मालपानीको नक्कली दुई नागरिकता र बालेन्द्र साहको सरकार !!!
-रोशन कार्की
भ्रष्टाचार, अनियमितता, तस्करीलगायत कार्यलाई समाप्त पार्ने र देश विधि र कानुन अनुसार चलाउने नारा दिई निर्वाचनमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीले देशमा एकल सरकार गठन गर्ने अन्तिम चरणमा पुगेको छ । एकातर्फ आकर्षक नारा दिएको छ भने अर्कोतर्फ सोही दलमा विभिन्न दलबाट अबसर लिएर विभिन्न मुद्दा मामिलामा परेका व्यक्तीहरु अहिले साँसद बनेर आएका छन् ।
उता ’भ्रष्टाचार, अनियमितता, तस्करीको अन्त्यको हुँकार गरेको रास्वपाले आफ्नै साँसदहरु विभिन्न मुद्दामा मुछिएका, दोषी ठहर भएकालगाय नक्कली नागरिकतादेखि अबैधधन्दा गर्दै अकुत कमाएका गैरनेपाली व्यापारीमाथी रास्वपा सरकारले अब कस्तो नीति अलम्बन गर्ला भन्ने विषय पेचिलो बन्दै गएको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचन अघि झापाको चुनावी मैदानमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह चढ्ने कालो रङको ल्यान्डरोभर गाडी (बागमती प्रदेश ०१ ०३३ च ४३४३) केवल यातायातको साधन मात्र नभई, नेपालको संसदीय राजनीतिमा ठूलो तरङ ल्यायो ।
रुपन्देहीका विवादास्पद उद्योगपति कमलकिशोर मालपानीको स्वामित्वमा रहेको सो गाडीको प्रयोगले बालेन्द्र साहमाथी नै अनेक प्रश्नचिन्ह लाग्यो । तर त्यसको उत्तर अहिलेसम्म बालेन्द्र साहले दिएका छैनन । अबैध गुट्खा किङका रूपमा चिनिने कमलकिशोर मालपानीले बालेन साहलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावमा पारेर आफ्नो अबैधधन्दालाई संरक्षण गर्न व्यापारी लागि परेको सो समयबाटै प्रष्ट हुन आएको हो ।
चर्को विरोध भएपछि बालेन्द्रले मालपानीको गाडी त छोडे तर उनको भित्री संलग्नता कायम रहेको प्रष्ट हुन्छ । राजधानीको सबैभन्दा प्रतिष्ठित पद काठमाडौं महानगरको मेयर छोडेर झापा हानिएका बालेन्द्रलाई मालपानीले लजिस्टिक सहयोग गर्नुको भित्री उद्देश्य के थियो भन्ने प्रश्न अहिले सियोझै गरि गाडिन पुगेको छ ।
कुनै समय एमालेका विष्णु पौडेल नै अर्थमन्त्री रहेको बेला हिमालयन रि–इन्स्योरेन्सको लाइसेन्स र २० करोड रुपैयाँको सेयर आफ्ना कार्यकर्ता र सरोकारवालाहरूलाई पन्छाएर मालपानी समूहलाई दिलाइदिएका थिए ।
……..अब बन्ने रास्वपाको सरकारले अधिल्लो सरकारको पालमा परेको मुद्दामाथी कुनै कारबाही हुदैन भन्न त पक्कै सक्दैन होला । यदी मुद्दामाथी बहस हुदाँ नक्कली नागरिकता बोकेर भारतीय नागरिक नेपाल सरकारको सहुतियत लिएर अबैधधन्दा चलाउने माथी रास्वपा सरकारले कारबाही गर्ला कि नगर्ला त्यो हेर्न बाँकी नै छ ।………..

