सुशिला कार्की नेतृत्व सरकारका मन्त्री कर्मचारीसंग रुष्ट : ‘म हारेँ, तपाईंहरू भोज खानुस्’
काठमाडौं । जेन जी विद्रोहको बलमा गठन भएको सुशिला कार्की नेतृत्वको अन्तरिक सरकारमा सहभागी भएका मन्त्रीहरुले कर्मचारीसंग रुष्ट हुदै गाली नै गरेर मन्त्रालय छोडेको खबरले अहिले चौतर्फ चर्चा भई रहेको छ ।
देशमा रहेको भ्रष्टाचार, अनियमितताका साथै सेटिङ भयो, त्यो नियन्त्रण गर्नु पर्ने माग राख्दै भदौ २३/२४ गते भएको विद्रोहपछि बनेको कार्की नेतृत्व सरकारका मन्त्रीहरुले कुर्सि छोड्ने समयमा किन कर्मचारीमाथी गाली गर्र्दै बाहिरीए र मन्त्रालयमा रहुनजेलसम्म किन गल्ती गर्ने कर्मचारीमाथी कारबाही गरिएन भन्ने जस्ता प्रश्न सहित अहिले चौतर्फ बहस भई रहेको छ ।
प्राप्त समाचार अनुसार उपत्यकाको मालपोत कार्यालयमा छड्के चेकजाँच गरेर त्यहाँका प्रमुखलाई भागाभाग बनाएको मन्त्रीको उपमा पाएका मन्त्री कुमार इङनामले मन्त्रीको कुर्सि छोड्ने बेला कर्मचारीमाथी गाली गर्दैै मन्त्रालयबाट बाहिरीएको बताइएको छ ।
तत्कालिन मन्त्री कुलमान घिसिङले राजीनामा दिएपछि सहरी विकास मन्त्रालयको बागडोर सम्हालेका इङनामले प्रशासन, प्राविधिक कर्मचारी सवै भ्रष्ट रहेको बताउदै ‘म हारेँ, तपाईंहरू भोज खानुस्’ पछि यहाँहरुको राम्रोसंग हिसावकिताव हुन्छ, भन्दै मन्त्रालयबाट बाहिरीएको बताइएको छ । मन्त्री इङनामले घुस्याहा कर्मचारीलाई ‘साइज’ मा ल्याएर छाड्ने भन्दै सार्वजनिक अभिव्यक्ती दिएका थिए ।
‘जेन–जी’ सरकारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका इङनामले मालपोतका कर्मचारीमाथि कठोर नीति लिएपनि उनी सफल हुन सकेनन । कर्मचारीसँग आजित भएका मन्त्री इङ्नामले सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रबीन्द्र बोहरालाई देखाउदै गाली गरेको आरोप कर्मचारीहरुको रहेको छ ।
मन्त्री इङनाम आजित भएपछि कुनै दिन कर्मचारीले गरेको कुकर्मले जीवनकै सबैभन्दा पीडादायी क्षण बन्न सक्ने चेतावनी समेत दिएको बताएका छन् । सहरी विकास मन्त्रालयबाट बिदाइ हुँदै गर्दा मन्त्री इङनामले ‘संसद् भवन किन समयमा बन्दैन ? किन समय थपेको थप्यै गरिन्छ ? कर्मचारीहरू किन अटेरी गर्छन् ?’ भन्ने गम्भीर सवाल उठाएका थिए ।
काम नगर्ने डिजीलाई सरुवा गर्न खोज्दा सचिवले नमालेको र दिनपछि मन्त्रीले ३ करोड घुस लिएर महानिर्देशक सरुवा गर्न लागेको भनेर हल्ला फिँजाएको मन्त्री इङनामले बताए । प्राविधिक विषय जोकोहीले नबुझ्ने भएपछि सहरी विकासमा प्राविधिकहरूले धेरै खेलोफड्को गरेको समेत मन्त्री इङनामको दाबी रहेको छ ।
ठेकेदारहरूसँगको सेटिङमा ५ प्रतिशतको कमिसन लिने र आर्थिक वर्षको अन्त्यमा झोला बोकेर हिँड्ने प्रवृत्ति रहेको मन्त्री इङनामको भनाई रहेको छ । भेरिएसनलाई भ्रष्टाचारको मुख्य हतियारको रूपमा प्रयोग गर्ने गरेको मन्त्री इङनामको आरोप छ । मन्त्री इङनामले अर्थ मन्त्रालयले दादागिरी देखाएको समेत बताए । मन्त्री इङनामले सहरी विकास मन्त्रालयका उच्च पदस्थमाथि गरेको टिप्पणी भने सामान्य रहेको छैन ।


