बालेन्द्रको श्रीमतीलाई सादा पोशाकका प्रहरीद्वारा सुरक्षा
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा गृह मन्त्रालयले नेताहरूको सुरक्षा थ्रेटलाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गर्ने गराउने परिपाटी भएपनि भोट माग्दै हिड्नेलाई प्रहरी सुरक्षा दिएपछि अहिले चौतर्फ बहस सुरु भएको छ ।
सामान्य रूपमा यो कदम स्वाभाविक भए पनि झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चुनाब चिन्ह लिएर उम्मेदवार रहेका काठमाडौं महानगरपालिकाको पुर्वप्रमुख बालेन्द्र साहकी श्रीमती सविना काफ्लेलाई सादा पोशाकमा सुरक्षाकर्मी खटाएपछि अहिले सोही करण प्रहरी प्रशासन विवादमा समेत फस्न पुगेको छ । साहकी श्रीमती सविना गत सातादेखि घरदैलो अभियानमामा रहेकी छिन् ।
बर्दीमा खटाउँदा प्रश्न उठ्ने देखेर प्रहरी प्रशासनले प्रहरीलाई सादा पोशाकमा खटाएको समेत बताइन्छ । दमक नगरपालिका–९ पुगेकी सविनासँग जम्बो टोली साथमा रहेको थियो। उपस्थित धेरैले टोलीमा रास्वपाका नेता तथा कार्यकर्ता रहेको अनुमान गरेपनि पाँच जना सादा पोशाकका प्रहरी रहेको दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकालागि पहिले नै टोली परिचालन गरिएको थियो भने सविनाको भेटघाटमा कुनै समस्या नहोस् भनेर चार–पाँच जनाको सुरक्षाकर्मी टोली खटाएका बताएका छन ।
सो कार्य सुरक्षा उद्देश्य बाहेक अरु केही नभएको समेत उनले बताएका छन । यसरी सुरक्षाको कारण देखाउदै सादा पोशाकमा सुरक्षाकर्मी उम्मेदवारको श्रीमतिलाई खटाउदै जाने हो भने सो माग बढ्दै जादा सुरक्षा प्रणालीमै असर गर्ने पुग्ने सुरक्षाबीद्हरुले बताएका छन् । एउटालाई दिएपछि अन्य उम्मेदबारको परिवारलाई किन नदिने भन्ने प्रश्न आउने भएकाले सो कार्य न्ययोचीत नभएको समेत विज्ञहरुले बताएका छन ।


