सिन्धुको चुनावी सरगर्मी उत्सर्गमा : त्रीपक्षीय टक्कर, लोकतान्त्रिक उम्मेदवार बलिया !!!
–कौडिन्य मित्र
यस आलेखको प्रारम्भ लोकतन्त्र प्राप्तीको दर्वियानमा शहिद हुनुभएका दिलबहादुर दनुवार, मित्रबहादुर दनुवार, कृष्णप्रसाद सापकोटा, नेत्रबहादुर दंगाल लगायत सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । जन्मे हुर्के, बढेसंगै जीवनका पाँच दशकभन्दा बढी समय मैले पार्टी र पत्रकारितालाई तथा पार्टी र पत्रकारिताले त्यतिनै समय मलाई दिएको भुगोल भन्दा केही पर बसेर ‘सिन्धुको चुनावी समिक्षा’ लेख्दै गर्दा म आफै पनी भावुक भएको छु ।
मैले पार्टी, पत्रकारिता र सिन्धुको भूगोललाई केही दिन नसके पनि उक्त भूगोलले नेपाली काँग्रेस महासमिति सदस्य, तरुण दलको केन्द्रीय सदस्यसंगै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोको सभापति दिएर मलाई ‘सुदर्शन आचार्य’ भन्ने नाम दियो । सोही कारण सिन्धुको माटोलाई मुठ्ठीमा लिएर शिर झुकाएर उक्त ‘माटो’ प्रति उच्च सम्मान गर्दै ‘नमन्’ गर्न चाहन्छु । जन्ती मलामीको सम्बन्ध बाहेक मेरो बाँकी कर्मक्षेत्र आजका मितिमा काठमाडौं क्षेत्र नम्बर ४ रहेकाले ‘सिन्धु प्रति हिजो, आज र भोली’ एकनासको सम्मान निरन्तर रहने नै छ । जिल्लानै छाडेर किन बाहिरिनु प¥यो भन्ने बारे भविश्यमा प्रकाशित ‘स्मरणका पानाहरु’ मा उल्लेख गर्ने नै छु ।
प्रशंंग, सिन्धुको आसन्न चुनाव केन्द्रीत गरौं, आसन्न निर्वाचनका सन्दर्भमा सिन्धुमा मुलतः नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीचनै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेत, एमालेका नेता अमृतकुमार बोहरा र तत्कालिन माओबादीका केन्द्रीय नेता अग्नीप्रसाद सापकोटा हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्सेर राणा चुनावी मैदानमा रहँदै गर्दा व्यक्तित्वको टकरावका बीच ‘हेवी वेट’ चुनावी मैदानमा भनेर चुनावी प्रतिस्पर्धा हुन्थ्यो, भने समाचार र समिक्षा पनि सोही अनुसार हुने गर्दथ्यो । आज सिन्धुमा ‘हेवी वेट’ भनेर चिनिएका व्यक्तीत्वहरु बस्नेत, बोहरा, सापकोटा र राणा कोही पनि चुनावी मैदानमा छैनन् ।
तसर्थ, चुनावी मैदानमा रहेका नेताहरु जंगबहादुर लामा, सरेश नेपाल, माधब सापकोटा, बंशलाल तामाङ, शेरबहादुर तामाङ, युवराज दुलाल बीच उनीहरुले निर्वाचनमा प्रस्तुत गर्ने एजेण्डाकै आधारमा जनताले आप्mनो संसदमा पठाउने प्रतिनिधि छान्ने स्थीती छ । यसैक्रममा, सिन्धुको क्षेत्र नम्बर १ का बारेमा समिक्षा गरांै । सिन्धुपाल्चोक जिल्लामा कुल २ लाख ७४ हजार ९९८ मतदाता रहेका छन । यसमध्ये क्षेत्र नम्बर १ मा कुल १ लाख ३६ हजार ९८५ मतदाता छन ।
