सरकार र व्यवस्था फेरियो,कुशासन, भ्रष्टाचार र ढोंगी नेतृत्व कहिल्यै फेरिएन
–रोशन कार्की
नेपाली राजनीतिमा एउटा उखान छ ‘जुन जोगी आए पनि कानै चिरेको’ हो आज यो उखान व्यङ्ग्य होइन, राज्य सञ्चालनको निचोड बन्न पुगेको छ । सात दशकमा हामीले राजतन्त्रदेखि गणतन्त्रसम्म सबै देख्यौ र भोग्यो । तर हरेक पटक सरकार र व्यवस्था फेरियो तर कुशासन, भ्रष्टाचार र ढोंगी नेतृत्व कहिल्यै फेरिएन । सत्ताको नेतृत्व गरेको केही महिना उथलपुथल नै गर्ने गराउने निर्णय निर्देशन जारी गरिन्छ तर कार्यान्वयनको पक्ष भने विस्तारै शुन्यमा जान्छ । सरकारको नेतृत्व गर्दा साथ आसेपासे, दलाल र भनसुनलाई पूर्ण नियन्त्रण गरिन्छ, योग्यता क्षमताको आधारमा नियुक्ती र काम कारबाहीको जिम्मेवारी दिने हुँकार गर्ने सत्ताका सञ्चालकहरु अन्त्यमा आप्mनो वरिपरि झिङ्गा धपाएर बस्नेलाई नै नियुक्ती गर्ने कार्य हुने गरेको छ ।
त्यस्तै भएको छ पछिल्लो समयमा बनेको सरकारमा समेत । देशमा भ्रष्टाचार, अनियमितता र तस्करी भयो, देश विकास भएन, आफ्ना मान्छेलालाई भर्तिकेन्द्र बनाईयो त्यो हटाउनु पर्छ भन्दै कलिला बालबालिकालाई आन्दोदनमा उत्तारेर सत्ता हत्याएको बालेन्द्र साह नेतृत्व समेत आप्mनो छेउछाउमा घुम्ने अन्धभक्त भई ‘जि हजुर’ गर्नेलाई अहिले भटाभट विभिन्न पदमा नियुक्ती गरि सरकारी ढुकुटीको दोहन गर्न थालिएको छ ।
भ्रष्टाचार अनियमितताको ठूलो हुँकार गरेपनि अन्त्यमा उनले आफ्नो टिममा सरकारी ढुकुटी दोहन गर्ने गरि नियुक्ती र जिम्मेवारी दिएका छन । उनले केही दिन अघि प्रमुख सल्लाहाकार, राजनीतिक सल्लाहाकार र प्रेस संयोजक भनेर जो जसलाई नियुक्त गरेका छन ति सवै बालेन्द्र साहको अघिपछि लाग्ने व्यक्तीलाई नै नियुक्त गरेपछि अघिल्लो सरकारले गरेकै पदचाप बालेन्द्र सरकारले समेत अँगालेको जानकारहरुले बताएका छन् ।
हुनत जेन जी पुस्तालाई बिद्रोह गर्न लगाई अन्धकार कोठामा बसेर योजना बनाएको आरोप लागेका तत्कालिन काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह अहिले देशको प्रधानमन्त्री रहेका छन् । जेन जी विद्रोहबाट तत्कालिन सुशिला कार्की नेतृत्व अन्तरिक सरकारले गरेको प्रतिनिधि सभा निर्वाचन भन्दा केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी छिरेका साहको दलबाट अहिले सरकारको नेतृत्व गरेका छन् ।
उनले भ्रष्टाचार अनियमितताको ठूलो हुँकार गरेपनि अन्त्यमा उनले आफ्नो टिममा सरकारी ढुकुटी दोहन गर्ने गरि नियुक्ती र जिम्मेवारी दिएका छन । उनले केही दिन अघि प्रमुख सल्लाहाकार, राजनीतिक सल्लाहाकार र प्रेस संयोजक भनेर जो जसलाई नियुक्त गरेका छन ति सवै बालेन्द्र साहको अघिपछि लाग्ने व्यक्तीलाई नै नियुक्त गरेपछि अघिल्लो सरकारले गरेकै पदचाप बालेन्द्र सरकारले समेत अँगालेको जानकारहरुले बताएका छन् ।
आम जनताले आन्दोलन गरे, लास बोके र २०४७ को संविधान बदलेर नयाँ संविधान बनाउदाँ समेत अहिले सरकारको नेतृत्व गर्नेको खासै योगदान छैन र थिएन । तर सत्ता जसको हातमा पुग्यो, उसैले राज्यलाई आफ्नै निजी कम्पनी झैँ चलाउन थालिएको छ । भएको संविधानलाई आघोषित रुपमा निष्कृय बनाईएको अनुभब आमजनताहरुले गरेका छन् । सत्तामा अनुहार फेरिए, नाराहरू फेरिए, तर जनतालाई हेर्ने दृष्टिकोण भने कहिल्यै फेरिएको पाइएन ।
र यो पनि…..
उम्मेदवारले गरे चोरबाटोबाट चुनावमा खर्च, करोडमा खर्च, लाखको विवरण निर्वाचन आयोगमा पेश !!!
भ्रष्टाचार मुक्त देश बनाउने उमेदवारको हावादारी नारा : चुनावमा गरिएको खर्चको स्रोत गायव
कृत्रिम अभाव सृजनामा सरकारी कर्मचारीकै संलग्नता : अत्यावश्यक वस्तु गोदाममै लुकाए !!!
