कांग्रेसको केन्द्रीय प्रचार समितिमा पत्रकार महासंघका पूर्वअध्यक्षसहित चार जना मनोनीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले गठन गरेको देवराज चालिसे संयोजकत्वको केन्द्रीय प्रचार समितिमा सदस्यहरु मनोनीत भएका छन् ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल सहित ४ जनालाई मनोनीत गरेको काँग्रेसले जनाएको छ । भने सो समितिको अँन्य सदस्यमा विसुकुमार केसी, सुदर्शन आचार्य र केशव पाठक समेत रहेका छन् ।

काठमाडौ क्षेत्र नं ४ मा बसोबास गर्ने केसी, आचार्य तथा पाठक लामो समयदेखि लेखन कार्यक्रमा सक्रिय रहदै आएका छन् । बुढानीलकण्ठ ११ निवासी विसुकुमार केसी पूर्व प्रशासकका साथै नेपाली लेखक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।

भने बुढानीलकण्ठ २ निवासी सुदर्शन आचार्य प्रेस काउन्सिलका पूर्व सदस्य र तथा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका पुर्वसभापति समेत हुन । आचार्य विभिन्न सञ्चार माध्यममा राजनीति सहित सुशासन सम्बन्धी विश्लेषणात्मक स्तम्भ लेख्दै आएका छन् ।

बुढानीलकण्ठ १ निवासी केशव पाठक लेखन तथा पत्रकारितामा सक्रिय रहेको बताइएको छ । समिति सदस्यमा उदयपुरकी गीता फुयालmाई समेत मनोनीत गरिएको काँग्रेसले जनाएको छ ।