यस क्षेत्रमा त्रिपुरासुन्दरी, भोटेकोशी, लिसंखुपाखर, बाह्रविसे, जुगल, बलेफी, सुनकोशी र जिल्ला सदरमुकाम चौतारा–साँगाचोकगढी नगरपालिकाको २, ३, ४, ९ र १० वडा पर्दछन् । ८३ मतदान स्थल र १७२ मतदान केन्द्र रहेको क्षेत्र नम्बर १ मा प्रभावशाली उम्मेदबारका रुपमा भने जंगबहादुर लामा, माधब सापकोटा, र सरेश नेपाललाई लिइन्छ । त्यसो त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरतप्रसाद पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राममणी न्यौपाने पनि चुनावी मैदानमा छन् । पराजुली र न्यौपानेको उम्मेदबारीले भने काँग्रेस–एमाले र नेकपाका उम्मेदवारलाई झस्काउने बाहेक निर्वाचन परिणामनै परिवर्तन गरिहाल्न सक्ने अबस्था उनीहरुको छैन ।
मुख्य प्रतिस्पर्धा काँग्रेसका लामा, नेकपाका सापकोटा र एमालेका नेपाल बीचनै हो । काँग्रेस नेता मोहनबहादुर बस्नेत चुनावी मैदानमा क्षेत्र नम्बर २ बाहेक क्षेत्र नम्बर १ को उम्मेदबार जंगबहादुरलाई जिताउन ओर्ली नसकेकाले त्यस्को राजनीतिक फाईदा उठाउने रणनीतिमा एमालेका नेपाल र नेकपाका सापकोटा लागेका छन् । तर, चुनाबी मैदानमा अन्त्यसम्ममा नओर्लीएर आफ्नै राजनीति पनि दाउमा लगाईहाल्लान बस्नेतले भन्ने अनुमान काँग्रेसहरुको छैन ।
किनकी, एकातिर जंगबहादुर लामा हिजो काँग्रेस नेता बस्नेतले नै जिल्ला सभापतिमा अगाडी सारेका व्यक्ती हुन भने, अर्कोतिर हिजो उनीसंगै ‘काँग्रेसमा दत्तचित्त भएर लागेका व्यक्ती समेत हुन । जो हराउन लाग्छ, त्यस्ले कहिल्यै निर्वाचन जित्दैन भन्ने बस्नेतकै भिडियो अहिले बजारभरि सार्वजनिक भएको छ । तसर्थ, आफ्नै उम्मेदवार जंगबहादुरलाई सकेसम्म गलाउने, केन्द्रीय नेताको अधिकतम फोन कुर्ने बाहेक जिल्लाको राजनीतिमा व्यक्तीगत नै दुष्मनीमै देखिएका ‘माधब सापकोटा’ ले नै जित्ने स्थिती बस्नेतले देखे भने उम्मेदवार ‘जंगबहादुर लामाभन्दा ज्यादा भोलीको भविश्यकालागी पनि बस्नेतलाई काँग्रेसको चुनाव लाग्ने निश्चित नै देखिन्छ ।
त्यसको अलवा क्षेत्र नम्बर १ का काँग्रेसका स्थापीत नेताहरु भोला बोहरा, भुपेन्द्र बहादुर थापा, विष्णुबहादुर खत्री, हरिशरण श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, हाउडे दोर्जे, श्रवण जीसी, भक्तध्वज बोहरा, लिला नेपाल, बालकृष्ण बस्नेत, पासाङ नोर्बु शेर्पा, मसिना खड्का, आङदोर्जे शेर्पा, डाक्टर प्रेमध्वज लामा, कृष्णप्रसाद न्यौपाने, बलदेव तिमल्सिना, बद्री बस्नेत, मञ्जु नेपाल भण्डारी, केदार क्षेत्री, गीता कुमारी नेपाल, टे«ड युनियनकर्मी बलदेव तामाङ, तरुणदल केन्द्रिय सदस्य निरोज भण्डारी, पार्टीका महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, विभिन्न तहको जिल्ला, क्षेत्र, प्रदेश, नगर, स्थानीय तहमा कृयाशिल दर्जनौं नेताहरुको राजनीति भविश्य जोडिएको समेत क्षेत्र भएकाले आफ्नो पार्टीको उम्मेदबारलाई सडकमै छाडेर घरमै आराम यी नेताहरुले गर्लान भनेर अनुमान सम्म पनि लगाउन सकिन्न ।
