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षधरले विहानदेखिनै निर्वाचान आयोग धेर्न तरुण दललाई परिचालन गरेको बताइएको छ । तरुण दलका केही युवाहरुले आयोग परिसरमा भेलाभएपछि देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा पुगेको बताइएको छ ।

शुक्रबार बिहानै तरुण दलका युवालाई आयोगमा परिचालन गरेपछि देउवा पक्षका नेताहरू कान्तिपथस्थित आयोगको कार्यालय पुगेको बताइएको छ । नेताहरू विमलेन्द्र, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेत लगायत आयोग कार्यालय गएको जनाइएको छ ।

गगन–विश्व समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेसमा आधिकारिकता विवाद झन चर्किदै गएको छ । गगन पक्षले बिहीबार आधिकारिकता माग्दै आयोगमा निवेदन दिएको छ भने यसले आयोग एउटा निर्णयमा पुग्नु पर्ने दबाबमा छ । देउवा पक्षले आफ्नो पक्षमा निर्णय गराउन दबाब दिने उद्देश्यले आयोगमा आफ्ना नेता कार्यकर्ता पठाएको बुझिएको छ ।