आज त्यही मालपानी बिचौलिया दीपक भट्टसँग मिलेर शक्ती संचयमा लागेका प्रष्ट हुन आएको छ । बालेन्द्र साहलाई ८ करोड मूल्यको महँगो गाडी उपहार दिने मालपानीको व्यक्तिगत पृष्ठभूमि आफैंमा अत्यन्त शंकास्पद र विवादास्पद रहेको छ । उनीमाथि भारतीय नागरिक भएर पनि छलपूर्वक नेपाली नागरिकता लिएको गम्भीर आरोप लागेको छ । सम्बन्धित निकायमा यसबारे उजुरी दर्ता भए पनि कुनै ठोस कारबाही भएको छैन ।
अब बन्ने रास्वपाको सरकारले अधिल्लो सरकारको पालमा परेको मुद्दामाथी कुनै कारबाही हुदैन भन्न त पक्कै सक्दैन होला । यदी मुद्दामाथी बहस हुदाँ नक्कली नागरिकता बोकेर भारतीय नागरिक नेपाल सरकारको सहुतियत लिएर अबैधधन्दा चलाउने माथी रास्वपा सरकारले कारबाही गर्ला कि नगर्ला त्यो हेर्न बाँकी नै छ ।
अर्को कुरो मालपानीको कम्पनी श्रीराम टोब्याको (गुट्खा उद्योग) ले राजश्व, भन्सार शुल्क, अन्तःशुल्क छली, मुल्यअभिबृद्धि कर (भ्याट) र नक्कली स्टिकर प्रयोग गरेको गम्भीर मुद्दा राजस्व अनुसन्धान विभागमा विचाराधीन रहेको छ ।
पूर्वअर्थमन्त्री जनार्दन शर्माको पालामा करको दर हेरफेर गर्न सघाउने पूर्व नायव सुब्बा रघुनाथ घिमिरे र बिचौलिया दीपक भट्टको सेटिङमा यी मुद्दाहरू जानाजानी पेन्डिङमा राखिएका हुन । अब बालेन्द्र साह राजनीतिक शक्तिमा आएसंगै प्रधानमन्त्री बनेपछि यी फाइलहरू सधैंलाई बन्द गराउने दाउ मालपानी समूह लागेको पाइएको छ । त्यसबारे रास्वपा सरकारले कस्तो निर्णय लिने हो त्यो पनि हेर्न बाँकी नै छ ।
यस सन्दर्भमा थप गम्भीर कुरा के छ भने, मालपानी समूहले विगत केही वर्षमा करोडौं रुपैयाँको कर छली गरेको आरोप सहित अहिले सरकारको सम्बन्धीत निकायमा छानविन भई रहेको छ । तर, राजनीतिक संरक्षण र भित्री मिलेमतोका कारण यी मुद्दाहरू अघि बढ्न सकेका छैनन् ।
के बालेन्द्रले सरकारको नेतृत्व गरि रहादा मालपानीमाथी कस्तो कारबाही होला ? बालेन्द्र साह र मालपानीको सम्बन्ध बाहिर देखिएजस्तो सीधा र पारदर्शी देखिएको छैन । काठमाडौं महानगरपालिकाले सुरुमा मालपानीको मुख्य उत्पादन करेन्ट गुट्खा लाई सार्वजनिक स्वास्थ्यका आधारमा प्रतिबन्ध लगाएको थियो। यो निर्णय बालेन साहको स्वच्छ छवि र जनस्वास्थ्यप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा लिइएको थियो ।
तर, त्यो प्रतिबन्ध केही दिनमा हटाइएको थियो । भित्री रूपमा लेनदेन मिलेपछि प्रतिबन्ध फुकुवा मात्र भएन, बालेन्द्र र मालपानी समूहबीच घनिष्ठता भएको समेत चुनाबको प्रचारको समयमा देखिएको थियो । यही घनिष्ठताको प्रत्यक्ष परिणाम बालेन्द्र साह संरक्षक रहेको लुम्बिनी फुटबल क्लबलाई मालपानी समूहले २ करोड रुपैयाँ सहयोग गरेको थियो ।
बाहिर यसलाई खेलकुद विकास र सामाजिक दायित्वका रूपमा प्रस्तुत गरिए पनि, यो रकम काठमाडौंमा करेन्ट गुट्खा र लाली चाउचाउको बजार स्थापित गराउन र गुट्खा उद्योगको विस्तारको बाटो खोल्न दिइएको अबैध रकमकै रुपमा लिन सकिन्छ ।
मालपानीको प्रभाव रास्वपा भित्र कति गहिरो र व्यापक छ भन्ने कुरा रुपन्देही–२ को उम्मेदवारी प्रकरणले स्पष्ट रूपमा पुष्टि गर्छ । बालेन्द्र साह प्रधानमन्त्रीको सम्भावित उम्मेदवार बन्ने चर्चा सार्वजनिक भएसँगै मालपानीका छोरा निकेश मालपानी रास्वपामा प्रवेश गरेका थिए । यो घटनाक्रम संयोग मात्र नभई नियोजीत थियो । यो सम्पूर्ण प्रकरणले नेपालको राजनीतिमा कर्पोरेट पैसाको बढ्दो प्रभावलाई स्पष्ट रूपमा संकेत गरेको छ ।
