रास्वपा सांसद डा. वाग्ले व्यक्तिगत महत्वाकांक्षी व्यक्ती हुन : रवि ओम
काठमाडौंं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा. स्वर्णिम वाग्ले व्यक्तिगत महत्वाकांक्षी व्यक्ती भएको लामो समयदेखि जर्मनी बस्दै आएका रवि ओमले बताएका छन् ।
डा. वाग्ले नेपाल आगमन ‘देश प्रेम’ भन्दा पनि ‘व्यक्तिगत महत्वाकांक्षा’ बाट प्रेरित रहेको दाबी समेत गरेका छन्। वाग्लेको कार्यशैली, जीवनशैली र उनको राजनीतिक यात्रालाई नजिकबाट नियाल्दा उनी केवल उच्च पद प्राप्तिका लागि मात्र नेपाल आएको रवि ओमले बताएका छन् ।
रवि ओमका अनुसार वाग्ले अहिलेको प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूमध्ये सबैभन्दा बढी महत्वाकांक्षी पात्र रहेको समेत दाबी गरेका छन् । वाग्लेले विश्व बैंक र यूएन जस्ता निकायमा वरिष्ठ अर्थशास्त्रीको रूपमा काम गरे पनि नेपालको निर्वाचनमा भाग लिनुको मुख्य कारण यहाँका सरकारी उच्च तहमा पकड जमाउनु रहेको उनको विश्लेषण रहेको छ।
वाग्लेको नेपाल बसाई दीर्घकालीन नभएको रवि ओमको दाबी छ। उनले केही अर्थशास्त्रीहरूसँगको कुराकानीलाई उद्धृत गर्दै वाग्लेको सम्भावित कदमबारे समेत आकँलन गरेका छन् । वाग्लेको मुख्य लक्ष्य नेपालको गभर्नर वा अर्थमन्त्री बन्नु रहेको रबीले बताएका छन् ।
उनले नेपालको अर्थमन्त्री बनेर काम गरिसकेपछि वाग्ले फेरि विश्व बैंक वा यूएन जस्ता वित्तीय संस्थाहरूमा फर्किने योजनामा रहेको समेत खुलासा गरेका छन्।उनी देशको मायाले भन्दा पनि आफ्नो प्रोफाइल बलियो बनाउन मात्र नेपाल आएको दाबी रवीको रहेको बताएका छन् ।
वाग्लेको नेपाली कांग्रेसदेखि राष्ट्रिय स्वतन्त्र पार्टीसम्मको राजनीतिक यात्रा, उनको बोल्ने शैली र एमसीसी प्रतिको धारणाले उनी नेपालप्रति निष्ठावान् नभएको समेत जीकिर गरिएको छ । वाग्लेको हाउभाउ र महत्वाकांक्षी जीवनशैलीले उनी देश सेवाका लागि भन्दा पनि आफ्नो व्यक्तिगत करियरको उचाइका लागि क्रियाशील रहेको संकेत गर्ने आरोप रवि ओमले लगाएका छन्।