अर्कोतर्फ, काँग्रेसको पकड भएको यो क्षेत्रका ५४ वटा वडा मध्ये ३३ वटा वडा र ३ पालिकामा प्रमुख–उपप्रमुख सहित जित निकाल्न सफल क्षेत्र नम्बर १ नेपाली काँग्रेसको बलियो प्रभाव रहेको क्षेत्रका रुपमा लिइन्छ । नेपाली काँग्रेस र तत्कालिन माओबादी केन्द्र बीच गठबन्धन भएकैले २०७९ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट नेकपाका माधब सापकोटा र क्षेत्र नम्बर २ बाट काँग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका थिए ।
स्थानीय तहको निर्वाचन परिणामलाई आधार मान्दा एमाले र नेकपा बीच लगभग बराबरीको स्थीती देखिन्छ । हिजो ‘माओबादी’ बताएर जनताबीच मत मागेका तत्कालिन माओबादी केन्द्रका उम्मेदबारले ‘माओबादी विचार’ नै त्यागेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गरेकाले हिजो निर्वाचनका समय स्थानीय स्तरमा व्यक्त गरेका तर, पुरा गर्न नसकेका प्रतिबद्धताका अलावा पार्टीले ‘विचार’ किन छाडेको भन्ने सम्मको जवाफ जनतालाई दिनै पर्ने हुन्छ ।
त्यसको अलवा अझै स्थायी बसोबासको व्यवस्थापन नै नभएको जुरे पहिरो पीडितदेखि बाह्रविसे तातोपानी सडकखण्ड र व्यवस्थीत हुन नसकेको तातोपानी व्यापारका बारे पनि हिजोका निर्वाचित जनप्रतिनिधि माथी प्रश्न त उठ्छनै । उता आफुभित्रै प्रश्नबाट एमाले नेता सरेश नेपाल पनि उम्कने ठाँउ छैन । बाह्रविसे नगरपालिकाका मेयर भईसकेका निमफुञ्जो शेर्पाको एमालेबाट भएको बहिर्गमनको विषय त उठ्छनै, स्वयमः नेता नेपालले टिकट पाउनु पुर्व एमालेकै नेताद्वय होमनारायण श्रेष्ठ र आङदोर्जे शेर्पाले पाएको टिकट खोसिदाको जवाफ पनि नेता नेपालले देलान्नै, तर होमनारायण र आङदोर्जे शेर्पा समर्थकहरुमा आएको निराशालाई भने चिर्न कति सक्लान ? त्यो भविश्यले नै बताउला ।
अर्कोतर्फ राजनीतिक व्यक्तित्वमा हुनु पर्ने धैर्यता भन्दा पनि उत्तिखेरै चोटिलो शैलीमा जवाफ दिइहाल्नु पर्ने शैली र संस्कारले पनि नेता नेपाललाई फाईदा नपुगेको एमालेकै नेता–कार्यकर्ताहरुले टिप्पणी गरेका छन् । यसरी हेर्दा त्रिपक्षिय रोचक प्रतिस्पर्धाबीच ‘जेन जी विद्रोह’ पश्चात काँग्रेस पार्टीलाई नै रुपान्तरण गरेर अगाडी बढेको उक्त पार्टीका सभापति गगनकुमार थापालाई प्रधानमन्त्री बनाउनकालागि पनि जंगबहादुरले जित्नै पर्ने बुझाई क्षेत्र नम्बर १ का काँग्रेस नेता तथा कार्यकर्ताको रहेकाले जंगबहादुरको विजय लगभग निश्चित देखिन्छ ।