परिवर्तन र सुशासनको नारा दिएर आएका बालेन साहको विवादास्पद व्यवसायीसँगको यो घनिष्ठताले उनको राजनीतिक छविमाथि गम्भीर प्रश्न खडा गरेको पक्कै हो । त्रिमूर्ति इन्डस्ट्रिजको नाममा दर्ता रहेको ८ करोड रुपैयाँको गाडी, २ करोड रुपैयाँको फुटबल क्लब चन्दा र कर छलीका फाइलहरूको मिलेमतो यी सबै तथ्य र प्रमाणहरूले बालेन्द्र शाहको वैकल्पिक राजनीति माथि कर्पोरेट स्वार्थको कब्जाको संकेत देखिएको छ ।
सुशासन, पारदर्शिता र परिवर्तनको नारा दिएर आएका बालेन्द्रको यो कदमले उनको राजनीतिक विश्वसनीयतामाथि नै ठूलो प्रश्न खडा गरेको छ । मालपानी जस्ता विवादास्पद व्यवसायीहरूले राजनीतिक नेताहरूलाई आफ्नो प्रभावमा पारेर कसरी आफ्नो व्यावसायिक स्वार्थ पूरा गर्ने प्रयास गरिरहेका छन् भन्ने यो प्रकरणले प्रष्ट पारेको छ । यो केवल बालेन वा मालपानीको मात्र होइन, नेपालको सम्पूर्ण राजनीतिक प्रणालीको समस्याकै रुपमा रहेको छ ।
र यो पनि…
http://prithvipost.loc/news/8456/
http://prithvipost.loc/news/8297/
यस सम्पूर्ण विवादले नेपालको निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको पुष्टि गर्छ । राजनीतिक दलहरूको आर्थिक स्रोत पारदर्शी बनाउने, चुनावी खर्चमा कडाइ गर्ने र कर्पोरेट पैसाको प्रभाव सीमित गर्ने जस्ता सुधारहरू तत्काल आवश्यक छन् ।
गुट्खा र चाउचाउ व्यापारी मालपानीले बोक्ने नागरिकताको वैधतामाथि गम्भीर प्रश्न उठि रहेकै छ । त्यसबारे सरकारी निकायमा परेको जाहेरी अनुसार मालपानीले झूटो तथा किर्ते विवरण पेश गरी दुई फरक जिल्लाबाट नेपाली नागरिकता लिएको आरोप ताजा रहेको छ ।
जाहेरीमा रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिँदा उनले शुरुमा सप्तरी जिल्ला प्रशासन कार्यालयबाट जारी भएको भनिएको नागरिकता प्रमाणपत्रको विवरण पेश गरेका थिए । तर उक्त नागरिकता नम्बर (३७–०२–७१–१३६५८) सप्तरी जिल्ला प्रशासन कार्यालयको अभिलेखमा रेकर्ड छैन ।
मालपानीका छोरा नितेश मालपानीले बाबुको नागरिकताको आधारमा वंशजको नागरिकता लिएको जनाउँदै उनीमाथि पनि छानबिन र कारबाहीको माग गरिएको छ । अहिले बालेनले हाँकेको ८ करोड मूल्यको गाडी उनै नितेशले उपहार दिएको प्रमाणित भैसक्केको छ । २०८२ असोज २३ गते वीरगन्ज भन्सारबाट छुटाइएको ब्राण्ड न्यु डिफेण्डर गाडी त्रिमूर्ति इण्डष्ट्रिज प्रालिका नाममा दर्ता छ ।
नबिल बैंक लिमिटेडबाट उक्त गाडी सवारी साधन कर्जा शीर्षकमा लिइएको हो । त्रिमूर्ति इण्डष्ट्रिजमा सञ्चालक नितेश मालपानी छन् भने उनका पिता कमलकिशोर मालपानी यशोदा फुड्स (करेन्ट चाउचाउ) र श्रीराम टोबाको उद्योग (गुट्खा उत्पादन) का मालिक हुन् । यशोधा फुड्सले करेन्ट चाउचाउ र लाली चाउचाउ उत्पादन गर्छ भने श्रीराम टोबाको उद्योग, बुटवलले भोला गुट्खा, करेन्ट गुट्खा र जित खैनी उत्पादन गर्छ ।
त्रिमूर्ति इन्टरप्राइजेजले नेहा स्वीट सुपारी र करेन्ट मसला तयार पार्छ । उक्त कम्पनीले सोना प्याकेजिङ, प्लास्टिकका खोलहरु पनि बनाउँछ । यसरी नेपाली भुमीमा अबैधधन्दाको अड्डा जमाएर बसेका मालपानी समुहमाथी अब बस्ने बालेन्द्र साह नेतृत्व सरकारले कारबाही गर्न सक्ला की नसक्ला त्यो भने हेर्न बाँकी रहेको छ ।


