सार्वजनिक निर्माण कार्यमा जिम्मेवारी बिहिनता र सुधारको आवश्यकता

–राम शरण देउजा

नेपालको समग्र विकास र आर्थिक समृद्धि सहितको सामाजिक रूपान्तरणको आधारहरु मध्ये एक महत्वपूर्ण आधार क्षेत्र हो सार्वजनिक पूर्वाधार निर्माण। सडक, पुल, खानेपानी, सिँचाइ, विद्यालय, अस्पताल जस्ता आधारभुत संरचनाहरू राष्ट्रको विकासका आधार स्तम्भहरु हुन्। तर विडम्बना नेपालमा यस्ता आधार स्तम्भ निर्माण गर्ने आयोजनाहरु समयमै सम्पन्न नहुने, लागत बढ्ने र गुणस्तरहिन हुन्छन भन्ने मान्यता स्थापित हुँदै गएको देखिन्छ। सार्वजनिक निर्माण कार्यमा संलग्न पक्षहरु मध्य मुख्यत तीन पक्षहरु हुन्छन ती भनेका पहिलो नियोक्ता (Employer), दोश्रो परामर्शदाता (Consulatant) र तेश्रो निर्माण ब्यबसायी (Contractor) हुन ।

कुनै पनि सार्बजनिक निर्माणका आयोजनाहरु तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्न हुन यी तीनै पक्षको जिम्मेवारी, भूमिका र दायित्व महत्वपूर्ण हुन्छ। सैद्धान्तिक र कानुनी रुपले यी तिनै पक्षको जिम्मेवारी, दायित्व र भुमिका तोकिएका छन र ति बराबर देखिए पनि व्यवहारमा भने यसमा सन्तुलन कायम भएको देखिदैन। निर्माण ब्यबसायी सँग सम्झौता भएपछि धेरैजसो नियोक्ता र परामर्शदाताहरूले आफ्नो जिम्मेवारी सबै पूरा गरि बाँकि रहेको जिम्मेवारी निर्माण ब्यबसायीलाई हस्तान्तरण गरेको र त्यो आयोजना तोकिएको समयमा गुणस्तरीय रुपले सम्पन्न गर्ने जिम्मेवारि अब केवल निर्माण ब्यबसायिको मात्र हो भन्ने दुःखद प्रवृत्ति व्यबहार त यत्रतत्र देखिदै आएको छ।

आयोजना कार्यान्वयनको क्रममा आउने विभिन्न समस्याहरु मध्य जस्तै साइट क्लियरेंस, डिजाइन परिवर्तन, रुख कटान गर्ने, बिजुलीका पोल सार्ने, खानेपानीको पाइप सार्ने, बजेट निकासा, भेरियसन स्वीकृति, खोला तथा खानिजन्य निर्माण सामाग्रीहरुको उपलब्धता लगायतका अवरोधहरुमा समयमै पहल नहुँने, निर्णय नहुनेले निर्माण आयोजनाका काम प्रभावित हुने कुरा सामान्य नै भइसकेको छ।

यी सबै समस्या समाधान गर्ने काम निर्माण ब्यबसायीहरुको होईन उसले चाहेर पनि यी समस्याहरु समाधान गर्न सक्दैन तर यस्ता समस्याहरूलाई बेवास्ता गरेर नेपालमा सबै दोष निर्माण व्यवसायीहरु माथि मात्र थोपर्ने डरलाग्दो प्रवृत्ति विकास हुँदै गएको छ। यथार्थ के हो भने, यदि आयोजना स्थल समयमै उपलब्ध गराइँदैन, आवश्यक निर्णयहरू ढिला हुन्छन्, बजेट नभएका कारण भुक्तानी समयमा हुँदैन, वा डिजाइनमा बारम्बार परिवर्तन गरिन्छ, भेरियसन स्विकृति समयमा हुँदैन, भुक्तानी समयमा हुँदैन भने निर्माण व्यवसायीले मात्रै जिम्मेवारी बहन गरेर काम समयमै सम्पन्न गर्न असम्भव नै छ ।

यसले आयोजना ढिलाइ हुने, लागत बढ्ने र अन्ततः उपभोक्ताहरु त्यो संरचना उपभोग गर्न बाट बन्चित हुने मात्र होईन राज्यको बिकास र समृद्धि अबरुद्ध हुने अवस्था सृर्जना भइरहेको छ । यी सबै समस्याहरुको समाधान दिने जिम्मेवारी नियोक्त्ता को हो। परामर्शदाताको भूमिका पनि भौतिक पुर्बाधार आयोजना निर्माणको सन्दर्भमा अत्यन्त महत्वपूर्ण हुन्छ। परामर्शदाताले म्एच्, डिजाइन, प्राविधिक मापदण्ड, गुणस्तर नियन्त्रण र सुपरिवेक्षणको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सके मात्र आयोजना निर्माण कार्यले सही दिशा पक्डिन सक्छ।

