‘संगठनको नेतृत्व गर्नेको चरित्र,दृष्टिकोण र कार्य कुशलताले मापन गर्छ’
–राम शरण देउजा
कुनै पनि व्यावसायिक संगठनको नेतृत्व उसको स्वार्थको सम्राज्य स्थापना गर्न नभई संगठनको उचाई बढाउन, आबद्द सदस्यहरुको हित गर्न र राज्यलाई सम्बन्धीत बिषयमा समयमै सुझाव दिने भुमिका निर्वाह गर्न कृयाशिल हुनु पर्दछ । यो कुरा नेतृत्व गर्नेको चरित्र, दृष्टिकोण र कार्य कुशलताले समेत मापन गर्दछ । नेपालको व्यावसायिक वातावरण आज अनेक चुनौतीहरूको बाबजुद पनि उभिन कसरत गरिरहेको छ ।
नीतिगत अस्पष्टता, कार्यान्वयनको कमजोरी, व्यवसायमैत्री वातावरणको अभावकाबीच व्यावसायिक संगठनहरूको भूमिका झनै महत्वपूर्ण बन्दै गइरहेको छ । यस्ता संगठनहरू केवल व्यवसायीहरूको जमघट गर्ने, सेटिङ गर्ने, स्वार्थ प्राप्त गर्ने अखाडा मात्र होइनन्, बरु नीति निर्माणमा प्रभाव पार्ने, निजी क्षेत्रको आवाजलाई सरकार सम्म पु¥याउने र समग्र आर्थिक गतिशीलतामा योगदान गर्ने सशक्त माध्यम हुन् ।
तर, यिनै संगठनहरूको नेतृत्व आफ्नो कर्तव्य र जिम्मेवारी बोध नगरी केवल स्वार्थ लिप्सामा केन्द्रित रहदा आज यो बहसको विषय बनेको छ । व्यवसायको नेतृत्व गर्ने ब्यक्ति उसको व्यवसायको आकारले होइन, सो व्यक्तिको ब्यबसाय र ब्यबसायीहरु प्रतिको दृष्टिकोण, इमान्दारिता, समावेशी सोच र सामूहिक हित प्रतिको प्रतिबद्धताले निर्धारण गर्छ ।
ठूला व्यवसायिक घरानाका व्यक्तिहरू ब्याबसायिक सगठनको नेतृत्वमा आउँदा केही लाभ हुन्छ कि भन्ने सोच गलतै पनि होईन, किनकि उनीहरूको नीति निर्माता सँग प्रत्यक्ष पहुँच हुन्छ, संगठन सञ्चालनका लागि आवश्यक स्रोत जुटाउन सक्छन्, र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने क्षमता राख्छन् ।
नीतिगत अस्पष्टता, कार्यान्वयनको कमजोरी, व्यवसायमैत्री वातावरणको अभावकाबीच व्यावसायिक संगठनहरूको भूमिका झनै महत्वपूर्ण बन्दै गइरहेको छ । यस्ता संगठनहरू केवल व्यवसायीहरूको जमघट गर्ने, सेटिङ गर्ने, स्वार्थ प्राप्त गर्ने अखाडा मात्र होइनन्, बरु नीति निर्माणमा प्रभाव पार्ने, निजी क्षेत्रको आवाजलाई सरकार सम्म पु¥याउने र समग्र आर्थिक गतिशीलतामा योगदान गर्ने सशक्त माध्यम हुन् ।
तर, यहीं सक्षमताका बिचबाट एउटा गम्भीर जोखिम पनि सुरु हुन्छ, त्यो हो स्वार्थको टकराव । यदि नेतृत्वमा रहेको व्यक्तिले आफ्नो निजी व्यवसायिक हितलाई प्राथमिकता दिन थाल्यो भने, संगठनको दिशा सीमित समूहको फाइदा तिर मोडिन सक्छ । यसले हजारौं साना तथा मध्यम व्यवसायीहरूको आवाज, समस्यालाई ओझेलमा पार्छ र संगठनको विश्वसनीयता माथि प्रश्न जन्माउँछ । यस्तो अवस्थामा संगठन सामूहिक हितको प्लेटफर्म बन्ने भन्दा पनि व्यक्तिगत प्रभाव विस्तार गर्ने माध्यम बन्ने खतरा रहन्छ ।
परिणामतः संगठनको उन्नति होइन, क्रमशः अघोगति सुरु हुन्छ । अर्कोतर्फ, साना तथा मध्यम व्यवसायीहरू नेतृत्वमा आउँदा फरक ऊर्जा र दृष्टिकोण देखिन्छ । उनीहरूले ब्यबसायमा रहेका वास्तविक समस्या र चुनौतीसँग पौठाजोरि खेलिरहेका हुन्छ्न, उनीहरुले नजिकबाट त्यस्ता समस्याहरुको सामना गरिरहेका हुन्छन् । उनीहरूको अनुभव व्यवहारिक हुन्छ, र सामूहिक हित प्रति उनीहरूको संवेदनशीलता उच्च रहेको हुन्छ ।
उनीहरू परिवर्तनका लागि बढी प्रतिबद्ध र सक्रिय हुन सक्छन् । यसैले मूल प्रश्न कसले नेतृत्व गर्छ, भन्दा पनि कसरी नेतृत्व गर्दछ भन्ने कुरा महत्वपूर्ण हो । यदि संगठनभित्र पारदर्शिता छ, निर्णय प्रक्रिया समावेशी छ, र नेतृत्व जवाफदेही छ भने, नेतृत्व कसको हो भन्ने कुरा गौण बन्छ । र हुनुपर्ने पनि यहि हो । अहिलेको आवश्यकता पनि यहि हो, व्यावसायिक संगठनहरूलाई एकल वर्गको नियन्त्रणबाट बाहिर ल्याएर समावेशी बनाउनु पर्दछ ।
साना, मध्यम र ठूला सबै तहका व्यवसायीहरूको प्रतिनिधित्व सुनिश्चित गर्नु पर्दछ । नेतृत्व चयन प्रक्रिया पारदर्शी बनाउनु र स्वार्थको टकरावलाई न्यूनतम गर्ने स्पष्ट मापदण्डहरू तयार गर्नु पर्दछ । अन्ततः, कुनै पनि संगठनको सफलता त्यसको नेतृत्वको ब्याबसायिक आकारमा, स्वरमा, पहुँचमा होइन उसको चरित्रमा निर्भर हुन्छ ।
ठूलो हुनु पहुँच हुनु नै महत्वपूर्ण होइन, ब्याबसायिक रुपले सही हुनु महत्वपूर्ण हो । यदि नेतृत्वमा इमान्दारिता, दूरदृष्टि र सामूहिक हितप्रतिको प्रतिबद्धता छ भने, संगठन स्वतः उन्नतिको मार्गमा अघि बढ्छ । नेपालको व्यावसायिक सगठनहरुको भविष्य सुरक्षित राख्न र आबद्ध ब्यबसायिहरुको हित गर्न हामीले नेतृत्वको परिभाषा बदल्नै पर्छ, जहाँ पद होइन, जिम्मेवारी बोलोस्; जहाँ स्वार्थ होइन, सामूहिक हित प्राथमिकता बनोस् ।
र यो पनि…………
http://prithvipost.loc/news/7517/
http://prithvipost.loc/news/7862/
http://prithvipost.loc/news/8287/
http://prithvipost.loc/news/8461/
http://prithvipost.loc/news/8532/
http://prithvipost.loc/news/8678/
http://prithvipost.loc/news/8656/