अब क्षेत्र नम्बर २ को चर्चा गरौं । सिन्धुको क्षेत्र नम्बर २ का तमाम नेता कार्यकर्ताले काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई विजय गराएको क्षेत्र हो । क्षेत्र नम्बर २ मा यतिबेला काँग्रेसबाट युवानेता बंशलाल तामाङ चुनाबी मैदानमा रहेका छन् । उनी हिजो इन्द्रावती गाउँपालिकाको अध्यक्ष भएर ‘विकासको नमुना’ प्रस्तुत गरिसकेका व्यक्ती हुन । संगै, विश्वभरका नागरिकको आकर्षणको केन्द्र मानिने अमेरिका जस्तो मुलुकमा बसेर ‘डेमोक्रेसी र डेभलप्मेन्ट’ सम्बन्धी गहिरो ज्ञान हासिल गरि त्यसको कार्यन्वयनकालागि अमेरिकाको ‘सुख र सयल’ परित्याग गरी नेपाल फर्किएका युवा नेता हुन । क्षेत्र नम्बर २ कै प्रत्याशीहरुमा एमालेबाट शेरबहादुर तामाङ र नेकपाबाट निवर्तमान प्रदेश सभा सदस्य युवराज दुलाल चुनाबी मैदानमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट झलककुमार श्रेष्ठ र राप्रपाबाट लगभग जेन जी उमेर समुहका इन्जिनियर गोपीकृष्ण चौलागाई चुनाबी मैदानमा रहेका छन । मतदाताबीच रास्वपा र राप्रपाका उम्मेदबारलाई ‘हेभी वेट’ उमेदबारका रुपमा लिईएको छैन । उनीहरुले चुनाब नजिकिदै जाँदा आफुलाई कसरी प्रस्तुत गर्दछन त्यसमा चुनाबी जोडघटाउको आँकलन गर्न सकिन्छ । तर, चुनावी प्रतिस्पर्धा भने काँग्रेसका बंशलाल तामाङ, एमालेका शेरबहादुर तामाङ र नेकपाका युवराज दुलालबीच नै हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्सेर राणालाई पराजीत गर्र्दै साँसद समेत बनेका एमाले नेता शेरबहादुर तामाङ एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन । कानुनमन्त्री बन्दा विवादास्पद अभिव्यक्ती दिएकै कारण मन्त्रीबाट राजीनामा समेत दिनु परेका तामाङ मन्त्री, संविधान सभा सदस्य, गुम्वा विकास समितिको सदस्य सचिब जस्ता ठाउँमा अबसर पाएका व्यक्ती हुन । तर, पार्टी र सरकार तथा अन्य ठाउँको नियुक्तीमा जतिनै अबसर पाएपनि सिन्धुलाई विकासका सन्र्दभमा कमै योगदान दिने नेताको सूचीमा उनी पर्दछन ।
एमालेकै एउटा पंक्तिले शेरबहादुरको तुलनामा डा.राजन भट्टराईलाई ‘सिन्धु २’ मा लैजादा फरक अनुहार पनि हुने भएकाले जिताउन सजिलो हुने राय दिइएको तर, पार्टी अध्यक्षले डा. भट्टराईलाई सिन्धुपाल्चोक लैजाने विषयमा कुरै सुन्न नचाहेको बताईन्छ । विषय जे भएपनि सुवाश कर्मचार्य, डा. राजन भट्टराई वा एमाले अध्यक्ष ओली नै बरु सिन्धु २ मा निर्वाचन लड्न उपयुक्त हुने तर्क टिकट वितरण अघि एमाले पंक्तिको थियो । तर सिन्धु २ मा शेरबहादुर नै प्रतिस्पर्धी बन्न गए ।
