काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सिइओ पौडेल हटाउने बैठकमा कुटाकुट !!!

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा सिइओ अशोककुमार पौडेलसमक्ष उनकै विरुद्धको ज्ञापन पत्र बुझाउने गरि केयुकेएलको उच्च व्यवस्थापक र शाखाप्रमुखहरुको संयुक्त बैठकले निर्णय गरेको छ । केटाकेटी आए गुलेली खेलाए मट्याङराको सत्यनाश भने जस्तो बैठकको निर्णय भएको छ ।

६ महिनादेखि गोजी खाली भएर घर झगडा हुन थालेपछि श्रीमतिलाई देखाउन केयूकेएलका उच्च व्यवस्थापकहरुको बैठक बसेको आरोप समेत लागेको छ । अब हामि भ्रष्टाचार गरे घुष खान नदिने सिइओलाई सबै मिलेर हटाउछौ अनि सब ठिक हुन्छ भन्ने कथन समेत आरोपितहरुले लगाउन थालेका छन ।

५० लाख घाटा लागेको झोकमा केयुकेएलका अर्थ तथा प्रशासन प्रमुख प्रकाशकुमार राईको नेतृत्वमा उच्च व्यवस्थापक र शाखा प्रमुखहरुको बैठक बसेर सिइओ पौडेललाई भ्रष्टाचार गरेर घुष खान पाउनु पर्ने मागसहितको मागपत्र बुझाउने निर्णय भएको सहभागीहरुले बताएका छन ।

ढल महाशाखा प्रमुख उज्जवल कुमार श्रेष्ठ, मेकालिनकल शाखा प्रमुख कृष्णहरी बुढाथोकि, सुन्दरीजल शाखा प्रमुख होम बुढाथोकि र ल्याव शाखा प्रमुख शैलाजा पौडेल बाहेक अन्य विभागीय प्रमुख, महाशाखा प्रमुख र शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।

सञ्चाल महाशाखा प्रमुख मिलन थापाले उनीहरुलाई जानाजान छुटाएका हुन वा सिइओ पक्षमा बोल्छन भनेर छुटाएका हुन वा उनीहरुलाई विर्सेका हुन त्यो भने थाहा हुन सकेन रु यस सम्बन्धमा बुझ्न फोन गर्दा थापाले फोन उठाएनन । सहभागीहरु मध्ये सिइओ पौडेलका विश्वास पात्र गजडी विक्रम आर्चायले ज्ञापन पत्र सिइओलाई दिने हैन, ज्ञापन पत्र संचालक समितिलाई दिन जिकिर गरेका थिए ।

उनले सिइओलाई नहटाए दवावमुलक गतिविधि गरेर सिइओलाई असहयोग गर्नु पर्ने सुझाव समेत दिएका छन भने महाँकालचौरका प्रमुख प्रकाश थापाले सिइओ बेकुव छ । यसलाई हटाउन संचालक समितिलाई दवाव दिनु पर्ने राय दिएको बुझिएको छ । अन्य शाखाका सहभागीहरुले मधधारबाट आफ्ना विचारहरु राखेका थिए ।

कार्यालयमा १० बजे हाजिर गरेर विक्रम आचार्यसँग गाजा तान्न केन्दीय कार्यालयमा दैनिक धाउने थापा बेलुका ५ बजे हाजिर गर्न कार्यालय जाने गरेका छन । उनीले प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा परेका उजुरीहरुको फफारक समेत गरेका छैनन ।

उनले ग्राहकहरुलाई र कार्यालयमा महिला कर्मचारीहरुलाई समेत अपमानीत व्यवहार गरेको उजुरी मन्त्रालय, प्रधानमन्त्री कार्यालयमा समेत परेको समाचार स्रोतको दावी छ । प्रकाशकुमार राईको संयोजकत्वमा बसेको बैठकमा उमेशकुमार मरठ्ठा, रमेश केसी, मनिस ढंगाना, इला शर्मा, योगेन्द्र बम, दिपेन्द्र वली र चेतबहादर बजगाई लगाएतका विभागीय र महाशाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।

युनियनहरुले सिइओ हटाउन सहयोग नगर्ने देखिएपछि सिइओलाई दवाव दिएर आर्थिक आर्जनको ढोका खोल्न व्यवस्थापकहरु नै लाग्नु लज्जाको विषय भएको छ । सधै काठमाडौं महानगरपालिकाको मेयर बालेन साहको तारो बन्दै आएको केयुकेएल अब बालेन प्रधानमन्त्री बनेपछि के होला भन्ने त्रासमा समेत देखिएको छ ।

आफ्नो हितका लागि जस्तो सुकै कुकर्म गर्न समेत पछि नपर्ने राई जस्ता मतिभ्रष्टहरुले इमानदार कर्मचारीहरुलाई समेत बलिको बोको बनाउने संकेत देखिएको छ । राईलाई दारु नखुवाउने कर्मचारी सधै राईको आँखाको तारो हुने गरेको दृष्टान्त समेत केयुकेएलमा देखिदै आएको छ । राई र विक्रमको जिम्मेवारी नखोस्ने हो भने एक दिन सिइओ पौडेलले हतकडी नलगाउनु पर्ला भन्न सकिदैन ।