१० वर्षे युद्धले हजारौँको ज्यान गयो, गणतन्त्र आयो, सिंहदरबारका पर्खालहरू बदलिए । तर त्यही सिंहदरबार अझै जनताबाट टाढा रहेको छ । हिजो दरबारबाट हुकुम चल्थ्यो, आज सचिवालयबाट ‘सेटिङ’ चल्छ र चलिरहेको छ । हिजो चाकरीले पद मिल्थ्यो, आज पार्टीको कोटा र नाताको सिफारिसले मिल्दै गएको । शासनको शैली फेरिएको छैन, केवल नाम बदलेको छ बालेन्द्र साह, दल राष्ट्रिय स्वतन्त्र पार्टी । गत भदौ २३ र २४ गते सडकमा देखिएको भीड कुनै भावुक जमात थिएन । त्यो भीड राज्यले धोका दिएको पुस्ताको क्रोध थियो । त्यो आन्दोलन कुनै दलको प्रचार थिएन, बरु सबै दलमाथिको अभियोगपत्र थियो ।
त्यही आन्दोलनको बलमा अहिलेको सरकार बन्न सक्यो । जनताले मत बदले, किनकी देशमा शान्ति र विकास होला की भनेर । तर सरकारको अबस्थालाई प्रारम्भीक रुपमा हेर्दा अघिल्लो सरकारले गरेकै पदचापलाई पछ्याउदै आएको प्रष्ट भएको छ । रास्वपा पार्टीको सरकार गठन भएको २४ घण्टाभित्र गरेको हर्कत विद्यमान कानुन विपरित भएको प्रष्ट देखिन्छ ।
जुन अघिल्ला सरकारले पनि गरेका थिए र अहिलेको सरकारले पनि गरेको छ । त्यसैले नेपाली समाजमा रहेको ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखान मिल्न गएको छ । जेन–जी युवाहरू सडकमा किन उत्रिए ? कुर्सी कसले पायो भन्ने चासोले होइन । उनीहरू थाकेका थिए । अस्पतालमा दलाल, कागज बनाउन सिफारिस, न्याय पाउन चिनजान र योग्यताभन्दा पार्टी कार्ड अनिवार्य भएको प्रणालीबाट । तर सत्ता फेरिएपनि काम कारबाही भने नाम फरक दिएर पुरानै गरिदै आएको छ । आजको नेपालमा सरकार बदलिनुलाई परिवर्तन ठान्ने मूर्खता अझै जीवित रहेको छ ।
एउटा असफल प्रधानमन्त्री हटाएर अर्को असफल पात्र ल्याउनु परिवर्तन होइन, त्यो त कुशासनको निरन्तरता मात्र हो । विडम्बना के छ भने, सत्ताबाहिर हुँदा यी नेताहरू लोकतन्त्र, सुशासन र नैतिकताको पाठ पढाउँछन्, तर सत्तामा पुग्ने बित्तिकै उनीहरूकै भाषणले लाज लाग्ना थाल्छ । कुर्सी पाएपछि नातावाद, कृपावाद र भागबन्डा नै उनीहरूको ‘राजनीतिक दर्शन’ बन्ने गरेको छ ।
जनताले मत बदले, किनकी देशमा शान्ति र विकास होला की भनेर । तर सरकारको अबस्थालाई प्रारम्भीक रुपमा हेर्दा अघिल्लो सरकारले गरेकै पदचापलाई पछ्याउदै आएको प्रष्ट भएको छ । रास्वपा पार्टीको सरकार गठन भएको २४ घण्टाभित्र गरेको हर्कत विद्यमान कानुन विपरित भएको प्रष्ट देखिन्छ ।
त्यो बालेन्द्र साह नेतृत्व सरकारमा विस्तारै देखिदै गएको छ । नेताहरूले आफूलाई जनताको सेवक होइन, राज्यको मालिक ठानिरहेको अबस्थामा परिवर्तन भएको सरकारमा सहभागी मन्त्रीहरुको निर्देशन र काम कारबाही पनि उस्तै देखिएको छ । जहाँ शिक्षामन्त्री पदमा बहाली हुने वित्तिकै सट्टेबाजी र व्रिज कोष जस्ता विषय बन्द गर्नु गराउनु भनेर जारी गरेको निर्देशन पत्र २४ घण्टा नवित्दै हटाउनुले पनि भाषणमा एउटा कार्यान्वयनमा अर्को गर्ने अधिल्लो सरकारकै निरन्तरता दिएको पाइएको छ ।
त्यसैले जनता सेवाग्राही होइन, बाधा ठानिन्छन् र नागरिकको प्रश्नलाई षड्यन्त्र भन्न समेत साह नेतृत्वका मन्त्री र रास्वपाका नेताहरुले भन्न थालेका छन् । आलोचनालाई राष्ट्रघातको जामा लगाउने रास्वपा नेतृत्व सरकार रहेको प्रष्ट भएको छ । निष्कर्ष स्पष्ट छ । समस्या पात्र होइन, प्रवृत्ति रहेको छ । पात्र त फेर्दै गयौँ, अब प्रवृत्ति भने नफेरे पुरानै बानीले निरन्तरता पाएको छ । परिवर्तन भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ ।
न्याय अदालतमा, सेवा कार्यालयमा र इमानदारी सिंहदरबारभित्र देखिनुपर्छ । नत्र इतिहासले आजका सत्ताधारीलाई पनि हिजोकै शासकको सूचीमा राख्ने छन् । जनताले नयाँ अनुहार खोजिरहेका छैनन् । नयाँ संस्कार, नयाँ शासन शैली र उत्तरदायी सत्ताको खोजीमा जनता रहेका छन । हेरौ बालेन्द्र साह नेतृत्व सरकारले के गर्छ त्यो भने हेर्न बाँकी रहेको छ । जय होस ।


