दशरथ ग्रोसरीको ठगीधन्दा : सामाजिक सञ्जालमा भ्रामक विज्ञापन गरि मंहगोमा बिक्री,छैन मुल्यसूची
–रोशन कार्की
काठमाडौं । विश्वमा अत्याधिक मात्रामा बढ्दै गएको इन्टरनेट र त्यसबाट सञ्चालन हुने सामाजिक सञ्जालको प्रयोग गरेर ठूलो समुह विभिन्न बहना देखाउदै खुलेआम ठगीधन्दा चलाउदै आएका छन् । सामाजिक सञ्जालमा भ्रमक र लोभलाग्दो विज्ञापन तयार गरेर सार्वजनिक गर्दै अत्याबश्यक वस्तुदेखि विलासिता बस्तुसम्मको व्यापार व्यवसाय चलाउदै आएको पाईएको छ । सञ्जालमा सस्तो र गुणस्तर रहेको भन्दै विज्ञापन गरेर उपभोक्तालाई भ्रमित बनाई सामाग्री बेच्नेहरुको ठूलो समुह सकृय भएको छ ।
यसैक्रममा अत्याबश्यक बस्तु समेत सहजै घरैसम्म पु¥याईदिने र सस्तो, समयको बचतका साथै गुणस्तरीय रहेको भन्दै खाद्यान्नको व्यापार गर्दै आएको ‘दशरथ ग्रोसरी’ नामक संस्थाले यस्तै लुटधन्दा चलाउदै आएको छ । उपत्यकाभित्र प्रायः शाखा खोलेको सो ग्रोसरीले सामाजिक सञ्जालमा भ्रामक विज्ञापन दिई उपभोक्तामाथी लुटधन्दा चलाउदै आएपछि सरकारी निकायले कारबाही समेत गरेको बताइएको छ ।
सामाजिक सञ्जाल मार्फत स्वदेशी एवम् विदेशी ब्रान्डका विभिन्न सामानहरूको बिक्री गर्ने भन्दै विज्ञापन गर्ने सो ग्रोसरीले भने मुल्यसूची समेत नराखी आफुखुशी मुल्य निर्धारण गरेर बिक्री गर्दै आएको बताईएको छ । सो ग्रोसरीले टिकटक, इन्स्टाग्राम, रिल्स, फेसबुक लाइभजस्ता प्लेटफर्महरू प्रयोग गरेर अत्याबश्यक बस्तुको बिक्री गर्दै आएको छ । ‘सस्तो मूल्य’, ‘लिमिटेड अफर’ र ‘डायरेक्ट इम्पोर्टेड’ जस्ता प्रचार वाक्यांशसहित प्रस्तुत गर्दै उपभोक्तालाई लोभ्याउदै आएको छ ।
तर, यो प्रवृत्तिले समानको गुणस्तरीयता, कारोबारको कर र उपभोक्ता सुरक्षाका विषयमा गम्भीर प्रश्न उब्जाएको छ । बजारमा आएका यस्ता सामग्रीका कारण उपभोक्ताहरू अन्योलमा समेत परेका छन् । बजार मूल्यभन्दा अत्यन्तै न्यून मूल्यमा पाइने ती सामग्री अर्डर गर्ने कि बजारमा गएर रोजेर किन्ने भन्ने अन्योलता बढेको पीडित उपभोक्ताहरुले गुनासो गरेका छन् । त्यसरी बिक्री गर्ने अधिकांश अनलाइन बिक्रेताले कर बिजक जारी गर्ने त टाढाको कुरा दर्ता, व्यवसाय कर दर्तासमेत गरेको भेटिँदैन ।
सञ्जालमा सस्तो मूल्य देखाउदै उपभोक्तालाई भ्रमित बनाएर आफ्नो व्यवसाय गर्नेमाथी सरकारले खासै ध्यान नदिएकै कारण यो सवै भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् । उनले सञ्जालमा ब्रान्डेड लोगो भएको तर आधिकारिक प्रमाणपत्र नभएका सामान, ‘फस्र्ट–कपी’ वा नक्कली उत्पादनको बिक्री गरेर उपभोक्तालाई सजिलै धोका दिने गरेको समेत बताएका छन् । मञ्चका अध्यक्ष महर्जनले सामाजिक सञ्जालमार्फत सामान किन्ने क्रममा गुणस्तरहीन सामान पर्ने, उपभोक्ताहरू ठगिने गरेको गुनासोहरू अहिले झन बढी आइरहेको बताएका छन् ।
अत्याबश्यक बस्तु समेत सहजै घरैसम्म पु¥याईदिने र सस्तो, समयको बचतका साथै गुणस्तरीय रहेको भन्दै खाद्यान्नको व्यापार गर्दै आएको ‘दशरथ ग्रोसरी’ नामक संस्थाले यस्तै लुटधन्दा चलाउदै आएको छ । उपत्यकाभित्र प्रायः शाखा खोलेको सो ग्रोसरीले सामाजिक सञ्जालमा भ्रामक विज्ञापन दिई उपभोक्तामाथी लुटधन्दा चलाउदै आएपछि सरकारी निकायले कारबाही समेत गरेको बताइएको छ ।
उद्योग वाणिज्य, भन्सार र उपभोक्ता संरक्षण विभागबीच अनलाइन व्यापार नियमनका लागि एकीकृत प्रणाली नभएको मौका छोप्दै व्यवसायीहरुले सामाजिक सञ्जालमार्फत ठगी गदै आएको समेत अध्यक्ष महर्जनले बताएका छन् ।
यसैक्रममा स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको जनाएको छ । विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० को १ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को उपदफा १ को ‘घ’ बमोजीम ५० हजार रुपैयाँमात्र जरिवाना गरेर दशरथ ग्रोसरीलाई उन्मुक्ती समेत दिएको छ ।
विभाले दशरथ ग्रोसरी प्रालि इमाडोलमा रहेको शाखालाई ५० हजार, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई १० हजार रुपैयाँ जरिवाना गरेको समेत जनाएको छ । भने, ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई पाँच हजार जरिवाना गरेको जनाएको छ ।
सञ्जालमा सस्तो मूल्य देखाउदै उपभोक्तालाई भ्रमित बनाएर आफ्नो व्यवसाय गर्नेमाथी सरकारले खासै ध्यान नदिएकै कारण यो सवै भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् ।
अन्य १५ फर्मलाई भने विभागले सामान्य निर्देशन दिएर आएको उल्लेख गरेको छ । यसबाट समेत के प्रष्ट हुन्छ भने विभागले अनुगमन र कारबाही एक कर्मकाण्डीको रुपमा मात्र गरेको पाइएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरूको जम्बो टोली बोकेर दैनिक जसो अनुगमनमा जाने विभाग साँझमा भने सामान्य निर्देशन दिएको या ३ दिनभित्र विभागमा उपस्थीत हुनु भन्दै निर्देशन दिएर फर्कन गरेको छ ।
उता अनुगमनको नाममा तर्साउने कार्य समेत हुदै आएको आरोप व्यवसायीहरुको रहेको छ । भने मञ्चका अध्यक्ष महर्जनले अनुगमन हुनैपर्छ तर जनताको हितमा हुन पर्नेमा यहाँ व्यवसायी र अनुगमनको टोलीमा सहभागीलाई फाईदा पुग्ने गरि गरिएको गुनासो आएको बताएका छन् । उनले वस्तुगत हुनुप¥यो, सत्यनिष्ठ हुनुप¥यो, पारदर्शी र नतिजामुखी हुनुपर्छ । अहिले अनुगमन कसैको मागि खाने भाडो भइरहेको बताएका छन् ।