उता काँग्रेस, एमालेको चुनावी प्रतिस्पर्धाबाट राजनीति फाईदा लिने रणनीतिमा पुर्वमाओबादी नेता युवराज दुलाल देखिन्छन । काँग्रेस नेता मोहन बस्नेत र पुर्वमाओबादी नेता युवराज दुलालको जोडी हिजो हेलम्बुमा बाढीका समय राहत, उद्धार र पुल निर्माणमा संगै खटिएको राजनीतिक फाईदा लिई छाड्ने दाउ दुलालको देखिन्छ । त्यसो त प्रदेश सभाको सदस्य पद बीचमै छोडेर संघमा लड्न पुगेका दुलाललाई प्रदेश सभाको सदस्य छाड्नु पर्दाको कारणको प्रश्नले घेरा हाल्ने निश्चित नै छ ।
अर्कोतर्फ हिजोका मितिमा माओबादी द्वन्द्वमा ज्यान गुमाउन पुगेका माओबादी नेता कार्यकर्ताका परिवारलाई ‘माओबादी विचार र माओबादी’ भन्ने पार्टीको नामनै नरहेको पिडाको जवाफको पनि मतदातालाई चित्त बुझाउने स्थीति दुलालको नरहन सक्दछ । दुलालले छाडेको प्रदेश सभाको पुनः निर्वाचन गर्दा राज्यको हुने खर्चिलो व्ययभारको विषयत छदै छ । यि र यस्ता विषयको जवाफ सहित काँग्रेस र एमाले बीच क्षेत्र नम्बर २ मा हुने कडा प्रतिस्पर्धाका बीचबाट जीत निकाल्नु दुलालको लागि फलामको चिउरा देखिन्छ ।
समग्रमा, काँग्रेस सभापति गगनकुमार थापासंगै ‘वैधानिक विद्रोह’ मा भाग लिएर विशेष महाधिबेशन सम्पन्न गरि ‘बदल्यौं काँग्रेस, बदल्छौं देश’ भन्ने नाराका साथ निर्वाचनमा होमिएका ‘बंशलाल’लाई पनि हार्ने छुट छैन । उता पटकपटक संसदको निर्वाचन लडेर पारंगत भएका शेरबहादृुर तामाङ र युवराज दुलाललाई पनि सामान्य उमेदबार हुन भनेर आँकलन गरि हाल्ने स्थीती छैन । तसर्थ, काँग्रेस उम्मेदबार ‘बंशलाल’ का लागि यो निर्वाचन उनको राजनीतिक ‘करिअर’ कै चुनौतीपुर्ण रहेको निश्चित नै हो ।

0000 जो हराउन लाग्छ, त्यस्ले कहिल्यै निर्वाचन जित्दैन भन्ने बस्नेतकै भिडियो अहिले बजारभरि सार्वजनिक भएको छ । तसर्थ, आफ्नै उम्मेदवार जंगबहादुरलाई सकेसम्म गलाउने, केन्द्रीय नेताको अधिकतम फोन कुर्ने बाहेक जिल्लाको राजनीतिमा व्यक्तीगत नै दुष्मनीमै देखिएका ‘माधब सापकोटा’ ले नै जित्ने स्थिती बस्नेतले देखे भने उम्मेदवार ‘जंगबहादुर लामाभन्दा ज्यादा भोलीको भविश्यकालागी पनि बस्नेतलाई काँग्रेसको चुनाव लाग्ने निश्चित नै देखिन्छ ।000000
सिन्धु २ बाटै विजयी निकाल्न सक्दा मात्र भोली ‘गगन सरकार’ का लागि सिटका हिसावले पनि सहज हुने छ । ‘मल्टि पार्टी सिस्टम’ मा उम्मेदबार मात्र सर्वेसर्वा होइनन् र हुदैनन पनि । जसरी एमाले र नेकपाका उम्मेदबार जिताउन उक्त पार्टीका नेताबीच देखिएको तिक्ततालाई थाती राखेर सिंगो पार्टीपंक्ती निर्वाचनमा होमिएको छ । त्यसैगरी, क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्य शिवबहादुर सुनार, पुर्वकेन्द्रीय सदस्य विष्णुविक्रम थापा, पुराना नेता राजेन्द्रमान ताल्चाभँडेल, जिल्ला उपसभापति टंक कार्की, जिल्ला सचिब रमेश भण्डारी, क्षेत्रिय