चटके उम्मेदबारबाट जनताले के आशा राख्ने ?

रोशन कार्की

जेन जी पुस्ताको आन्दोलनको बलबाट गठन भएको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने अन्तिम तयारी गरि रहेको छ । सरकारको निर्देशनमा निर्वाचन आयोगले उम्मेदबारी दर्तादेखि चुनाब चिन्ह समेत प्रदान गरेपछि अहिले सवै दलका उम्मेदबारहरु गाँउ छिरेका छन् । आ–आफ्नो स्वार्थ पुरा गर्न जनमत लिनकै लागि रचिएको निर्वाचनमा प्रायःसवै दल र स्वतन्त्र उम्मेदबारहरु मैदानमा उत्रेका छन । यसै परिवेशमा दलका नेता तथा उम्मेदबारहरुले गर्ने कृयाकलापले समेत अहिले अधिकाशंको ध्यान खिचेको छ ।

जुन कोहीको हेर्दा नै लाजलाग्दो छ भने कोही नौटकि र चटक गरेर मतदाताहरुलाई प्रभाब पर्ने रणनीति समेत देखिएको छ । चुनावमा मतदातालाई प्रभावित पार्न उम्मेदबारहरु गोठमा पुगेर गाईभैसी दुहुनेदेखि खेतमा पुगेर सघाई लगायत कोही देखाउनकै लागि भारी समेत बोकी चटक देखाएका छन् । आफूलाई भाइरल बनाएर मतदाताको ध्यान खिच्न प्रयोग भएका यस्ता नौटकी र चटक अहिले अधिकाशं उम्मेदवारहरुको शैली भने नयाँ होइन । पछिल्लो समयमा लोकप्रिय बनेको सामाजिक सञ्जालको प्रभाव बढ्दै गएसंगै चुनाबमा उम्मेदबारी दिएकाहरुले समेत सोही सञ्जाललाई प्रयोग गरि गरेको चटकबाट मतदाताहरुले भने मनोरञ्जन लिएको पाइएको छ । चुनावी तिथि नजिकिँदै जाँदा ध्यान खिच्न ‘एटेनबाजी’ गर्नेहरुबाटै उम्मेदवारलाई विवादास्पद समेत बनाउदै आएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका केही दृश्यहरूले अहिलेको चुनावी प्रचार कति हदसम्म पुग्ने हो भन्ने बारेमा समेत चिन्ता बढ्दै गएको छ । टेलिभिजन कार्यक्रम चलाउँदा चलाउदै निर्वाचनमा उम्मेदबार बनेका प्राईम टेलिभिजनका मालिक÷पत्रकार ऋषि धमलाको नौटकी र चटकले अरु चटककारलाई समेत पछाडि पारेका छन् भने धमलाको चटक र नौटकी देखेपछि अधिकाशं मतदाताहरुले मनोरञ्जन समेत लिएका छन् । नेपाली काँग्रेसको कोटाबाट लाभ लिएका धमलाले आफ्नो स्टनबाजीकालागि काँग्रेसलाई लात हान्दै आम जनता पार्टीबाट रौटहटको ४ नम्बर क्षेत्रमा उम्मेदबार बनेका छन् ।

लेखक : रोशन कार्की
            लेखक : रोशन कार्की

उम्मेदवारी दर्ता गरेसँगै उनी अहिले प्रचार प्रसारमा लागेका छन् । अघिपछि युटुवर र प्राईम टेलिभिजनका श्रमजीवि पत्रकारलाई लिएर चटक र नौटकी समेत फिल्म सुटिङ गरे झै गर्न लगाएर सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने गराउने कार्य धमलाले गर्दै आएका छन । जुन कार्यबाट धमला हास्यको पत्र समेत बनेका छन् । हाल भाइरल भइरहेका भिडियोहरूमा धमलालाई विभिन्न अवतारमा देखिएको छट । कतै साइकल चलाउँदै, कतै जिलेबी पकाउन त कतै आराले काठ काट्दै र कतै रुदै अगालो मारेर भोट मागेको दृश्यबाट उनले चटक देखाउदै आएको पाइएको छ ।

उनले गरेका त्यस्ता कृयाकलापहरुका दृश्य समेत असहज लागेको छ । समर्थकहरू यसलाई ‘जनतासँग घुलमिल हुने प्रयास’ भन्छन् भने आलोचकहरू ‘भोटका लागि देखावटी अभिनय’को संज्ञा दिएका छन् । यस्तै चटक अर्का उम्मेदबारले समेत देखाएका छन । गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रि स्वतन्त्र पार्टीका उम्मेदवार बनेका सुदन गुरुङ नामक विवादीत व्यक्तीको भिडियो पनि अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोमा कोही कसैको भारी बोकेर हिडेको देखाइएको छ । बारवरा फाउन्डेसनको खर्चमा अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले गुरुङलाई जेठो छोरो समेत भएको घोषण गरेपछि देश बनाउने भन्दै रास्वपाबाट उम्मेदबार बनेका छन् ।

जेन जी को नाममा मौकामा चौका हान्न सिपालु गुरुङको सो दृश्यलाई कतिपयले ढोगीको रुपमा चित्रण गरेका छन् । उता गुल्मीमा रास्वपाबाट उम्मेदवार बनेका सागर ढकालले समेत भोट माग्ने क्रममा मैले भारत, चीन, अमेरिकाजस्ता देश बनाए अब आफ्नै गुल्मीलाई बनाउन आएको भन्दै मतदातालाई भ्रम पार्दै प्रचार गर्दै आएका छन् । आफुलाई नयाँ पार्टी भन्नेहरुको चटक र नौटकी यस पटकको निर्वाचनमा बढी देखिएको छ ।

उनीहरुसंग न कुनै एजेन्डा न कुनै घोषणा र प्रतिबद्धता पत्र केही नभएपछि यस्तै चटक देखाउदै मतदातासंग मत माग्नु समाज र देशकालागि कति हानी पुग्ने हो भन्ने बारे समेत अहिले चर्चाको विषय बनेको छ । त्यसको लागि स्पष्ट विचार, उद्देश्य, लक्ष्य सबै चाहिन्छ । विशेष गरी कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टीका उमेदवारमा भने यस्ता प्रचारमा कम देखिएका छन् । मतदाताले चटक पत्याउँछन् कि विचार त्यसका लागि भने फागुन २१ गते पछि मात्र खुलासा हुने छ । जय होस ।