तर कहिले काहीँ परामर्शदाताहरूको ब्याबसायिक असक्षमता, उसको आचारण, अनावश्यक दबाब प्रभाव वा हस्तक्षेपका कारण उसले स्वतन्त्र भएर काम गर्न र निर्णय लिन नसक्ने अवस्थाले पनि आयोजना प्रभावित भएको हुन्छ। यी सबै कुराहरूलाई मधयनजर गरेर हेर्दा सार्वजनिक पुर्बाधार आयोजना निर्माण कार्य समय र गुणस्तरीय रुपमा सम्पन्न नहुने समस्या केवल निर्माण व्यवसायीहरुको कमजोरीको रूपमा मात्र चित्रण गर्नु कतइ जायज छैन र होईन पनि, वास्तवमा समस्या प्रणालीमा छ। हाम्रो आयोजना छनौटमा छ।

लेखक:रामशरण देउजा
आयोजना ढिलाइ हुने, लागत बढ्ने र अन्ततः उपभोक्ताहरु त्यो संरचना उपभोग गर्न बाट बन्चित हुने मात्र होईन राज्यको बिकास र समृद्धि अबरुद्ध हुने अवस्था सृर्जना भइरहेको छ । यी सबै समस्याहरुको समाधान दिने जिम्मेवारी नियोक्त्ता को हो। परामर्शदाताको भूमिका पनि भौतिक पुर्बाधार आयोजना निर्माणको सन्दर्भमा अत्यन्त महत्वपूर्ण हुन्छ।

बजेट बितरणमा छ। भएका कानुनहरुको पालना नगर्ने मनसायमा छ। जिम्मेवारी पूरा नगर्दा पनि जवाफदेहि हुनु नपर्ने हाम्रो संस्कारमा छ। सार्वजनिक निर्माण कार्यलाई नियोक्त्ता, परामर्शदाता र निर्माण ब्यबसायी सबैको साझा जिम्मेवारी र समन्वयको आधारमा समयमै गुणस्तरीय रुपले सम्पन्न गर्ने संस्कारको विकास गर्नु जरुरी छ। नियोक्ताहरूले लिनुपर्ने सबै निर्णयहरु समयमै लिने, बजेटको ब्यबस्थापन समयमै गर्ने, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने र आयोजना व्यवस्थापनमा सक्रिय भूमिका खेल्न जरुरी छ।

परामर्शदाताहरूले पेशागत नैतिकता, प्राविधिक मापदण्ड, निर्माण सामाग्रीहरुको स्तरियता र कामको गुणस्तरलाई प्राथमिकता दिनुपर्छ। उनीहरुबाट सम्पन्न गरिने अनुगम र सुपरिवेक्षण प्रभावकारी र तोकिएको मापदण्ड अनुरुप हुनु पर्दछ। निर्माण व्यवसायीहरूले पनि गुणस्तर र समयसीमा प्रति पूर्ण प्रतिबद्धता देखाउनु पर्छ। मैले जे बनाउदै छु त्यो ल्याण्डमार्क बनाउदै छु भन्ने भावनाले अभिप्रेरित हुनु पर्दछ। मुनाफा नै एक मात्र दिब्य दृष्टि राख्नु हुँदैन।

देश जनता प्रतिको उत्तरदायित्व पनि अनुभुती गर्नु पर्दछ। जबसम्म हामी तीनै पक्षले आफ्नो आफ्नो जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गर्दैनौ तबसम्म सार्वजनिक निर्माण क्षेत्र प्रति रहेको अविश्वास हटदैन।

साच्चै नेपालको विकास र समृद्धि चाहने हो भने भौतिक पुर्बाधार आयोजनाहरुलाई तोकिएको समय र गुणस्तरीय रुपले सम्पन्न गर्नुका साथै सार्वजनिक निर्माण क्षेत्रलाई दोषारोपणको संस्कृतिबाट मुक्त गर्नु जरुरी छ। हामी सबैले साझा जिम्मेवारी बोध गर्दै एक आपसमा सहकार्य गर्ने कार्यलाई प्राथमिकतामा राखेर दोषारोपणको खेती बन्द गर्दै आ आफ्नो जिम्मेवारी र उत्तरदायित्व पूरा गर्ने संस्कृति अपनाउनु अपरिहार्य छ।