नेपालको भौतिक पूर्वाधार निर्माण क्षेत्रका समस्या र सुधारको आवश्यकता

–राम शरण देउजा

नेपालको भौतिक पूर्वाधार निर्माण क्षेत्र आज गम्भीर चुनौतीको सामना गरिरहेको छ । आर्थिक विकासको मेरुदण्ड मानिने यो क्षेत्र अपेक्षा अनुसार अघि बढ्न नसक्नुको पछाडि अनेक कारणहरू छन् । यथार्थ के हो भने, हामीले समयमै यसको गहिरो विश्लेषण गर्न सकेनौँ । समस्याको जरो कहाँ छ भन्ने विषयमा न त व्यापक बहस भयो, न त सुधार गर्ने हेतुले प्रयासहरु नै गरियो ।

बरु धेरै जसो पक्ष दोष एक अर्कामा थोपर्ने र आ–आफ्नो स्वार्थ र पक्षपोषणमै सीमित रहे भन्दा अतिसयुक्ती नहोला । भौतिक पूर्वाधार निर्माणमा निर्माण व्यवसायिहरुको भूमिका अत्यन्त महत्वपूर्ण छ । सडक, पुल, भवन, जलस्रोत, ऊर्जा लगायतका संरचनाहरुको निर्माण निर्माण व्यवसायिहरुको (नीजि क्षेत्रको) सक्रिय सहभागिता विना सम्भव छैन ।

विकास र समृद्धि निर्माण व्यवसायीहरु बिना सम्भव हुँदैन । त्यसैले निर्माण व्यवसायीहरुलाई केवल ठेकेदार वा कालिगढको रूपमा मात्र होइन, राष्ट्र निर्माणका सहयात्री र विकासका साझेदारका रूपमा हेर्नु आवश्यक छ । यस क्षेत्रलाई सही दिशामा लैजान केही महत्वपूर्ण सुधारहरू अब अनिवार्य भइसकेका छन । ति सुधार गर्न निम्न कुराहरुमा विशेष पहल ध्यान दिनु पर्ने छ ।

‘भौतिक पूर्वाधार निर्माणमा निर्माण व्यवसायिहरुको भूमिका अत्यन्त महत्वपूर्ण छ । सडक, पुल, भवन, जलस्रोत, ऊर्जा लगायतका संरचनाहरुको निर्माण निर्माण व्यवसायिहरुको (नीजि क्षेत्रको) सक्रिय सहभागिता विना सम्भव छैन ।’

(लेखक : राम शरण देउजा)

१) आलोचनात्मक विश्लेषण र खुला बहस

भौतिक पूर्वाधार निर्माण क्षेत्रको समग्र अवस्थाबारे गम्भीर र तथ्यमा आधारित आलोचनात्मक विश्लेषण आवश्यक छ। समस्या पहिचान गरेर त्यस अनुसार सुधारका नीति निर्माण गर्नुपर्छ ।

२) सबै Stakeholder को समान जिम्मेवारी

सरकार, नियामक निकाय, परामर्शदाता, निर्माण व्यवसायी, आपूर्तिकर्ता लगायत सबै Stakeholder हरू विकास प्रक्रियाका समान साझेदार हुन्। जिम्मेवारी पनि सबैको समान रूपमा निर्धारण गरिनु पर्छ र त्यसको कार्यान्वयन हुनुपर्छ ।

३ जवाफदेहिता र जिम्मेवारी सुनिश्चित गर्ने प्रणाली

निर्माण प्रक्रियामा संलग्न प्रत्येक क्तबपभजयमिभच लाई स्पष्ट रूपमा जिम्मेवार बनाउने र उत्तरदायी बनाउने प्रभावकारी प्रणाली विकास गर्न आवश्यक छ ।

४ आचरण र व्यावसायिकता सुधार्ने कानुनी व्यवस्था

Stakeholder सबैको आचरण, पारदर्शिता र व्यावसायिक क्षमता सुधार गर्ने स्पष्ट र व्यवहारिक कानुनी संरचना निर्माण गर्नुपर्छ ।

५ निर्माण व्यवसायीहरु प्रतिको नकारात्मक दृष्टिकोणको अन्त्य

निर्माण व्यवसायीहरूलाई स्वभावत, ठग वा अपराधी ठान्ने मानसिकताबाट बनेका कानुन र नीतिहरूको पुनरावलोकन आवश्यक छ । निजी क्षेत्रलाई शंकाको दृष्टिले होइन, विश्वास र सहकार्यको आधारमा अघि बढाउनुपर्छ ।

६ राजनीतिक प्रभावबाट मुक्त वातावरण

निर्माण क्षेत्रलाई राजनीतिक हस्तक्षेप, दबाब र संरक्षणवादबाट मुक्त गरी प्रतिस्पर्धात्मक, पारदर्शी र व्यावसायिक वातावरण सिर्जना गर्नुपर्छ ।

अन्तमा, नेपालको दिगो विकास र समृद्धिका लागि भौतिक पूर्वाधार निर्माण क्षेत्रलाई राज्य र निजी क्षेत्रको सहकार्यमा, पारदर्शिता र उत्तरदायित्वका साथ सबै सरोकारवालाहरुलाई जिम्मेवार बनाएर अघि बढाउनु अपरिहार्य छ । सही नीति, स्पष्ट जिम्मेवारी र सकारात्मक सोचका साथ अघि बढ्न सके मात्र यो क्षेत्र पुनः सशक्त बन्न सक्छ र राष्ट्र निर्माणको अभियानलाई तीव्रता दिन सक्छ ।