सभापति आइतमान तामाङ, हेलम्बु पालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा, नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष तारानाथ दाहाल, प्रदेश सभापतिहरु केशबराज गिरी र जीतबहादुर तामाङ, पुर्व प्रदेशमन्त्री निमा लामा, हालका प्रदेशमन्त्री कृष्णकुमार तामाङ, नेबिसंघ केन्द्रिय सदस्य राजकुमार भट्टराई, त्यसका अलवा पार्टीका हेलम्बु सभापति राजकुमार भण्डारी, पाँचपोखरी सभापति प्रेम दोङ, चौतारा सभापति इन्द्रलोचन धिताल, इन्द्रावती सभापति जीवनकुमार थापामगर, पार्टीका महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि लगायत भातृ एवम् शुभेच्छुक संघसंस्थाका प्रतिनिधि आदिको भुमीका पनि उम्मेदबारलाई विजय गराउन महत्वपुर्ण हुन्छ ।
त्यस्तै, नेपाल पत्रकार महासंघका पुर्वसभापतिहरु सूर्यप्रसाद न्यौपाने, युवराज पुरी, महेश श्रेष्ठ, हालका सभापति धुर्व दंगाल, प्रेस युनियनका अध्यक्ष किशोर बुढाथोकीको भुमीका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सिन्धु काँग्रेसका दुवै उम्मेदबारलाई विजय गराउन महत्वपुर्ण भुमीका हाल अमेरिकामा रहनुभएका नेपाली काँग्रेसका नेताद्वय कान्छा लामा र विनोद मोक्तान तथा जर्मनीमा रहेका एनआरएनएका नेता विजय मोक्तान सम्मको भुमीकाले अत्यन्तै महत्व राख्दछ ।
‘अबकी वार, गगन सरकार’ भन्ने नारालाई सार्थक बनाउन पनि विशेष महाधिबेशनको मैदान भृकुटीमण्डपमा जोडदार रुपमा लागेका काँग्रेस सभापति गगन निकट रहेका बंशलाल तामाङ र जंगबहादुर लामा प्रत्याशी रहेको सिन्धुको निर्वाचनलाई काँग्रेस बृत्तमा निकै अर्थपुर्णरुपमा लिइएको छ । संगै दुवै निर्वाचन क्षेत्र जित निकाल्न काँग्रेस पंक्तिको एउटै आवाज त छदै छ, निर्वाचन नजिकिदै गर्दा निर्वाचनलाई उचाई दिएर जनताका मुद्दामा आफुलाई समाहित गराउन उमेदबारद्वय जंगबहादुर र बंशलाल गाउँबस्ती पुगी पनि सकेका छन् । निर्वाचनमा भने उनीहरु अर्थात ‘जंग–बंश’ को एजेण्डा स्थानीय आबश्यकतामा तय हुने बताइएको छ । निर्वाचन हो, जहाँ पहिलो कुरा त जनताको मन जितेर मात्र मत प्राप्त गरिने हो ।
सिंगो विश्व प्रजातान्त्रिक धारमा दौडिरहेको समय नेपालमा सम्पन्न हुन गईरहेको निर्वाचनको राजनीतिक ‘बेनिफिट’ स्वभावैले काँग्रेस र उसका उम्मेदबारले लिन सक्ने निश्चित नै छ । त्यो माथी स्थानीय विकासका मुद्दामा भिजेका ‘जंगबहादुर’ र विकासको मोडलबारे अमेरिकासम्मको ‘मोडल’ देखेका बंशलालका लागि आसन्न निर्वाचन बामपन्थी तथा दक्षिणपन्थी संगै ‘स्टन्ट’ को राजीनितिमा रमाउने दलहरुकालागि भन्दा सहज हुने अनुमान विष्लेषकहरुको रहेको छ । (लेखक काँग्रेसका पुर्व महासमिति सदस्य हुन)


