सेगवे ई ११० एल नयाँ वर्ष २०८३ अफर सहित नेपालमा पुनः उपलब्ध
काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा सेगवे ई ११० एल मा विशेष अफर घोषणा गरिएको छ । नेपाली बजारमा रुचाइएको यो मोडेल पुनः स्टकमा ल्याउँदै २ लाख ८४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराइएको बताइएको छ ।
यस अफर अन्तर्गत ग्राहकहरूले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग पाउनेछन्, साथै एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (एमसी) पनि समावेश गरिएको कम्पनीले जनाउको छ ।
सेगवेका लागि नेपालको आधिकारिक वितरक आइहब प्रालिले पहिलो २५ ग्राहकका लागि आकर्षक “अर्ली बर्ड” डिस्काउन्ट पनि घोषणा गरेको छ, जसअन्तर्गत ग्राहकले खरिद गर्ने मोडेलअनुसार अधिकतम ४१ ह्जार रुपैयाँसम्म बचत गर्न सक्ने जनाएको छ ।
यो अफर मार्फत सेगवे ई ११० एल लाई दैनिक प्रयोगका लागि उपयुक्त स्कुटरका रूपमा प्रस्तुत गरिएको छ । यसमा २४०० वाटको मोटर छ, जसले १५० न्यूटन–मिटर टर्क दिन्छ र अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टा सम्म पुग्ने दाबी कम्पनीले गरेको छ ।
यसले १५ डिग्रीभन्दा माथिका उकालाहरू पनि बिना खास कठिनाइ सजिलै सम्हाल्न सक्ने दाबी कम्पनीको रहेको छ । यो स्कुटरमा आवश्यकता अनुसार तयार गरिएको ट्रेलोर्ड बुशलेस मोटर प्रयोग गरिएको छ ।
७२ भोल्ट २४ एम्पियर–घण्टा क्षमताको लिथियम ब्याट्रीले एकपटक चार्जमा ६० देखि ११० किलोमिटरसम्म चल्ने दाबी गरिएको छ । राइडिङ अनुभवलाई ध्यानमा राखेर यसमा हाइड्रोलिक स्प्रिङ ड्याम्पिङ सिस्टम राखिएको बताइएको छ । जसले उबडखाबड सडकमा पनि आरामदायी यात्रा दिन्ने दाबी कम्पनीको रहेको छ ।


